फ्रा मोङखोन थेपमुनी सोद चन्दसरो

धम्मकाय विद्या पुनःखोजकर्ता

 एक उदाहरणीय असल गुरु 

            फ्रा मोङखोन थेपमुनी ( सोद चन्दसरो ) वा ल्हुवं पू वाट पाक-नामले जानिने भन्ते थाइल्याण्डमा एक प्रसिद्ध विपश्यनाचार्य हुनु हुन्थ्यो । उहाँको “ स्थिरता नै सफलताको साँचो हो ” भनी धम्मकाय प्राप्त गरोस् भन्ने उद्देश्यले ध्यान भावना सिकाउँनु हुन्थ्यो ।

            उहाँ बैकक स्थित फासी चरणमा रहेको वाट पाक-नाम विहार प्रमुख भै बसेको बेला धेरै सङ्ख्यामा उपासक-उपासिकाहरुले अति आदर-गौरव गर्नु भएका र उहाँमा शील सदाचार अति नै राम्रो र गुणधर्मले भरिपूर्ण भै सजिएको साथै परियत्ति, पतिपति र पतिवेद तिनैमा निपुण हुनु हुन्थ्यो ।

            उहाँ एक सहनशील र वीर्यवान भिक्षुको हुनुका साथै भिक्षु-श्रामणेरहरुमा अभिभावक्तो गर्न सक्ने र विहारलाई राम्रो संग संचालन गर्न सक्ने क्षमता भएका भिक्षु थिए । त्यसको साथै बुद्ध शासनमा रहेको परियत्ति शासनलाई प्रचार-प्रसार गर्न बौद्ध परियत्ति र पाली अध्ययनको लागि त्यो समय अनुसार उच्च तहको बौद्ध विद्यालय पनि बनाउँनु भयो । यसरी वाट पाक-नाम विहार उहाँको पालामा क्रमबद्ध रुपमा विकास भै आएर बौद्ध परियत्ति र पाली अध्ययन गर्ने मुख्य केन्द्र हुन आयो ।

            उहाँ भन्ते सबै भिक्षु-श्रामणेर र उपासक-उपासिकाहरुले अति म रुचाउँने र आदर-गौरव गर्नुमा विशेष गरी उहाँमा एक पिताले आफ्नो छोरा प्रति कसरी शुद्धताका साथ माया गरी भलोको प्रार्थना गर्छ त्यस्तै गरी उहाँले पनि गर्नु भएकोले नै हो । र अर्को कुरा धम्मकाय विद्या अनुरुप सबैलाई राम्रो संग स्पष्ट हुने गरी धर्म अभ्यास गराइ सिकाउँने भएको धेरै सङ्ख्यामा भिक्षु-श्रामणेर र उपासक-उपासिकाहरु सर-सल्लाह र धर्म अभ्यास गर्नको लागि आएको स्वदेश भरमा पहिलो स्थानको तहमा पर्ने गरी प्रख्खात पनि भएको थियो ।

            सबै प्राणीहरु प्रति उहाँ संग भएको अतुलनीय दयाको कारणले नै मानिसहरुले जीवनमा ध्यान भावना विधिले नै साँचो सुख भेटाउँने छ भन्ने कुरा जान्नु भई आफ्नो सारा जीवन अरुले पनि धम्मकाय प्राप्त गरोस् भन्नको प्रार्थनाका साथ अटुट रुपमा सिक्न चाहनेहरुलाई जीवनको अन्त सम्म नै सिकाउँनु भयो । यसरी उहाँको यो धर्म अभ्यास विधि स्वदेश र विदेशमा सम्म यति ब्यापक रुपमा फैलियो कि अभ्यास गर्ने योगीहरु सय-सय बाट लाख-लाख सम्म एक समूहबाट अर्को हुदै आजको दिन सम्म अति ब्यापक रुपमा फैलिदै छ ।

 ल्हुवं पू भन्तेको जीवनी 

            उहाँ ल्हुवं पू थाइल्याण्डको सुफानबुरी अञ्चलको सअङ फि नअङ जिल्लामा सअङ फि नअङ गाउँमा बुद्ध सम्बत् २४२७ अक्टोवर १० मा “ मि क्याउ नअइ ” कुलमा जन्मिनु भएको थियो । पिताको नाम नाइ ङअन र माताको नाम नाङ सुद चाई थियो । उहाँको आफ्नो  सानो उमेरको पढाइ आफ्नै काका भन्ते छाई संग सिक्नु भएको थियो भने थाई प्राचिल लिपि उहाँले नखोनपथोम अञ्चलको बाङलेन जिल्लामा रहेको वाट बाङ प्ला विहारमा सिक्नु भएको थियो । राम्रो संग प्राचिल लिपि पढ्न सक्ने भइसकेपछि आफ्नो पितालाई ब्यापारमा सहयोग गर्न आउँनु भयो । चामन बेच्न ओसार्ने ढुगां किने बैकक र नखोन-छायश्रीमा चामल बेत्ने काम सुरु गर्नु भयो । जे काम गरे पनि सच्चा मनले गर्ने, मेहेनती र काम प्रतिको लगाभ गर्दा ब्यापार पनि विस्तारै क्रमबद्ध रुपमा बृद्धि हुदै आई परिवारको आर्थिक स्तर बढ्न गयो ।

            उहाँ १४ वर्षको उमेरमा आफ्नो बुबाको निधन भएकोले सबै धर परिवार र ब्यापारको सम्पूर्ण जिम्मेवारी उहाँले लिनु भयो । उहाँको  मेहेनत र काम प्रतिको लगन र आफ्ना कामदारहरुलाई राम्रो संग हेरविचार गर्न जान्ने चलाख भएकोले ब्यापारमा उन्नति हुदै आयो र त्यो समयको एक राम्रो उच्च स्थर भएको ब्यक्ति कहलाइयो ।

जीवनको सत्यता थाहा पाउँनु भएको ।

            उहाँ १९ वर्षको उमेर पुग्दा एक दिन चामल बेचिवरी आएको नाफा रकम लिएर धर तिर फर्किदै गरेको बेला एक साधुरो नदी पार गर्नु पर्ने थियो र भनिन्थ्यो कि त्यो ठाउँमा एकदम डर लाग्दो चोर डाकाहरु हुन्थ्यो । जसले गर्दा उहाँले मृत्युलाई सम्झनु भई त्यो बेला अधिष्ठान गर्नु भयो कि,

            “ म अहिले मर्नु नपरोस् पहिला प्रव्रजित हुन पाउँ । प्रव्रजित भई भने छोड्ने छैन जीवन भर नै प्रव्रज्या जीवन मै बस्ने छुँ । ”

            “जीविकोपार्जन गर्न गाह्रो छ । यदि छिट्टै पैसा कमाएर धनी बनिएन भने धर छिमेकी उच्च वर्गको मान्छे होइन भनेर मान सम्मान नगर्ने र लाजस्पद भै बसिनु पर्ने कुरालाई बुझेर आफुलाई केही समय नै नराखि कामकाज मात्र गर्नु भयो । यस्तै प्रकारले सारा पूर्वजहरु गरी गयो, मेरो बुबा पनि गर्नु भयो अब मेलै गर्दै छुँ । त्यसरी कामकाज गरेकाहरु सबै मरि सके । म पनि मर्ने छु । त किन यो धन सम्पत्ति कमाउँनेमा भुलि बस्ने मर्दा सगै लान पाउँने पनि होइन । प्रव्रजित भै जाने नै राम्रो ।”

            यसरी प्रव्रजित ( त्यागी ) भै जाने र फर्केर नआउँने भनी मनै मा निर्णय गरी सके पछि आमाको पिर पर्यो थाल्यो । त्यसैले आमाको बाँकी जीवन सुख र सुविधाले बिताउँन सक्ने गरी धन सम्पत्ति कमाइ दिएर जाने विचारले अझ धेरै मात्रामा काममा मेहेनत गर्नु भयो ।

उपसम्पदा

            यसरी बुद्ध सम्बत् २४४९ को जुलाई मा सुफानबुरी अञ्चलको सअङ फि नअङ जिल्लामा रहेको वाट सअङ फि नअङ विहारमा उपसम्पदा भई भिक्षु चन्दसरो हुनु भयो ।

            उपसम्पदा भै भिक्षु भएको दोस्रो दिन देखि नै उहाँले नियम भन्ने आचार्य भन्ते संग सुफानबुरी अञ्चल कै बाङप्ला भन्ने जिल्लामा रहेको वाट नअइ विहारमा ध्यान अभ्यास ( कम्मठ्ठान ) सुरु गर्नु भयो । अनि ग्रन्थधुर अध्ययनको सिलसिलामा उहाँलाई अविज्जा पच्चया भन्ने बारे बुझ्नु थियो । तर त्यहाँ कसैले पनि भन्न नसकिएको कारणले उहाँ अगाडीको अध्ययन बैकक गई गर्ने विचार गर्नु भयो ।

            वर्षावाष सकिए पछि उहाँ वाट सअङ फि नअङबाट बैककमा रहेको फ्रा जेतुवन विमल मंगलाराम विहारमा बाँकीको शिक्षा अध्ययनको लागि जानु भयो । त्यहाँ पनि उहाँ भन्ते विभिन्न ठाउँहरुमा, राम्रो गुण भएका भन्ते आचार्यहरु संग समथ र विपश्सनाहरु सिक्नेको लागि गई राख्नु हुन्छ । यसरी उहाँले सबै गुरु आचार्यहरुको चित्त बुझ्ने गरी सिकि आउँनु हुन्थ्यो । यसरी विभिन्न आचार्य गुरुहरु र विभिन्न ग्रन्थहरुबाट आफुलाई चित्त बुझ्ने गरी ज्ञानका कुराहरु थाहा पाई लिनु भयो ।

विमुक्ति ज्ञान प्राप्ति

            बुद्ध सम्बत् २४६० आफ्नो ११ औं वर्षावासको बिच, १२ औं वर्षावासको प्रवेशमा उहाँ वाट फ्रा जेतुवन विमल मंगलाराम विहारबाट नोन्थबुरी अञ्चलको बाङ खू वियङमा रहेको वाट बोट ( बोन ) मा वर्षावासको लागि जानु भयो । जुन एक शान्त ठाउँ थियो ।

            बुद्ध सम्बत्  २४६०, दश महिनाको पूर्णिमाको दिन भिक्षुसंघ संगै प्रातिमोक्ष पाठ गरिसकेपछि पुन फेरी उपोसथागारमा गई बुद्ध मुर्ति सामु ध्यानमा बसि यस्तो सत्य अधिष्ठान गर्नु भयो कि,

   “ तथागत शास्ता, यदि मैले पनि तथागतले लाभ गर्नु भएको ज्ञानलाई लाभ गर्यो भने शासनको लागि हानी हुने रहेछ भने म त्यो ज्ञानलाई प्राप्त गर्न असमर्थ होउ, होइन यदि मैले त्यो ज्ञान लाभ गर्यो र शासनको लागि हित हुने हो भने अनुकम्पाका राखि तथागतले लाभ गर्नु भएको ज्ञानलाई सजिलै र छिट्टै लाभ गर्न सक्ने होउ । म जीवन भर तथागतको शासन सत्य हो भनी प्रमाणित गर्ने वकिल झै प्रमाणहरु दिने आचरण गर्दै जीवन विताउँने छुँ ।”

            यसरी उहाँले आफ्नो चित्तलाई अति एकाग्र गरी समाधिमा लिन भै आफु भित्र ३२ गुणले सम्मन्न भएका शिरमा कमलको फुल भएका ध्यान मुद्रामा बसेका बुद्ध पतिमालाई आफु भित्र देख्नु भयो । जुन अति नै प्रकाशमान र सुन्दर कुनै कतै दोष नभएको महापुरुष लक्षणले सम्पन्न बुद्धलाई देख्नु भयो । यस्तो हुनुलाई नै धम्मकाय प्राप्त गरियो भन्ने गरिन्छ । उहाँ हाम्रो काय ( शरीर ) भित्र अर्को विभिन्न तहमा शुक्ष्म कायहरु क्रमबद्धताका साथ एकमा अर्को बसिएको रहेछ भन्ने कुरालाई पत्ता लगाउँनु भयो ।

            यसरी धम्मकायको प्राप्ति पनि उहाँले आफ्नो ध्यान भावनामा देख्नु भयो कि वाट बाङ प्ला भन्ने विहारमा यस धम्मकाय विद्यालाई सिक्ने सक्नुहरु छन् । भनी वर्षावास पछि उहाँ ल्हुवं पू भन्ते वाट बोट बोन विहारबाट बिदा भई नखोनपथोम अञ्चलको बाङ लेन जिल्लामा रहेको वाट बाङ प्लामा जानु भई ४ महिना सम्म त्यहाँ बसेर ३ जना भिक्षु र ४ गृहस्थलाई धम्मकाय विद्या सिकाउँनु भई उहाँहरुले पनि आफु जस्तै नै धम्मकाय प्राप्क गरि लिनु भयो ।

वाट पाक नाम विहार प्रमुख

            बुद्ध सम्बत् २४६१ मा फ्रा वनरात महास्थविर भन्ते ( फासी चरण नगरका प्रमुख भन्ते ) बाट ल्हुवं पूलाई फासी चरण नगरमा रहेको वाट पाकनाम विहारका प्रमुख भन्ते हुनको लागि निमन्त्रणा दिएको अनुसार आफु संग ४ जना अरु भन्तेहरु संगै आएर वर्षावास बस्नु आउँनु भयो ।

            ल्हुवं पू भन्ते एक सत्य बोल्ने र सत्य गर्ने ब्यक्ति हुनु हुन्थ्यो र उहाँले विहारको रक्षा अति नै कडाईका साथ गर्नु भयो । अध्ययन गर्न रुचाउँने भन्ते भएकोले उहाँले पढाई अध्ययन सम्बन्धित सबैमा अति नै उच्च समर्थन गर्नु को साथ चित्तको ब्यायामलाई पनि सं-संगै लानु भयो ।

            उहाँको नित्य कर्ममा भिक्षु-श्रामणेरहरुलाई निर्देशन दिने, बिहान र बेलुकी आफु संगै बुद्ध पूजा गर्न लैजाने र हरेक उपोसथ  र आइतवारको दिन उपोसथागारमा आफै गएर धर्म देशना गर्नु हुन्थ्यो । साथमा भिक्षुहरुलाई आफु संगै दिन र रात दुबै समयमा ध्यान बसाउँनु हुन्थ्यो । अनि हरेक बिहीवार दिउँसो २ बजे भिक्षु-श्रामणेर र उपासक-उपासिकाहरुलाई धर्म सिकाउँनु हुन्थ्यो ।

            बुद्ध सम्बत् २५०० मा राष्ट्रिय स्तरको पद फ्रा मोङखोन थेपमुनीबाट विभुषित हुनु भयो र बुद्ध सम्बत् २५०२, जन्मले ७५ वर्ष र भिक्षुत्त्वले ५३ वर्षावासमा वाट पाकनाम विहारको मोङखोनचन्द्र भवनमा उहाँको निधन भयो ।

 ल्हुवं पूको गुणधर्म 

            यदि उहाँमा भएको गुणधर्मलाई राम्रो संग विचार गरी जाने हो भने थाहा पाउँछ कि किन उहाँले अटुट र स्थिर रुपमा कुशल काम गर्दै लान सकेको हो । जस्तो सुकै समस्यालाई पनि पार गर्दै अन्तमा धम्मकायलाई प्रचार गर्न सक्नु भई त्यो समयमा सबैको माझमा राम्रो संग परिचित हुन सक्नु भयो ।

            त्यस कारण उहाँ जीवनीबाट हामीले, हाम्रो वास्तविक जीवन कुशल कर्म गर्दा आउँने विभिन्न प्रकारका समस्याहरुलाई समाधान गर्ने तरिकाहरु सिकिन्छ । जसले आफ्नो जीवनको दिशालाई सकारात्मक बाटो तिर राख्न सक्ने हुन्छ । अनि अर्को कुरा उहाँमा भएको गुणधर्मले हामी आफ्नो जीवन गरिने कुशल कर्म र धर्माचरण गर्न चित्तलाई हुने एक सरण र भरोसा हुन आउँछ ।

जीवनको दृढ संकल्प

            कुनै पनि काम-काजहरु उहाँले कति अटल र दृढताका साथ गर्नु हुन्छ भन्ने कुरा, चामल बेचि घर फर्किदै गरिरहेको बेला एक डरलाग्दो चोरहरु भएको ठाउँबाट ढुगां चलाई आउँनु परेको बेला सुरक्षाको लागि बन्दुक समाति सबै कामदारहरुलाई सुरक्षितका साथ फर्काएको कुराले पनि प्रष्ट भएको छ । जब उहाँ त्यो समयलाई पार गरी आउँनु भयो र सोच्यो कि मेरा सारा पूर्वजहरु देखि मेरो बुबा सम्म पनि यस्तै खतरनाख परिस्थितिबाट गुज्रिदै सारा समस्याहरु भोग्दै आफ्नो पूरा जीवन धन सम्पत्ति कमाउँनेमा लगाई आखिर अन्त मरि जाँदा त्यसबाट अलि कता पनि संगै लिएर गएन । अनि आफु पनि एक दिन त्यसरी नै मरि जानु छ । भनि सोचले जीवन भरको लागि प्रव्रजित भई जाने दृढ संकल्प लिनु भयो । यसरी लिएरको संकल्प पछिका दिनहरुमा जस्तो सुकै परिस्थितिमा पनि त्यो प्रव्रजित भई जाने चेतना उहाँबाट कहिले हटिएन सधै रहि रहयो ।

धर्मको खोजिमा गृहस्थ जीवनको त्याग

            जब उहाँले लिनु भएको त्यो संकल्प अनुसार प्रव्रजित हुनु भयो । त्यस पछिको जीवनलाई उहाँ दिन बित्ने झै त्यतिकै नबाताईकन धर्म अध्ययन र अभ्यासमा एक दम संलग्न भई धेरै वर्ष सम्म धर्म ज्ञानको अध्ययन र ध्यान भावनालाई संगै अभ्यास गर्नु भई विद्वान र अरुलाई पनि  राम्रो संग विष्लेशन गर्न सक्ने हुनु भयो ।

            विभिन्न विपश्सना गुरु आचार्यहरुको गई धेरै वर्ष सम्म निरन्तर रुपमा नटुताइकन ज्ञानको खोजि र अध्ययन गर्ने उहाँको कार्यले प्रव्रजित अगाडी आफु संग गरिएको सच्चा संकल्प जुन कि ज्ञानको खोजिका लागि त्यागी भिक्षु बन्ने छुँ भन्ने कुरालाई राम्रो संग पन्छाएको देखिन्छ । त्यस कारण ल्हुवं पू भन्तेको जीवन गुणधर्मको भरिएको र जुन भौतिक संसारलाई त्याग गरिएको कुरा  सार्थक भएको देखिन्छ । र जुन भौतिक सम्पत्तिहरुलाई उहाँले छोड्नु भएको थियो । त्यसमा कुनै प्रकारको मन दुखाउँनु पर्ने भएन ।

फरक नपार्ने र जे गरे नि साच्चिकै गर्ने बानी

            जे जस्तो काम गरे पनि साच्चिकै गर्ने बानी भएकोले गरेको कामलाई पूरा गरेरै छाड्नेमा उहाँ थियो । जस्तै जब उहाँले भगवान बुद्धले लाभ गर्नु भएको बोधिज्ञानलाई लाभ गर्ने उद्देश्य राख्नु भयो, त उहाँले अटुट रुपमा धेरै वर्ष सम्म ध्यान अभ्यासलाई निरन्तरता दिनु भयो । कहिले पछि हट्नु भएन ।  अन्तमा उहाँले आफ्नो चित्तलाई एकाग्रता गरी समाधिमा लगाई भगवान बुद्धले प्राप्त गर्नु भएको धम्मकायलाई प्राप्त गर्ने विधि पत्ता लगाउँनै भयो । यसैबाट उहाँले “ स्थिरता नै सफलताको साँचो हो ” भन्ने उदघार ब्यक्त गर्नु भएको हो ।

            त्यस कारण उहाँले जुन धम्मकाय विद्यालाई प्राप्त गरिलिने विधि फेला पार्नु भएको कुरा कुनै आचानक र संयोगमा भएको होइन । त्यसको मुख्य कारण भित्री मन देखि भगवान बुद्धले लाभ गर्नु भएको बोधिज्ञानलाई लाभ गर्ने इच्छामा उहाँ ल्हुवं पू भन्ते धर्म अभ्यासमा गरिएको मेहेनत, लगन र पूर्ण समर्पणले गर्दा हो । जसमा उहाँले विभिन्न गुरु आचार्य कहाँ गई अटुट रुपमा सिकिएको नतिजा हो । र अर्को मुख्य कुरा कुनै पनि काम कुरो गर्दा त्यसलाई हासिल नभए सम्म मरे मरोस् भनी लागि पर्ने सच्चा लगन हो ।

            त्यस कारण माथि भनिएको उहाँ ल्हुवं पू भन्ते संग भएको गुणधर्मलाई ल्याएर हामीले आफ्नो जीवनमा गर्ने कुशल कर्म र धर्म अभ्यासमा एक असल उदाहरण बनाई हाम्रो जीवनलाई उन्नति तिर लम्काउन सक्छौं ।

 सुनबाट उहाँ ल्हुवं पू भन्ते मुर्ति बनाई कृतज्ञता ब्यक्त 

            फ्रा देज फ्रा खुन ल्हुवं पू वाट पाक नाम उहाँले यो भगवान बुद्धले प्राप्त गर्नु भएको धम्मकाय ज्ञानलाई प्राप्त गर्ने अभ्यास विधि कतिको गाह्रो भन्ने कुरा र धेरै समय सम्म यो विधि हराएको अनि कतिको गम्भिर रहेछ , अतिको अमुल्य रहेछ भनी आफ्नो सारा जीवन नै यसै विधिको प्रचार-प्रसारमा समर्पित गर्नु भयो । जसको कारण उहाँले गर्नु भएको यो योगदान हरेक कुन्ना काप्चा सम्म फैलि गयो ।

            यसरी उहाँको मनोकामना विद्या धम्मकायलाई चारै तिर फैलाउँने कुरामा उहाँको धेरै शिष्यहरुमा फैलिदै आयो । जस मध्य एक अनागारिका खुनयाय गुरुमां हुदै अहिलेको समय सम्म आएर भिक्षु धम्मजयो जसले धम्मकाय विहारको स्थापना गरी कुशल गर्ने र धम्मकाय विद्याको अभ्यास गर्ने मुख्य केन्द्र बनाई समाजले चाहने असल मान्छेको अभ्यासमा अगुवा भएको छ । र जुन कि समाज स्वदेश हुदै विदेश सम्म पनि फैलिरहेको छ ।

            ल्हुवं पू भन्तेले गर्दा नै हामीले विद्या धम्मकाय भन्ने बारे थाहा पायौं, उहाँको कारणले गर्दा नै हामीले मानिस भएर जन्मिएर पुण्य पारमिता पूरा गर्नु पर्छ भन्ने अमुल्य कुरा थाहा पायौं । त्यसैले उहाँको यो अनन्तगुणलाई स्मरण गर्दै संसार भरमा रहेको उहाँका शिष्यहरु मिलि उहाँमा कृतज्ञ पूजा होस् भनी उहाँको जीवनमा अति महत्त्व दिने ७ स्थानहरुमा सुनको मुर्ति बनाई स्थापना गरियो । जसले गर्दा पछि आउँने अनुयायीहरुले पनि उहाँको जीवनी बुझ्ने र उहाँको गर्नु भएको योगदान सम्झना होस् र उहाँले फैलाउँनु भएको विद्या धम्मकाय ज्ञान थाहा पाओस् भनी महापूजनीय स्मरणीय स्थान भनि बनाइएको हो ।

 ७ महापूजनीय स्मरणीय स्थान 

१.      जन्न स्थानः फ्रा मोङखोन थेपमुनी महाविहार स्मरण स्थान ( कमल फुलको आकारमा बनाएको ) सुफानबुरी अञ्चल ।

२.     जीवनभर प्रव्रजित भै जाने संकल्प लिनु भएको स्थानः नखोनपथोम अञ्चलको खलङ बाङ नाङ थ्यान ।

३.     उपस्पदा भिक्षु भएको स्थानः सुफानबुरी अञ्चल वाट सअङ फि नअङ विहार

४.     बोधिज्ञान प्राप्त स्थानः वाट बोट बोन बाङ खू वियन विहार

५.     प्रथम पटक विद्या धम्मकाय ज्ञानको प्रचार स्थानः वाट बाङ प्ला विहार

६.      विद्या धम्मकाय धेरै मात्रामा प्रचार गरेको र मरण सम्म बसेको स्थानः वाट पाक नाम फासी चरण विहार

७.     बुद्ध शासन र  विद्या धम्मकाय संसार भरी प्रचार गरिएको स्थानः वाट फ्रा धम्मकाय विहार      

 राम्रो जीवन निर्वाह गर्नेमा असल उदाहरणीय गुरु 

            हामी मानिसहरुको औसत आयु ७० – ८० वर्ष सम्म रहेको छ । त्यही भएर ठीक वा बेठीक तरिकाले जीवन निर्वाह गर्ने तरिकाहरु जाँच गरि बस्ने त्यति धेरै लामो समय हामीमा छैन । अझ त्यसमा पनि जीवन निर्वाह गर्ने क्रममा बेठीक तरिका तरिकाले गर्यौं भने सारा जीवन नै बर्बाद हुने छ । त्यसै कारण राम्रो रही तरिकाले जीवन निर्वाह गर्नको लागि असल गुरु खोज्नु पर्ने कुरा अति नै महत्त्वपूर्ण रहेको छ । किनकि ती असल गुरुले हाम्रो जीवनको सही उद्देश्य देखाई हामी धार्मिक हुनु पर्ने बताइदिन्छ सिकाइ दिन्छ । जुन जीवनको परम सुख र परम सरण हो । यति मात्र नभई आफु र अरु दुबैके जीवन भयो हुने गरी जिउने तरिका पनि बताउँछ । जसमा कुकर्म नगर्ने, सुकर्म गर्ने र आफ्नो मनलाई शुद्ध राख्ने हो । जुन ध्यान भावनाबाट प्राप्त हुन्छ र साथमा आफ्नो जीवनको लक्ष्य कसरी प्राप्त गर्ने वा गर्न सकिन्छ भन्ने कुरा पनि बताउँछ, सिकाउँछ ।

            जीवनको साँचो लक्ष्य नै पुण्य पारमिता सञ्चय गरी आन्तरिक सुख प्राप्त गर्नु नै हो भन्ने  ल्हुवं पू भन्ते नै नभई दिएको भए । हामीलाई जीवनको लक्ष्य के हो भनी खोजि हिड्नु पर्ने हुन्छ । जसले गर्दा जीवनको समय पनि सकिन सक्ने हुन्छ । उहाँ ल्हुवं पू भन्ते अति उपाकारी गुणवान हुनु हुन्छ । त्यसैले सबै अनुयायीहरुले उहाँको त्यो अनन्त उपाकारी गुणको मुल्य चुकाउँन राम्रो कुशल कर्म गरी धर्माचरणबाट जीवन बिताउँनु पर्छ । जसमा उहाँलाई धर्म पूजा स्वरुप आफ्नो चित्तलाई शरीरको केन्द्र बिन्दु ( पेटको नाबीबाट दुई औंला माथि धम्मकाय ध्यान विधि अनुसार ) मा राखि ध्यान गर्ने । जुन हाम्रो अति नै परिशुद्ध ठाउँ हो ।

            यसरी शरीरको केन्द्र विन्दुमा आफ्नो चित्तलाई स्थिर गरी उहाँमा कृतज्ञता भई पूजा गर्नुको साथै विद्या धम्मकाय संसार भरी फेलियोस् भन्ने उहाँको असल मनोकामनालाई पनि अगाडी सार्नु हो । किनकि जब हामी ध्यान भावना गर्छौं र त्यसबाट पाएको आन्तरिक सुख हामीबाट बाहिर आएर वातावरणमा मिसिन आउँने हुन्छ । जसले गर्दा अरुलाई पनि साच्चिकैको आन्तरिक सुख प्राप्तिको लागि ध्यान भावना गर्नेमा प्रेरित हुने हुन्छ ।

 वाट फ्रा धम्मकाय विहारमा उहाँ फ्रा मोङखोन थेपमुनी ( सोद चन्दसरो ) भन्तेलाई धर्म पूजाको रुपमा गरिने कार्यक्रम 

            फ्रा देज फ्रा खुन ल्हुवं पू भन्तले बुद्ध शासनमा भएको धम्मकाय विद्यालाई पुन हामी माझ एकबाट अर्को गर्दै थाहा पाउँन सक्ने गरी सिकाइ दिएको उपकार गुणलाई सम्झि हामी सम्पूर्ण शिष्यहरु जो संसार भरी छरिएर बसेकोहरु पनि हरेक वर्ष उहाँको जन्मदिनमा विभिन्न कुशल पुण्य कार्यहरु गरी उहाँलाई धर्म पूजा गर्ने गर्छौं ।

            यो वर्षको १० अक्टोवरमा पनि वाट फ्रा धम्मकाय विहारले उहाँलाई धर्म पूजा र विश्वमा शान्ति होस् सबै भय अन्तरायहरु हराएर जाओस् विश्व पहिले झै नै सुख शान्ति अवस्थामा फर्कियोस् भनी गर्ने उद्देश्यले सम्पूर्ण विश्व भरमा रहेका उहाँका अनुयायी शिष्यहरु र सम्पूर्ण सधर्मप्रेमी महानुभावहरुलाई ONLINE ZOOM मार्फुत  स्वदेशी र विदेशी भन्तेहरु हजारौ संङख्यामा उपस्थित भई गरिने परित्राण पाठ, ध्यान भावना र मैत्री भावनाबाट गरिने कृतज्ञ पूजा सहभागी भई पुण्य सञ्चय गर्न हुन हार्दिक अनुरोध गर्दछौं ।