वर्षावास

वर्षावासको महत्त्व

         

       वर्षावास अधिष्ठान गर्ने दिन भिक्षुहरुको वार्षिक रुपमा हुने वर्षावास सुरु हुन्छ । २५०० वर्ष भन्दा अधिदेखि नै भगवान बुद्धको आज्ञा अनुसार भिक्षुहरुलाई तीन महिना सम्म अर्थात असार शुल्क पूर्णिमा देखि आश्विन पूर्णिमा सम्म एकै स्थान वा विहारमा बस्ने छु भनी अधिष्ठान गरेर बस्नु पर्छ । यस वर्षको साउन ९ गते, शनिवार, तद अनुसार २०२१ जुलाई २४ तारिकको दिन पर्दछ । भगवान बुद्धले आज्ञा हुनु भएको अनुसार यो वर्षावास भरीको समयमा भिक्षुहरु कुनै कारण बिना वा अति आवश्यक काम बाहेक अन्य ठाउँमा रात बिताउँन मिल्दैन ।

वर्षावासको इतिहास

     

          यो तीन महिनाको वर्षावासलाई थाइवासीहरु “ खाउ फन्सा ( वर्षावासमा प्रवेश ) ” भनेर भन्दछन् । यो समय अवधिमा भिक्षुहरुलाई विहारको निश्चित ठाउँमा मात्र बस्ने र अन्त बाहिर कतै रात बिताउँन नपाउँने हुन्छ ।
          भगवान बुद्धको समय देखि नै ३ महिना सम्म वर्षावास बस्ने नियम उहाँ स्वयम आफुले नै बनाउँनु भएको थियो । यो समय वर्षातको समय हुनाले गृहस्तहरु किसानहरु कृषि काममा ब्यस्त रहन्थे । गाउँको बाटो पनि साँधुरो र हिलो-चिप्लो हुने हुन्थ्यो । बाध्यता वश नै भिक्षुहरु धान बाली गरी राखेको खेत-खेत हुदै जानु पर्ने भएकोले बाली पनि बिग्रिन जान्थ्यो । यो कुरा सुनेर भगवान बुद्धले अब देखि वर्षायाम ३ महिना सम्म यताउति कही चारिका नगरी एउटै स्थान वा विहारमा बस्नु भनी आज्ञा गर्नुभयो ।
          अति आवश्यक अवस्था जस्तै भिक्षुहरुका आफ्ना आमा बुबा बिरामी हुँदा वा कुनै धर्मिक कार्यहरु गर्नुपर्ने स्थितिमा भिक्षुहरु अधिष्ठान गरी बसेको ठाउँ छोडेर अन्त जान सकिन्छ । तर ७ दिन भित्रमा भने आफ्नो वर्षावास अधिष्ठान गरेको ठाउँमा नै फर्किनु पर्ने हुन्छ ।

वर्षावास कसरी महत्त्व छ ?

भिक्षुहरुको लागि वर्षावास
          धर गृहस्त वा किसानहरुको खेत बारी नष्ट हुने र वर्षायाममा बाहिर आई खाना खोजि बस्ने साना-साना किरा फट्याङ्ग्राहरुलाई कुल्चिने कष्ट हुने समस्या समाधानको लागि भिक्षुहरुलाई वर्षावास बस्ने आज्ञा हुनु भएको थियो । र सं-संगै भिक्षुहरु पनि एकै ठाउँमा बस्नाले निम्न प्रकारका फाइदाहरु पनि हुने हुन्छ ।
  • एकै ठाउँमा बस्नाले भिक्षुहरु एक आपसमा बुद्धको शिक्षा र आफु संग भएको ज्ञान अनुभव आदान-प्रदान गर्ने मौका पाइन्छ ।
  • यो समयमा भिक्षुहरुले ध्यान अभ्यास गर्ने समय धेरै पाउँने हुन्छ । र क्लेशबाट मुक्त हुने अन्य कुशल कर्महरु गर्ने समय पनि धेरै पाउँने हुन्छ ।
  • अनवतर रुपमा धर्मको अध्ययन गर्ने समय पाउँछ । जुन धर्म जानेको छैन त्यसलाई जान्ने र जुन धर्म जानिसकेको तर नबुझेको भए त्यसलाई अझ बुझ्ने गरी अध्ययन गर्न सकिन्छ । यसको अलावा वर्षावास पछि धर गृहस्तहरुलाई कुन धर्म सिकाउँने हो भन्ने कुरामा विचार गर्न सकिने र यदि नयाँ भिक्षुहरु भए यो पुरै समय आफु भन्दा ठूला भन्तेहरु संग बसी धर्मको अध्ययन अभ्यास गर्न सक्ने हुन्छ ।
  • भिक्षुहरु यो वर्षावासको समयमा एक आपसमा कल्याणमित्र बन्ने अवसर हुन्छ । बौद्ध धर्म प्रचार-प्रसारको कार्य सजिलो छैन । यसमा धेरै वा थोरै रुपमा विभिन्न अवरोधहरु पक्कै आउँछन् नै । तसर्थ केही भिक्षुहरु निरुत्साहित हुन्छन् र आफ्नो आध्यात्मिक यात्राबाट विचलित हुन सक्छ । त्यसैले यो समयमा एक आपसमा हौसला आदान-प्रदान गर्ने अवसर पनि हुन्छ ।
           यही निम्न कारणबाट भिक्षुहरुले आफुले सिकेका बुद्ध शिक्षालाई फेरी दोहर्याइकन अध्ययन मनन गर्न सक्ने, आफ्नो चित्तलाई अझ शुद्ध गर्ने तर्फ र भिक्षुहरुको २२७ वटा नियमलाई अझ राम्रो संग पालन गर्न होस दिन धेरै समय हुने र बुद्ध धर्म प्रचार-प्रसारको लागि जुन आफु एक राम्रो धर्माचरणको उदाहरण हुनु पर्ने हो त्यसमा राम्रो संग समय दिन सक्ने भएकोले यो वर्षावास भिक्षुगणहरुको लागि अति नै महत्त्व रहेको छ ।
उपासक-उपासिकाहरुका लागि वर्षावास
          भगवान बुद्धको समय देखि नै भिक्षुहरु आफ्नो र अरुको हितका लागि वर्षावास बस्ने गर्दै आइरहेकोले बौद्ध धर्मावलम्वीहरु पनि अकुशल कर्म नगर्ने वा गरि बसेकोलाई पनि छोड्ने संकल्प राख्दछन् । त्यस कारण यो एउटा बौद्ध परम्परा झै बसि आएको छ । “ यो ३ महिना वर्षावासको समय भरि म संग भएको नराम्रा बानी ब्यवहारलाई सुधार्ने प्रयास गर्छु ” । भनेर दृढ संकल्प राख्दछन् । एउटा उदाहरण कोही सुरापान सेवन गर्नेहरुले पूर्ण रुपमा यो वर्षावास भरि सेवन गर्दिन भनि अधिष्ठान गर्छन् । साथमा वर्षावास तीन महिना सम्म श्रमण भिक्षुहरुलाई दान दिनेछु भनी कुशल विचार राख्दछन् ।
 

कुशल कर्मको लक्ष्य

 

 

         वर्षावास भरि कुनै एक कुशल कर्ममा लक्षित राखि त्यो काम पुरै वर्षावास भरि पुरा गर्न सक्यौं भने, हामीले पाउँने आनिशंसहरु-
  • सत्य पारमिता प्राप्त हुन्छ । वर्षावासमा गरिने अधिष्ठान भनेको आफुले आफुलाई नि म यो गर्नु भनि दिइने वचन हो । र त्यो अधिष्ठानलाई पूरा गरेको भनेको नै आफुलाई दिइएको वचन पूरा गरेको हो । जसले गर्दा हामीमा सत्य कुरा गर्ने र त्यसलाई पूरा गर्ने सत्यता पनि बिकास हुन्छ ।
  • चित्तको गुणस्तरमा बृद्धि हुने हुन्छ । कोही कसै पञ्ञशील वा अष्ठशीललाई राम्ररी पालन गर्न सकेको छैन भने वर्षावासमा गरिएको अधिष्ठानले गर्दा त्यसलाई पूरा गर्नु पर्छ भन्ने संकल्पले शीलहरु राम्रो संग पालन भै चित्त अझ शुद्ध हुने हुन्छ ।
  • सहनशीलताको अभ्यास हुन्छ । कसैले दुर्गति तिर लाने जुवा तास, जाँड रक्सी आदी खाने छैन भन्यो भने त्यसलाई ती कुराहरुबाट अलग्ग बस्नको लागि शारीरिक र मानिसक दुबै बल चाहिने हुन्छ । किनकि ती कामहरु उसले प्राय जसो दैनिक रुपमा गर्दै आइरहेको हुनाले एकै चोटीमा छुटाउँन अलि गाह्रो हुने हुन्छ । त्यस कारण ती कुराहरुमा फर्केर नजान गरिने कामले हामीमा लगन र साहस उत्पन्न गराई दिन्छ ।
          र हामीले वर्षावास भरी कुशल कर्म गर्नेछु वा आफु संग भएको नराम्रो बानीलाई हटाउँने भनी जुन सुकै अधिष्ठान गरेको भएता पनि मुख्य कुरा सम्झिनु पर्ने के हो भने, हर दिन नटुताइ कन अनवतर रुपमा धर्मको अभ्यास गर्नु पर्छ । जसले हामीमा प्रज्ञा उत्पन्न गराइ दिनेछ । हामीले गरेको धर्म अभ्यास सधै एक नासको हुदैन । कहिले राम्रो त कहिले नरान्रो हुन्छ । तर पनि निरन्तर रुपमा गरिआएको कारणले गर्दा पाप र पुण्यमा विश्वास हुने र कर्म र कर्म फललाई बुझ्ने हुन्छ । त्यसमा पनि यदि हामीले पूरै परिवार बसी यो कुशल गर्यौं भने सम्पूर्ण प्रकारको श्रीमंलगहरु परिवारमा छाउँने हुन्छ ।

“ चित्तलाई शुद्ध गरी बस्ने वर्षावास नै शुद्ध वर्षावास हुन्छ । ”

     

 

          धरमा हुने काम-काज भएता पनि दैनिक जीवनमा आफ्नो मनलाई सफा र शुद्ध पारी धर्म आचरण गरी वर्षावासको समयलाई सदुपयोग गर्न सकिन्छ । जसमा हामीले आफ्नो चित्तलाई शरीरको केन्द्र बिन्दु ( आफ्नो शरीर भित्रै पेटको दुई औला माथि धम्मकाय ध्यान भावना विधि अनुसार ) राखि वा बुद्धको गुणलाई बारबार स्मरण गर्न सकिन्छ । जसले गर्दा चित्त पुण्य सित चिरपरिचित भै बसेको हुन्छ ।
          यदि हामीले ध्यान भावना र धर्म अभ्यासलाई निरन्तर नटुताइकन गरी हाम्रो जीवनमा सास लिने प्रकृया टुताउँन नहुने गरी नै धर्म अभ्यासलाई पनि बनाउँन सक्यौ भने हाम्रो वर्षावास एक दम मुल्यवान र शुद्धको वर्षावास हुन जान्छ । र साथै मानिस भएर जन्मिएको अनि बुद्ध शासन फैला परेको सारत्त्व हुन जान्छ ।
          “ हाम्रो यो शरीरको भागलाई नै सिमाना बनाइ मनलाई यसै भित्र राखि वा शरीरको केन्द्र बिन्दुमा स्थिर गरी वर्षावास बस्न सक्यौं भने त्यो नै अति गहन रुपमा वर्षावास बसेको हुन जान्छ । यसरी चित्तलाई हर दिन, हर रात, गर क्षण वश राखि वर्षावास बस्न सक्यौं भने त्यो नै साच्चैको वर्षावास हुने हुन्छ । ” धम्मजयो भिक्खु 
                                                                                                                                      

वर्षावासमा वाट फ्रा धम्मकाय विहारको कार्यक्रम

   

 

          हरेक वर्षको वर्षावासमा हामी बौद्धहरुले यसलाई आफुमा भएको नराम्रो बानी हटाउँनको लागि वा आफुले गर्छु भनी  बसेको कुरालाई पूरा गर्ने ठूलो अवसरको रुपमा लिनु पर्छ । र अर्को महत्त्वपूर्ण कुरा जुन काम हामीले गर्छु भनी लिएको हो त्यो काम राम्रो हुनु पर्छ । चाहे त्यो बानी होस्, वा अरु जे सुकै भएता पनि त्यो गरी सकेपछि हाम्रो शरीर मन र वचन राम्रो तर्फ विकास भएको हुनु पर्छ ।
          वर्षावास सिधै भिक्षुहरुमा सम्बन्धित कुरा भएतापनि बौद्धजनहरुले पनि यसलाई कुशल कर्म गरी अपाय दुर्गतिबाट बच्न गर्नु पर्ने कुराहरु तीन महिना सम्मै अधिष्ठान गरी पालन गर्न सकिन्छ । जस्तैः
  • अष्ठशीलको पालन गर्ने
  • सधै भन्तेहरुलाई भिक्षादान गर्ने
  • सुत्नु भन्दा अगाडी पूजा पाठ गर्ने वा ध्यान भावना गर्ने
  • सुरापान, मद्यिरा पान नगर्ने र सधैको लागि छुटाउँन कोशिस गर्ने
          यसरी हामीले यो वर्षावासको समयलाई उद्देश्य गरी आफ्नो मनलाई हर समयमा शुद्ध राखि संयम गर्न सक्यौं, भने त हाम्रो शरीर, वचन र मन तीनै शुद्ध भई त्यसको आनिशंसले सारा राम्रा कुराहरु हाम्रो जीवनमा भित्रिने हुन्छ र समस्याहरु आएमा पनि त्यो हाम्रो पुण्यको प्रभावले सजिलै तरेर जाने हुन्छ ।