वाट फ्रा धम्मकाय विहार स्थापनामा ल्हुवं फअ् दत्तजीवो भन्तेको भूमिका

          वाट फ्रा धम्मकाय विहार निर्माण गर्ने अग्रगामी समूहहरुमा ल्हुवं फअ् दत्तजीवो भन्ते पनि एक हुनु हुन्छ । विहारको मुख्य उद्देश्य भनेको नै विश्वमा शान्ति ल्याउँनको लागि मानिसहरुलाई नैतिकताको शिक्षा दिने हो । जसमा एक महत्त्वपूर्ण दिशानिर्देश रहेको छः

          विहारको वातावरण सफा, शान्त, सितल बनाइ विहारमा आउँने सबका लागि साच्चैको धर्म अभ्यास गर्ने विहार बनाउँनु हो ।

          भिक्षुलाई एक सच्चा भिक्षु बनाउँने भन्नाले भन्तेहरुमा राम्रो चरित्र हुने गरिकन अभ्यास गराउँने, अरुले श्रद्धा पोख्न सकिने ब्यक्ति र भक्तजनहरुलाई शील धर्मका कुराहरु सिकाउँन सक्ने गरी उहाँहरुमा गुणधर्मको विकास गर्ने ।

          मानिसलाई असल मानिस बनाउँने भन्नाले शीलधर्म भएको र आफ्नो, परिवार, समाज र देश कै लागि एक जिम्मोवारी असल नागरिक हुने गरी धर्म अभ्यास गराउँने ।

 

          यसै कारणले नै विहार निर्माण गर्ने सुरुको टोलीले यस वाट फ्रा धम्मकाय विहारमा भएका भिक्षु-श्रामणेर, उपासक-उपासिका र विहारमा आउँने सम्पूर्ण भक्तजनहरु जो धर्म सिक्न चाहन्छ सबलाई परियत्ति र पत्तिपति दुईलाई मुख्य आधार बनाई धर्मको अभ्यास गराउँदै आइरहेको छ । यस्तो कार्यलाई सफल गर्ने सिलसिलामा ल्हुवं फअ् दत्तजीवो भन्तेको नेतृत्त्वमा सर-सफाई, शान्तता, सितलताका साथ बचत र शुद्धता संगै विभिन्न कार्यक्रमका लागि आवश्यकता अनुसारको ठाउँ सर-सामानहरु मिलाइ काम गर्दै आइरहेको छ ।

          वाट फ्रा धम्मकाय विहारको मुख्य दृष्टिकोण नै  शीलधर्मको अभ्यास हो । यसको अलावा ठूल-ठूलो विधि गरी ठूलो काम देखाउँने होइन । त्यसैले ल्हुवं फअ् दत्तजीवो भन्ते भन्नु हुन्छ कि, “ विहार भनेको सबै मानिसहरुलाई शीलधर्म सिकाउँने विद्यालय हो । ” धेरै संङ्ख्यामा धर्मको अभ्यास गराउँनु विशेष गरी नयाँ युवाहरुले शीलधर्मको हारे बुझ्यो भने र इमान्दारताका साथ धर्मको अभ्यास गर्यो भने शीलधर्मलाई माया गर्नेहरु हुन्छन् र बाहिरको दुर्गति तिर लाने काम कुरो जस्तै लागुपदार्थ आदिहरुमा भन्दा बढी दिलचस्बी धर्ममा लगाउँने हुन्छ ।

 

 Luangpor Dattajeewo and the Expansion of Wat Phra Dhammakaya Premises 

          यसरी धर्मको प्रचार-प्रसार संगै विहार निर्माण गर्ने कार्यलाई अगाडी बढाइ रहेको अवस्थामा श्रद्धालुजनहरु धर्म अभ्यासको लागि विस्तारै दशबाट सय, सयबाट हजार र हजारौंबाट दशौं हजार गरी बृद्धि भई आउँदा ल्हुवं फअ् दत्तजीवो भन्तेको जिम्मेवारी पनि त्यही अनुसार बृद्धि हुदै आयो ।

          बुद्ध सम्बत् २५२७ तिरको कुरा हो । बुद्धशासनका विशेष महत्त्वपूर्ण दिनहरुमा विहारमा आउँने मानिसहरु करिब २०,००० को सङ्ख्यमा पुग्यो । जसले गर्दा विहारको सुरुको १९६ राई ( लगभग ६०० रोपनी ) जग्गामा फैलिएको विहारमा चारै तिरबाट धर्मको अभ्यास गर्न आउँने भक्तजनहरुवे भर्न थाले पछि एक समूह आएर पछिका दिनमा अरु आउँने भक्तजनहरुलाई पनि स्वागत गर्नको लागि विहारको जग्गा बढाउँनु पर्ने विचार राख्यो । अनि विहारका भिक्षुगणहरुले पनि सहमति जनाएर विहार समितिमा प्रस्ताव राखियो र त्यो बेला दत्तजीवो भन्ते समितिका अध्यक्ष हुनु हुन्थ्यो । यसरी श्रद्धेय् दत्तजीवो भन्ते नै यो विहारको जग्गा बढाउँने कार्यको प्रमुख भई भक्तजनहरुले गरिएको दान रकम संकलन गरी विहारको पच्छिलतिरको भागमा फेरी २००० राई        ( ६००० भन्दा बढी रोपनी ) जग्गा किनि धेरै संङ्ख्यामा आउँने भक्तजनहरुलाई सजिलै धर्म अभ्यास गर्न र विभिन्न शासनिक धार्मिक काम गर्न विहार विस्तार गर्ने काम गर्नु भयो ।

          यसरी त्यो बढाएको जग्गालाई उपयोग गरी शासनिक कार्यहरु बुद्ध सम्बत् २५२८ देखि नै सुरु हुदै आयो र यसरी धर्म अभ्यासको आउँने मानिसहरु बृद्धि हुने क्रममा बु.स. २५४२ सम्ममा आइ पुग्दा विहारमा बुद्धशासनका विशेष महत्त्वपूर्ण दिनहरुमा हुने कार्यक्रममा एक लाख भन्दा पनि बढी मानिसहरु आउँन थाल्यो । यसरी समय र परिस्थिति अनुसार आवश्यकतालाई ध्यानमा राख्दै विहारमा विभिन्न ठाउँहरुको निर्माण हुदै आयो । त्यसमा पनि महाधम्मकाय चैत्य जुन विश्वभरका बुद्ध अनुयायीहरुको ध्यानआकर्षण गर्ने ठाउँ पनि भएको छ । जसमा विभिन्न प्रकरका महत्त्वपूर्ण बुद्धशासनिक कार्यहरि पनि हुदै आइरहेको छ । यसरी यस्तो हरेक कार्यक्रममा ल्हुवं फअ् दत्तजीवो भन्ते सम्पूर्णरुपमा जीउ ज्यान दिएर आफ्नो शारीरिक बल, ज्ञान बुद्धि दक्षता र क्षमताहरुबाट सबै काममा सुरु देखि नसकुन जेल सम्म निर्देशन दिई आउँनु भएको छ ।

          उहाँ दत्तजीवो भन्ते धर्मलाई आफ्नो जीवन समान माया गर्ने र आफ्नो सारा जीवन बुद्धशासनको कार्यमा समर्पित गरी आउँनु भएको ब्यक्ति हुनु हुन्छ । यति मात्र नभई उहाँ गुरु आचार्यहरुलाई अति नै आदर गौरव गर्ने र कृतज्ञ गुणले सम्पन्न ब्यक्ति पनि हुनु हुन्छ । जहाँ पनि गुरु आचार्यहरुले भनेको कुरा वा उहाँहरुलाई  आवश्कतामा परेमा आफ्नो टाउँकै काट्नु परे पनि थापि लिने स्वभावको हुनु हुन्छ । उहाँमा भएको अर्को कुशल संस्कार भनेको विहारको काम होस वा ब्यक्तिगत होस, चाहे त्यो सानो होस वा ठूलो जहिले पनि उहाँ सम्पूर्ण रुपमा बराबरीको जिम्मेवारी लिनु हुन्छ ।

          त्यसैले अनागारिका खुनयाय गुरुमां र श्रद्धेय् धम्मजयो भन्ते यी दुई जना पछि श्रद्धेय् दत्तजीवो भन्ते एक जना  नभई दिएको भए वाट फ्रा धम्मकाय विहार आजको अवस्था सम्म पुगिदैन थियो ।

 

 Monk and Novice Training 

งานสร้างพระ

भिक्षु बनाउँने कार्य

          ल्हुवं फअ् धम्मजयो भन्तेबाट उहाँ दत्तजीवो भन्तेलाई विहारमा रहेका भिक्षु श्रामणेरहरुको शिक्षा र धर्म अभ्यासको जिम्मेवारी सुम्पिदिनु भयो । त्यस कारण उहाँले हरेक विधिबाट देश भरी नै सच्चा भिक्षु बनाइ छोडी दिने काममा तल्लिन हुनु भयो । त्यस मध्यमा पनि वाट फ्रा धम्मकाय विहारमा भिक्षु भई बस्ने तिर मुख्य लक्षणहरु बनाइ दिनु भयो ।

१. विहार भित्रै कम से कम ५ वर्ष सम्म उपासक भई बसे पछि भिक्षुसंघर उपासक संघबाट अनुमति पाई सके पछि मात्र भन्ते भई बस्न पाउँने र पहिलो उपासक भन्ते हुने अनुमति पाइआएको बु.स. २५१५ देखि हो ।

२. अर्को महापूजणीय आचार्चहरुलाई धर्मपूजाको रुपमा आयोजना गरीएको भिक्षु उपसम्पदा कार्यक्रमबाट चीवर नछोडी वर्षावास पूरा गर्नेहरु । जसले ३ वर्षको भिक्षु तालिम पूरा गरी सकेपछि मात्र वाट फ्रा धम्मकाय विहारको आधिकारीक भिक्षु हुन पाउँने गरियो । यो सुरु भएको वर्ष हो बु.स. २५२८

३. श्रामणेर भन्तेहरु जो उपसम्पदा हुने उमेर पुगे पछि उपसम्पदा भिक्षु भई विहारमा रहन थाल्यो । यसरी पहिलो श्रामणेर उपसम्पदा भिक्षु बन्न सुरु भएको साल बु.स. २५३२ हो ।

नयाँ भन्तेहरुलाई तालिम

          हरेक एक नयाँ भिक्षुहरुमा सुहाउँदो चरित्र हुने गरी निरन्तर ध्यान भावनाको अभ्यास , चतुपच्चयहरु ( गाँस,बाँस, कपाँस र औषधि ) राम्रो देखभाल गर्ने तरिका, धर्म विनयको अध्ययन र दक्षरुपमा बुद्धशासनिक कामहरु गर्ने तालिम गराइन्छ । त्यसमा यी निम्म विषय बस्तु राखिएको छः

  • ध्यान भावना
  • भिक्षुहरुको सेखिय धर्म
  • धर्म विनय र शासन विधिहरु
  • परियत्ति शिक्षा
  • ३८ प्रकारका मंगलहरु
  • बुद्ध जीवनी र त्रिपिटकको सामान्य ज्ञान
  • त्रिपिटक अध्ययन गर्ने अभ्यास
  • पाली भाषाको साधारण तह
  • विहारको चिनारी
  • बुद्धधर्म प्रचार-प्रसार गर्ने तरिका
  • विहारको विभिन्न क्षेत्रमा बसी शासनिक कामको अध्ययन

यसरी तिन वर्षको तामिल पूरा भई सके पछि त्यस भिक्षुको बानीलाई मुल्यांकन गर्न विहारको विभिन्न क्षेत्र जस्तै ध्यान भावनामा निर्देशन दिने गुरु वा परियत्ति पढाउँने गुरु, निर्माण क्षेत्रमा सहयोग वा विहार ब्यवस्थापन क्षेत्रमा सहयोग गर्न लगाइन्छ । त्यसै बखतमा उहाँलाई अझ अध्ययन तिर लाग्ने इच्छा छ भने विशेष रुपमा पाली अध्ययन गर्ने वा त्रिपिटक अध्ययन गरी धर्मलाई निरन्तर रुपमा अगाडी बढाउँन पनि सकिन्छ ।  

श्रामणेर

          श्रामणेरहरुका लागि वाट फ्रा धम्मकाय विहारमा प्रवेश गर्ने दुई प्रकारका बाटो रहेका छन्ः

          अन्दाजी १०० मा ९० जना श्रामणेरहरु वाट फ्रा धम्मकाय विहारबाट आयोजना गरिएको गर्मी श्रामणेर प्रव्रज्या पार गरी अगाडी धर्म अध्ययन गर्ने लक्ष्यले प्रव्रजित भई बस्नेहरु छन् । त्यस्तै १०० जनामा लगभग ३० जना जति यस विहारका विभिन्न शाखा विहार र अन्य विहारबाट आएकाहरु छन् ।

          सबै श्रामणेर भन्तेहरु विहारले तयार गरेको १ वर्षको तालिका पूरा गर्नु पर्ने हुन्छ । अनि मात्र वाट फ्रा धम्मकाय विहारको आधिकारीक श्रामणेरको रुपमा  लिइन्छ ।

श्रामणेर तालिम

          हरेक श्रामणेरहरुले विहारमा यी निम्न विषयको तालिम पूरा गर्नु पर्ने हुन्छ ।

१. बुद्ध धर्म र संघमा आदर-गौरब गर्ने अभ्यास ।

२. कट्टर रुपमा शील पालन गरी बस्ने ।

३. ब्रम्हचर्याको पालन गर्नु पर्ने र विहारको नियम ब्यवस्थापनमा बस्नु पर्ने ।

४. समूहमा मिलि काम गर्ने ।

५. भक्तजनहरुले दानमा दिएको सर-सामानहरुलाई उच्च प्रयोगका साथ राम्रो संग रक्षा गर्ने ।

          सानो-सानो श्रामणेर भन्तेहरु श्रमणको विउ हुन् । धर परिवारको माया ममताबाट टाढा आई धर्म विनय र विहारको कानुन ब्यवस्थापक भित्र आई बसेको छ । उहाँहरुलाई पनि बाहिरको बच्चाहरु झै यो समयमा उनीहरुको नजिक बसी शरीर र मन दुबैलाई कुशलताका साथ पालन गर्नु पर्ने हुन्छ । अनि मात्र राम्रो संग कुशल तरिकाले ब्रम्हचर्या जीवनलाई सदेब रक्षा गर्न सक्नेहरु हुन्छन् ।

          ल्हुवं फअ् दत्तजीवो भन्तेले यो कुरालाई राम्रो संग बुझ्नु हुन्छ । त्यही भएर उहाँले श्रामणेरहरुको मा गई तिनीहरुको मनको कुरा बुझि ज्ञान धर्मको कुरा सिकाउँने र स्वास्थ्य सम्बन्धि पनि राम्रो हेरविचार गर्नुको साथै श्रामणेरहरुको बस्ने ब्यवस्थालाई पनि राम्रो संग हेर्नु हुन्छ । यसरी श्रामणेर भन्तेहरुको प्रव्रजित जीवनको उच्च लक्ष्य पूरा होस् भनी उत्साह र सहनशीलता र मेहेनतको कुरा पनि गर्नु हुन्छ ।

 

 असल मानिस बनाउँन काम 

          ल्हुवं फअ् दत्तजीवो भन्तेले अरु भन्दा नि असल मानिस बनाउँने कामलाई सधै प्राथमिकता दिनु हुन्छ । त्यही भएर उहाँ भन्ते भएको पहिलो साल देखि नै युवाहरुलाई भेला गराइ गर्मी यामको धर्म अभ्यास भनी कार्यक्रम सुरु गरियो । सुरुमा युवा विद्यार्थीहरु ५० जना बाट, बु.स. २५१५ मा सुरु भएको त्यो कार्यक्रममा अहिले आएर हजारौं संङ्ख्यामा रहेको छ । साथै सबै जना जो धर्म अभ्यासको कार्यक्रम सकाएर जानेहरु अहिले धेरै सङ्ख्यामा सरकारी स्तर र अन्य विभिन्न स्तरमा पुगि राज्यलाई नै धेरै कुशल हुने गरी काम गरी बसेका छन् ।

          सबै जनाले बुद्ध शिक्षाको आधार अनुसार  “ पण्डित भन्नाले ज्ञान बुद्धि हुने मात्र नभई शील समाधि र प्रज्ञा पनि हुनु पर्छ ” भन्नेमा बसी काम कुरो गरि बसेका छन् ।

          उहाँ भन्तेले देशको लागि बरो वीर्यका साथ मेहेनतता साथ लगन र सहनशीलताका साथ शील धर्मले सम्पन्न भएका पण्डित ब्यक्तिहरु दिने कामको विउ हाल्नु भएको छ । यसरी देशमा असल नागरिकहरु बनाई देश उन्नत्ति गर्ने काममा कुशलताका साथ काम गर्नु भएको छ ।

          यो बाहेक उहाँले भिन्न भिन्न मानिसलाई सुहाउँदो तरिकाले कुशल चित्त विकास गर्ने कार्यक्रम पनि धेरै गर्नु भएको छ ।  त्यसमा-

  • किशोर अवस्थाहरुका लागि धर्म अभ्यास कार्यक्रम
  • मध्यस्थ अवस्थाका ब्यक्तिहरुका लागि धर्म अभ्यास कार्यक्रम
  • युवाहरुका लागि धर्म अभ्यास कार्यक्रम
  • कल्याणमित्र कार्यक्रम
  • विद्यार्थीहरुका लागि धर्म अभ्यास कार्यक्रम
  • सरकारी अफिसर, आर्मी, पुलिस ब्यापारी आदीहरुका लागि धर्म अभ्यास कार्यक्रम

          यस बाहेक हरेक आइतवार र अरु विभिन्न महत्त्वपूर्ण दिनहरुमा धर्म देशना गर्ने यी सबै कार्यहरु उहाँ कै निर्देशनमा आज सम्म हुदै आएको छ ।

          उहाँको त्रिपिटकका ज्ञानहरुलाई राम्रो संग अध्ययन गरी त्यसलाई दैनिक जीवनमा कसरी अभ्यास गर्न सकिन्छ भन्ने कुराको पनि राम्रो संग सुत्रको रुपमा दिनु हुन्छ । त्यसमा सब भन्दा पहिले आफु बाट अभ्यास सुरु गरी परिवारमा परिवारबाट समाज समाजबाट देश हुदै विदेश सम्म पनि धर्म अभ्यास गराउँने कामहरु गर्नु भएको छ । त्यसको लागि विभिन्न किताबहरुको पनि रचना गर्नु भएको छ ।

  • साँचो भिक्षु
  • ३८ प्रकारका मंगल
  • बुद्धगुण धर्मगुण र संघगुण
  • श्रद्धा
  • बुद्धमार्गको निर्देशन
  • आदर-गौरवले नै धर्मको उच्चता पाउँछ
  • सत्यताको आनुभावले विश्व परिवर्तन गर्न सक्छ
  • आदि

          ल्हुवं फअ् दत्तजीवोले सधर्मको चिरस्थाईको लागि जीवन पूरा समर्पित गरी शारीरिक र मानसिक बल दुबैबाट बुद्धधर्मलाई ब्यापक रुपमा प्रचार-प्रसार गर्ने काममा लागि धर्म अति विस्तार रुपमा चारै तर्फ फैलियोय् भनी काम गर्नु भएको छ ।

 

 संसारका लागि शान्ति ल्याउँने काम 

          ल्हुवं फअ् दत्तजीवो भन्ते थाइल्याण्डको जनमानसमा विभिन्न निकाय अनुसार बुद्धशासनलाई उठ्ठान गर्ने काम र बुद्धघर्मलाई ब्यापक रुपमा विस्तार गरी पूरा विश्व भर फैलाउँने काममा एक अति नै महत्त्वपूर्ण भुमिका रहेको भन्ते हुनु हुन्छ ।

          अहिलेको समय र परिस्थितिमा बुद्धधर्मको धेरै निकाय र विनयहरु आ-आफ्नो ठाउँ र परिस्थिति  अनुसार अलग-अलग देखिए तापनि हामी सबै बुद्धका अनुयायीहरुले बुद्धको शिक्षालाई शान्तिको शिक्षा भनी लिनु आवश्यक छ ।

          ल्हुवं फअ् दत्तजीवो भन्तेबाट यस कुरालाई राम्रो संग अभ्यास र अध्ययन गर्न सक्छौं । उहाँ यस कुरामा अति अनुभव र दक्षता प्राप्त ब्यक्ति हुनु हुन्छ । त्यसै कारण उहाँलाई लोकका विभिन्न सं-संस्थाहरु चाहे त्यो स्वदेशी स्तरको होस् वा विदेशी स्तरको होस् । सबले उहाँलाई सम्मान र आदर-गौरबका साथ स्वीकार गरिएको पाइन्छ ।