सामग्गी कथिन चीवर दान

काल दान ( समय मै गर्नु पर्ने )

 कथिन चीवन दान प्रथा 

       कथिन चीवर दानको प्रथा उहाँ भगवान बुद्ध जीवित अवस्था देखि पछि उहाँको महापरिनिर्वाण भएको २५०० वर्ष भन्दा बढी भइसके तापनि निरन्तर रुपमा आज सम्म चल्दै आइरहेको छ ।

       बुद्धशासनमा एक अति नै महत्त्व पूर्ण विधि पर्छ यो कथिन दान । वर्षमा एक चोटी त्यो पनि एक महिनाको सिमित अवधिमा गरी सक्नु पर्ने भएकोले पनि यसलाई काल दान ( समय अनुसारको दान ) भनिएको हो । यो थेरवाद बुद्धधर्म अनुसार भिक्षुहरुको ३ महिनाको वर्षावास सकिने दिन अर्थात असोज शुक्ल पूर्णिमा ( कोजाग्रत पूर्णिमा ) को भालिको दिन देखि कार्तिक शुक्ल पूर्णिमा सम्म मात्र हुन सक्ने दान हो । धेरै रुपमा आनिशंस भएको कारणले गर्दा थाई बौद्ध धर्मावलम्बीहरु अधिक मात्रामा यो पुण्य कार्य गर्ने गर्दछन् । एक महिना भित्र र एउटा विहारमा एक पटक मात्र दान दिन मिल्ने  दुर्लभ दान भएकोले पहिले नै दानको लागि अपिल गर्नु पर्ने हुन्छ । हरेक विहारहरुमा बार्षिक रुपमा हुने ठूलो कार्यक्रममा पनि गनिन्छ ।

       दान गर्न दुर्लभ र धेरै कुरा मिल्नु पर्ने भएकोले कथिन चीवर दानबाट  महासागर झै ठूलो रुपमा आनिशंस (फल) दिने हुन्छ । बुद्ध, धर्म र संघ भएमा मात्र कथिन चीवर दान गर्न सकिने हुन्छ । कुनै-कुनै कल्पमा बुद्धको उत्पत्ति हुदैन भने त्यो युगका मानिसहरु बुद्धशासनबाट बन्चित हुने नै भयो साथै कथिन चीवर दान गर्ने अवसर पनि हुदैन । किनकि कथिन चीवर दान भएको थेरवाद बुद्धशासनमा मात्र गर्न सकिन्छ ।

       यसरी वर्षको एक पटक मात्र गर्न सकिने भएकोले नै यलसाई काल दान भनिएको हो । त्यस कारण बौद्ध धर्मावलम्बीहरु यो कथिन चीवन दानलाई अति नै विशेष महत्त्व दिइ वर्षेनी सबै जना आ-आफ्नो हिसाबले तयारी गरी अति नै प्रणित रुपमा मनाइन्छ ।

 कथिन चीवर दानको इतिहास 

       एक समय भगवान बुद्ध श्रावस्तीको जेतवन विहारमा बसि राख्नु भएको बेला, बर्षावासको समय आइरहेको र पाथा भन्ने नगरका ३० जना भन्तेहरु बुद्धलाई भेट्नको लागि आउँदा साकेत भन्ने नगरमा पुग्दा खेरी वर्षावास सुरु भएको कारण उहाँ बुद्धले वर्षावासमा चारिका नगर्नु एकै ठाउँमा बस्नु भन्ने आज्ञा भएको अनुसार ती भिक्षुहरु त्यही वर्षावास बस्नु भयो र सकिए पछि पुन बुद्धलाई भेट्नको लागि हिड्नु भयो । तर वर्षायाम पूरा रुपमा नसकिएको कारण पानी परेर  बाटोहरु हिलो थियो । यसरी उहाँहरुको यात्राको क्रममा चीवर भिज्ने र हिलो लागि फोहर भयो । बुद्ध सम्म आइपुग्दा त उहाँहरुको चीवर पूरै भिजेको र हिलै हिलो भएको थियो ।

       यस कुरालाई देखेर बुद्धले भिक्षुहरु वर्षावास बसि सके पछि कथिन चीवर दान लिन हुने अनुमति दिनु भयो र त्यही समय देखि कथिन चीवर दान गर्ने प्रथा सुरु भयो ।

 कथिन चीवर दानका आनिशंस ( फल ) 

दाताले पाउँने फल काल ( समय ) अनुसार निष्चित समय अवधिमा संघलाई नै गर्नु पर्ने दान भएकोले धेरै फल पाउँने हुन्छ ।

भिक्षु संघले पाउँने फल भिक्षुसंघहरुमा पनि जसले कथिन चीवर दान लिनु भयो र अनुमोदन गर्नु हुनेहरुले पनि विनय धर्म अनुसारको फल पाउँने हुन्छ ।

दुबै दान गर्ने र दान लिनेहरुको पाउँने फल सारंशमा यी हुन्

  1. सम्यक् दृष्टि भएको उच्च कुलमा जन्मिने, मान सम्मान बढ्ने ।
  2. सुन्दर शरीर लिएर जन्मिने ।
  3. राम्रो वर्ण, शुद्ध चित्त र प्रीति सुखका साथ जन्म हुने ।
  4. भौतिक सम्पत्तिले परिपूर्ण भएको परिवारमा जन्म लिई सहज तवरले सम्पत्ति आर्जित हुने ।
  5. भौतिक सम्पत्तिलाई कुशल कर्ममा प्रयोग गरी परलोकको लागि पुण्य जम्मा गर्न सक्ने ब्यक्ति हुने ।
  6. मरण पछि सुगति स्वर्ग लोक मा जन्म लिने ।

 कथिन चीवर दानबाट अति धेरै रुपमा पुण्य पाउँने किन ? 

       अरु विभिन्न प्रकारका पुण्यहरु भन्दा छुट्टै निर्धारित कुराहरु पूरा हुनै पर्ने र अति नै विशेष प्रकारका कुराहरु पनि पूरा गर्नु पर्ने भएकोले यो कथिन चीवर दानको आनिशंस अधिक मात्रामा अनगिन्ती रुपमा पाउँने हो ।

  1. निर्धारित समय भन्नाले वर्षावास सकिएको भोलि पल्ट देखि ठिक १ महिना भित्र गरि सक्नु पर्ने ।
  2. निर्धारित दान भन्नाले संघदान कै रुपमा मात्र गर्न सकिने कुनै एक जनालाई निर्धारित गरी अरु सामानहरु दान गरे झै गर्न नसकिने ।
  3. एक पटक मात्र गर्न मिल्ने भन्नाले एउटा विहारमा एक पटक मात्र दान गर्न सकिने ।
  4. ब्यक्ति पूरा हुनु पर्ने भन्नाले कथिन चीवर दान लिने भिक्षु त्यस विहारमा तीन महिना वर्षावास नबिगारीकन पूरा हुने गरी बस्नु पर्ने र ५ जना भिक्षुहरु वर्षावास बसेको हुनु पर्ने र ती सबै जना आउँनु भई कथिन दान लिनु पर्ने ।
  5. काम निर्धारित हुने भन्नाले कथिन चीवर दान लिनु भएको भन्तेले दाताहरुले दान गरी सकेपछि गर्नु पर्ने संघ विधि त्यही दिन नै सकाउँनु पर्ने भोलि गर्छु भनी राख्न नहुने ।
  6. चीवर पनि निर्धारित हुनु पर्ने भन्नाले कथिन चीवर हुने चीवर त्रिचीवरको कुनै एक कपडा हुनु पर्ने अरुबाट लिन नहुने ।
  7. कथिन चीवर दान बुद्ध आफैले निर्माण भन्नाले उहाँ आफैले यो दान गर्नु भनी भनिएको दान हो । तर अरु दानहरु भने अरुलाई भन्न आएपछि मात्र अनुमति दिनु हुने गर्थ्यो । जस्तै नुहाउँने कपडा दान ।
  8. विशेष प्रकारको आनिशंस भएको जस्तै अरु दानहरुमा दान दिने ब्यक्ति एक जनालाई मात्र आनिशंस प्राप्त हुने तर कथिन दान दिने र लिने दुबैलाई यसको आनिशंस प्राप्त हुने । त्यति मात्र नभई अनुमोदन गर्नेहरुलाई समेत विशेष प्रकारले आनिशंस प्राप्त हुन्छ ।

       कथिन चीवर दान गर्न गाह्रोको साथै यदि तोकिएको समय भित्र कुनै पनि विहारमा कथिन दान भएन वा दाताहरु भएन भने पनि त्यस विहारमा वर्ष भरि कथिन चीवर दान गर्ने अवसर सकिने हुन्छ । जसले गर्दा बौद्धजनहरुले श्रद्धा गरी विहारको विभिन्न ठाउँहरुलाई विकास गरी बुद्ध शिक्षा फैलाउँने सहयोग कामहरु हुने अवसर पनि गुम्ने हुन्छ । किनकि कथिन दानको समयमा सबै श्रद्धालु धर्म प्रेमी बौद्धजनहरुले विभिन्न सामानहरु, पैसा आदि बुद्धशासनको काममा सहयोग होस् भनी कथिन चीवर संगै दान गर्ने गर्दछ ।

 वाट फ्रा धम्मकाय विहारमा कथिन चीवर दान कार्यक्रम 

यो वर्षको सामग्गी कथिन चीवर दान बुद्ध सम्बत् २५६५  नोबेम्बर १९ तारिकमा हुनेछ । पहिला विश्वको परिस्थिति सामान्य भएको बेला देश-बिदेशबाट अति धेरै सङ्ख्यामा बौद्धजनहरु वाट फ्रा धम्मकाय विहारमा आई महान पुण्यमा सहभागी हुन्थ्यो । तर अहिले कोभिड १९ , कोरोना रोग फैलिरहेको परिस्थितिमा बौद्धजनहरु विहारमा आउँन नसकेको कारणले गर्दा वाट फ्रा धम्मकाय विहारले विश्व भरीका मानिसहरु जुन सुकै कुन्नामा बसिरहे पनि अन लाइन जुम मार्फत यो महान पुण्यमा सहभागी हुन सक्ने कार्यक्रम गरिएको हो । जुममा भएका सबै जनाको फोटो र भिडियोलाई एकै ठाउँमा राखि कार्यक्रममा सहभागी गराउँने जसले गर्दा सबै जना पहिले झै विहार मै आई कथिन चीवर दान पुण्यमा सहभागी भएको आभाष हुने छ । यसरी हामी सबै जना मिलि गरिएको यो महान पुण्यको प्रभाव फैलिएर सबै प्रकारका विध्न बाधा अन्तराय हटी सकारात्मक तिर विकास हुदै जाने छ ।  

ONLINE कथिन चीवर दान कार्यक्रम

१९ नोवेम्वर २०२१, शुक्रवार

वाट फ्रा धम्मकाय विहार, थाइल्याण्ड

नेपालको समय अनुसार-

विहानः

८:१५ देखि ९:४५ बजे सम्म –  त्रिरत्न वन्दना  ध्यान भावना

दिउँसो

१२:१५ देखि १:४५ बजे सम्म – त्रिरत्न वन्दना र ध्यान भावना र कथिन चीवर दान कार्यक्रम

बेलुकी

 ५:०५ बजे

– समारोहका प्रमुख भन्ते कार्यक्रम स्थलमा आगमन

      – त्रिरत्न वन्दना

      – प्रमुख दियो प्रज्जवलन

      – वचन द्वारा प्रदीप पूजा

      – सबैबाट प्रदीप बालि पूजा सुरु

५:४५ बजे Online बाट विश्व भरका भिक्षुसंघ र उपासक-उपासिकाहरु साथमा पवित्र परित्राण पाठ

६:३० बजे –  ध्यान भावना

६:४५ बजे –  मैत्री भावना

७:०० बजे –  ३,८५,२०,००,१३७ (३ अरब ८५ करोड २० लाख १३७) पटक धर्मचक्र पाठ पूरा गरिने ।

७:४५ बजे –  समापन