गुरु आचार्य ल्हुवं फअ् दत्तजीवो भन्ते

A Teacher to All of Us

फदेच्.. आफ्नो शरीर वचनलाई राम्रो संग संयम गरी राख्नु भविष्यका दिनमा तपाईको नाम जहाँ जान्छ त्यहाँ  बुद्धशासन पनि संगै जाने हुन्छ । ”

          भनी काञ्चनबुरी अञ्चलका एक प्रसिद्ध विपस्सनाचार्य गुरु बुनधम्म भन्तेले आफ्नो ध्यानको आनुभवले हो या  १७ वर्षको बालकमा ( दत्तजीवो भन्ते )  ध्यान भावना प्रतिको भएको लगनको कारण हो थाहा भएन । उहाँले धार्मिक क्षेत्रमा उहाँ दत्तजीवो भन्तेको चमक भएको छ भनी माथिको वाक्य उद्दघार गर्नु भएको थियो ।

दत्तजीवो भन्नाले बुद्धशासनको लागि जीवन समर्पण गर्ने ब्यक्ति ”

          यहि नै उहाँ दत्तजीवो भन्तेको जीवनको दृढ संकल्प हो । उहाँ पुण्य पारमिता गर्नेहरुको लागि एक असल उदाहरणीय ब्यक्तित्त्व हुनुहुन्छ ।

ल्हुवं फअ् दत्तजीवो भन्ते बारे धम्मजयो भन्तेको भनाइ
वाट फ्रा धम्मकाय विहार निर्माणमा दत्तजीवो भन्तेको भुमिका
ल्हुवं फअ् दत्तजीवो भन्तेका शिक्षा

 उहाँको पुण्य पारमिता क्षेत्रमा प्रवेश 

          ल्हुवं फअ् दत्तजीवो भन्तेको गृहस्त नाम फदेच् फअङ सवाद हो । उहाँ पिता सुन फअङ सवाद  र  माता हुवइ फअङ सवादको कोखबाट बुद्ध सम्बत् २४८३ साल डिसेम्बर २१ तारिकको दिन काञ्चनबुरी अञ्चलमा एक किसान परिवारमा भएको थियो ।

          उहाँको बुबा एक लगनशील र सारै फराकिलो दृष्टि भएको कारणले गर्दा आफ्नो सबै सन्तानहरुलाई बाहिरी अध्ययन र ब्यक्तिगत अनुशासन दुबैमा राम्रो संग कडक रुपमा अनुशासीत गर्नु भएको छ । त्यस मध्यमा पनि ल्हुवं फअ् दत्तजीवो भन्ते सानेै बेला देखि  सिक्ने, जान्ने,बुझ्ने र ध्यान भावना गर्ने कुरामा अति नै लगन र उत्साहित हुनुहुन्थ्यो । उहाँ माध्यामिक तहमा काञ्चनबुरी अञ्चलको विशुद्धरंशी भन्ने स्कुलको  विद्यार्थी हुनु भएको बेलामा अति नै किताब पढ्ने भएकोले सबै विभिन्न विषयहरुको किताबहरु पढ्नु हुन्थ्यो । यति सम्म पनि भनिएको छ कि काञ्चलबुरी अञ्चलकै ठूलो पुस्तकालयमा भएको सम्पूर्ण किताबहरु उहाँको आँखाबाट पार भई सकेको छ ।

          किताबहरु पढ्ने क्रममा उहाँलाई सब भन्दा बढी र विशेष रुपमा रुचि भएको विषय हो , ध्यान भावना सम्बन्धि किताबहरु । त्यसमा पनि विशुद्धिमार्ग अनुसार ध्यान अभ्यास गर्ने जुन बुद्धघोषाचार्य भन्तेले लेख्नु भएको किताब पढि उहाँलाई ध्यान भावना गर्न अति नै इच्छा भई अभ्यास गर्न थाल्नु भयो । तर आफु एक्लैले गरिएको ध्यान अभ्यासबाट राम्रो प्रतिफल नपाएको कारणले गर्दा उहाँ ध्यान गुरुहरुको खोजि गर्दै जाँदा दुर्भाग्य बस मिथ्या ध्यान अभ्यास गराउँने गुरुहरु कहाँ पुग्नु भयो र त्यो एक समय उहाँ मिथ्या समाधिलाई सम्यक् समाधि थानि अज्ञानतामा डुब्नु भएको थियो ।

जस्तो सुकै भएतापनि उहाँमा सधै नर्क र स्वर्गको विषयमा कसलाई थाहा होला भन्ने कुरामा दिलचस्बी भई नै रहन्थ्यो । त्यस कारण जुन ध्यान समाधिले उहाँमा अति नै ऋद्धि चमत्कारहरु दिलाइ दिए तापनि त्यसले नर्क र स्वर्गको कुरालाई सल्झाउँन नसकिने भएकोले उहाँले अन्य गुरुहरुको खोजि गरि सिक्ने क्रम रोक्नु भएन । यसै सिलसिलामा कहिले जंगल र कहिले पहाड तिर अति नै ध्यान लाभी प्रसिद्ध गुरुहरु कहाँ गई ध्यान सिक्नु हुन्थ्यो र मोैका मिल्ने बित्तिकै स्वर्ग नर्कको बारेमा सोधि हाल्नु हुन्थ्यो । तर कोहीबाट पनि राम्रो संग प्रष्ट रुपमा चित्त बुझ्ने गरी जवाफ पाउँनु हुन्न थियो । कोही कोही भरोसा र विश्वासको भरमा स्वर्ग नर्क छ, देवताहरु पनि छन् यो साँचो हो भनी भन्नेहरु पाउँने तर कोहीले पनि यकिनका साथ छ, देखि सके गई नि आइ सके भनी भन्नेहरु पाएनन् ।

          यसरी पुरानो कुशल संस्कार जुड्ने समय आइ नपुगेको कारणले त्यो युवाको समयमा मिथ्या समाधि मै रहिरह्यो । यसरी उहाँले माध्यामिक तहको शिक्षा सबै उत्तिर्ण गरी उच्च शिक्षाको लागि बुद्ध सम्बत् २५०३ मा कसेतशात महाविद्यालय ( क्याम्पस ) जानु भयो ।

 

 कल्याणमित्र संग भेट 

          यसरी जब उहाँको पुरानो पुण्य संस्कार फर्कि आयो । त राम्रो सकारात्मक कुराहरु जीवनमा आउँन थाल्यो । जब उहाँ अष्ट्रेलियाबाट फर्कि स्नातक तहको पशुपालन सम्बन्धि बाँकी रहेको पढाइ पूरा गर्न कसेतशात महाविद्यालयमा पुन आउँनु भएको बेलामा त्यही आफु भन्दा तल तहमा अध्ययन गर्ने उहाँको अति नै असल कल्याणमित्र ल्हुवं फअ् धम्मजयो संग भेट हुने अवसर पाउँनु भयो । जुन भेट उहाँले कहिले नै नबिर्सने गरी  मनमा छाँप बसेको बताउँनु हुन्छ ।  

          बुद्ध सम्बत् २५०९ नोबेम्बर २७ तारिकको दिन जुन दिन थाइ परम्परा अनुसार लअई क्रथोङ भन्ने चाँड थियो । त्यो रातको समयमा दत्तजीवो भन्ते ( गृहस्त बेला ) रक्सीको बोतल लिदै सबैलाई रक्सी हाल्दै खुवाउँदै थियो । सबैले उहाँबाट रक्सी लिई खानु भयो कसैले पनि नाई भनेन तर त्यो हुलमा एक जना मात्र थियो , जसले म पञ्चशील पालन गर्छु भनी रक्सी पिउँन अस्वीकार गर्नु भयो । अस्वीकार गरेको कारण पनि साधारण  कारण थिएन । जसले गर्दा त्यो ब्यक्ति दत्तजीवो भन्तेलाई अति मन छोयो र मन मनै विचार गर्नु भयो कि यो ब्यक्ति साधारण ब्यक्ति होइन । तर दुर्भाग्य बस त्यो समय दत्तजीवो भन्ते रक्सीले माटिएको थियो त राम्रो संग अनुहार हेर्न सकेन र नाम पनि सोध्न सकेन ।

          भोलिको उज्यालो संगै हिजो म शील पालन गर्छु भन्ने त्यो भाईलाई खोज्दै हिडे र भेटाए पछि थाहा पाउँनु भयो कि उहाँको नाम फाइबुन सुद्धिफोन रहेछ । राम्रो संग होशमा कुराकानी हुदै जाँदा उहाँको मन भिज्ने भयो । विचारधारा पनि मिल्न आएको देखियो । त्यस कारण आफु संग भएको ज्ञान सिकाइ आफ्नो अनुयायी बनाई आफै संग राख्ने विचार गर्नु भयो । तर भएको ज्ञान सिकाइ दिनु भन्दा पहिले त ऊ संग ज्ञानको तह कति सम्मको छ भन्ने कुरा बुझ्नु पर्यो भनी धर्मको चर्चा गरी ज्ञान धर्मको कुराहरु सोध्न थाल्यो । सुरु सुरुमा साधारण कुराहरुबाट सोध्ने क्रम पछि गएर त्रिपिटकका कुराहरु सम्म पुग्यो । अति धेरै मात्रामा ग्रन्थहरु पढि आएको कारणले गर्दा प्रश्नहरु धेरै हुनु पनि स्वाभाविक नेै भयो । प्रश्न सोधपुछ गर्ने क्रममा यति धेरै भयो कि दुबै जनालाई ज्वरो सम्म आयो । जुन प्रश्न सोधे पनि जवाफ दिने एउटा पनि त्यस्तो प्रश्न थिएन जसमा उहाँले जवाफ दिन नसक्ने । अनि दत्तजीवो भन्ते उहाँ धम्मजयो भन्तेलाई आफ्नो शिष्य बनाउँने विचारले ल्याएको त आफु नै शंकामा पर्न गयो कि शिष्य बनाउँदा ठिक होला र ? किनकि उहाँ  संग भएको ज्ञान धर्म त आफुमा भन्दा अति बढी थियो ।

          अब एउटा अन्तिम प्रश्न बाँकी थियो, जसको आधारमा धम्मजयो भन्तेको ज्ञान साँचो हो भन्ने कुरालाई निष्चित गर्न सकिने त्यो थियो त्यो हो स्वर्ग-नर्कको कुरा । यदि आफु बच्ने वा सबैले झै सुरक्षित रुपमा जवाफ दियो भने त खालि त्रिपिटकको ज्ञान सारी ल्याएको भन्न सकिन्छ भन्ने विचार गरी सोधे र जवाफमा एकदम पक्काको दृढताका साथ स्वर्ग नि छ नर्क नि छ यो कुरा सत्य हो र त्यहाँ जान सक्ने ब्यक्ति खुनयाय आचार्य खोननोक युङ अनागारिका ( गुरुमां ) हुनु हुन्छ । अहिले उहाँ जीवित पनि हुनु हुन्छ ।

          एक लाख प्रतिशतले विश्वास गरे हुन्छ फदेच् दाई र यदि तपाई आफैले नै स्वर्ग नर्क हेर्न चाहनु हुन्छ भने उहाँले तपाईलाई सिकाइ दिन पनि सकिन्छ । 

          यसरी धम्मजयो भन्ते संग भएको ज्ञान र धर्म सुनिसके पछि उहाँलाई आफ्नो गुरुको रुपमा स्वीकार गर्नु भयो । आफु त्यो समयमा कसेतशात महाविद्यालयको एक सबैले मान्ने आदर गर्ने ब्यक्ति भई कन पनि सबै अभिमानहरु पन्छाउँदै आफु भन्दा कान्छोको मनै देखि स्वीकारी शिष्य हुनु भयो । यसरी जहाँ गए पनि, बसे पनि आफु भन्दा माथिल्लो ठाउँमा उहाँ धम्मजयो भन्तेलाई बसाल्ने र सुताउँने गर्नु भयो ।

 

 खुनयाय आचार्य संग भेट 

          धम्मजयो भन्तेले अनागारिका खुनयायले स्वर्ग-नर्कको बारे साँचिच्कै थाहा छ देख्न पनि सकिन्छ र अरुले पनि हेर्न सकिने गरी सकिउँन नि सकिन्छ भन्ने कुराले दत्तजीवो भन्ते एक दम खुसी हुनु भई उहाँ गुरुमां संग भेट्ने इच्छा अति नै तिब्र भयो । तर खुनयाय गुरुमांलाई भेट्ने कुरा त्यति सजिलो थिएन । उहाँ एक उमेर गैसकेको शान्त वातावरण प्रेमि हो-हल्ला मन नपराउँने र उहाँको मा जान शान्त स्वभाव लिइ जानु पर्ने थियो । त्यही कारणले धम्मजयो भन्तेले दत्तजीवो भन्तेलाई करिव ३ महिना जति ध्यानको पहिलो साधारण तहका कुरा र उहाँमा भएको कडा स्वभावलाई नरम र शान्तमय बनाइ सके पछि मात्र खुनयाय आचार्य गुरुमां संग भेटाउँन लैजानु भयो ।

          खुनयाय आचार्यलाई देख्ने वित्तिकै उहाँ प्रति अथाह श्रद्धा उत्पन्न भयो र पहिला देखि नै चिनजान भएको जस्तो अभाष हुन थाल्यो । सारै खुसी भएको कारणले उहाँ सम्म ल्याइ दिने ब्यक्तिलाई नै बिर्सिकन एकै चोटी खुनयायलाई सोध्यो कि,

          “ खुनयाय फाइबुनले भनेको तपाई नर्क-स्वर्ग लैजान सक्छ रे हो ? ”

          “ हो मैले आफ्नै बुबालाई नर्कबाट उद्दार गरी ल्याएको छुँ । ”

यसरी सिधा प्रष्ट रुपमा जवाफ पाएपछि मन मनै भन्नु भयो । अहिले चाहि साच्चैको मान्छे भेटाएछुँ जसलाई म कति अगाडी देखि खोजिरहेको थिए, भनी उहाँ खुनयाय गुरुमां प्रति अथाह श्रद्धा उत्पन्न भयो । र फेरी सोध्नु भयो कि,

          “ अनि के म पनि गएर हेर्न सक्छु त ? ”

          “ सक्नु हुन्छ तिमी संग पुण्य प्रसस्त रुपमा छ त्यही भएर त यहाँ सम्म आइपुग्यो नि, थोरै अभ्यास गर्नु भयो भने पक्कै पुगिन्छ । ”

          त्यस समय देखि दत्तजीवो भन्ते आचार्य खुनयाय संग जोड्नु भयो । आफ्नो जीवन नै उहाँलाई अभ्यास गराउँनको लागि सुम्पिनु भयो र कुनै बाहाना विना नै सरासर धर्मको अभ्यास गर्दै जानु भयो । लाग्छ कि जन्मौ जन्म देखि उहाँ कै शिष्य भई आइरहेको जस्तो ।

          आचार्य खुनयाय संगको सुरु सुरुमा ध्यान अभ्यास सिक्ने क्रममा उहाँ भन्तेले धेरै रुपमा समस्याहरुको सामना गर्नु परेको थियो । केही समय ध्यान बस्यो कि त सास फेर्न गाह्रो भई आउँने र सास नै ननिस्केको जस्तो हुने । यसरी उहाँलाई धेरै दुविधा हुन्थ्यो र अभ्यास गर्नै छोडौं जस्तो हुन्थ्यो । आचार्य खुनयाय गुरुमांले उहाँको हरेक समस्यामा सहयोग गरी उहाँलाई सबै समस्याबाट सुरक्षित गर्नु हुन्थ्यो र भन्नु हुन्थ्यो कि,

          “ तिमीले मिथ्या समाधि धेरै मात्रामा अभ्यास गरी आएकोले ती पुराना आचार्यहरु चाहदैनन् कि तिमी उहाँहरुको ज्ञान छोडी अन्तै लागोस् त्यही कारण तिमीलाई बाधा दिन आएको हो । ”

          उहाँमा कुनै काम गर्दा पूर्ण लगन, विश्वास, श्रद्धा र साँचो रुपमा जीवन नै दाउमा राखेर गर्ने बानी भएकोले ढिला नहुदै उहाँको धर्म अभ्यासले प्रगति पायो र आचार्य खुनयाय गरुमांले उहाँलाई त्यो समयमा वाट पाक नाम विहारमा रहेको बान धम्म प्रसिद्धमा खुनयाय गुरुमां संग ध्यान बस्न आउँनेहरुलाई ध्यान सिकाउँने सहायक आचार्य बनाइदिनु भयो । पछि धम्मजयो भन्तेबाट थाहा पाउँनु भयो कि खुनयाय गुरुमांले किन उहाँलाई सहायक आचार्य बनाउँनु भएको हो भनी,

          “आचार्य खुनयायले भन्नु भाको फदेच् तपाई संग अभिमान भन्ने छैन, राम्रो गर्ने बानी छ, कतञ्ञु गुण छ, खुनयायले जति गालि गरे पनि कहिले रिसाउँनु हुन्न,पछाडी कुरा काट्ने बानी पनि छैन,गुरु बन्न लायक छ ।”

          यसरी बुद्ध सम्बत् २५१२ मा धम्मजयो भन्ते गृहस्त जीवन त्यागी बुद्धलाई पूजा स्वरुप प्रव्रजित जीवन धारण गरी सके पछि अनागारिका खुनयाय गुरुमांले बुद्धशासनलाई अझ ब्यापक रुपमा प्रचार-प्रसार गर्नको लागि नयाँ विहार बनाउँने विचार गर्नु भयो । जुन बुद्धधर्म ब्यापक रुपमा प्रचार गर्ने कुरा उहाँ गुरुमांका गुरु भन्ते ल्हुवं पू वाट पाक नामले आफु मरण हुनु भन्दा अगाडी जिम्मा दिएर जानु भएको कुरा थियो । त्यस कारण अनागारिका खुनयाय गुरुमांले बान धम्म प्रसिद्धका आफ्ना समूहलाई हामी विहार बनाउँन जग्गा मिलोस् भनी सबैलाई एकै साथ प्रार्थना गराउँनु हुन्थ्यो । नभन्दै बुद्ध सम्बत् २५१२ को अन्तिम तिर खुन यिङ प्रयाद फ्याद फोङशा विशुद्धाबदी भन्ने एक महिलाले पथुमथानी अञ्चलमा रहेको १९६ राई ( थाइ जग्गा नाप अनुसार ) लगभग ६०० रोपनी जमिन विहार बनाउँनको लागि दान गर्नु भयो । र बुद्ध सम्बत् २५१३ सालको सुरुवातको समयमा विहार बनाउँने काम सुरु भयो ।

          त्यो समय दत्तजीवो भन्तेको गृहस्त जीवनमा ठूलो उन्नति भैरहेको समय थियो । एक कम्पनीमा उहाँ ठूलो म्यानेजर थियो । तैपनि उहाँले विहार बनाउँन काम सुरु गरे पछि त्यस उच्च स्थानको जागिरलाई त्यागेर विहार बनाउँने जग्गालाई रेखदेख गर्ने र विहार बनाउँने पर्ने सबै कामको पूरा जिम्मा लिई काम गर्नु भयो । बाहिरी संसारमा त्यो राम्रो जीवन जीउँने अवसर जुन अवसर सबै गृहस्त हुनेहरुले प्रार्थना गरेको हुन्छ त्यसलाई उहाँले त्याग्नु भयो । भनिन्छ छ कि खाना पकाउँने भाडोलाई नै फुटाइ शासनको लागि जिउ ज्यान दिनु भयो उहाँले ।

 प्रव्रजित जीवन 

          उहाँ दत्तजीवो भन्तेले बुद्ध सम्बत् २५१३ सालको सुरुवात संगै ब्रम्हचर्या जीवन विताउँने सत्य वचन कबुल गरिएको भएतापनि विहार बनाउँने कामले गर्दा उहाँले प्रव्रजित हुने कुरामा ध्यान दिन सक्नु भएन । अनि एक दिन खुनयाय गुरुमांले उहाँले गरिएको वचन असत्य हुन नजाओस् भनी उहाँलाई याद गराउँने उद्देश्यले,

          “ खुन देच् तपाई गृहस्तमा बन्न सकिदैन, प्रव्रजित हुनु । किनकि तपाई ठूलो फरालिको दिल भएको मान्छे, तपाई संग जे छ त्यो सबै अरुलाई दिने, तपाई यदि पारिवारिक वन्धनमा पर्यो भने बेसन्तर राजाको झै हाल हुनेछ ।  ” त्यस पछि खुनयाय गुरुमांले भन्नु भयो कि.

          “ तपाई जन्मिएको नै पुण्य पारमिता पूरा गर्नको लागि मात्र हो । त्यही भएर प्रव्रजित हुनु अनि जति पनि प्रार्थना गर्नु भएको कुराहरु हो त्यो सफल हुनेछ । तपाई एकदम लगनशील हुनुहुन्छ । धर्म थाहा पाउँने र देख्ने तपाईको अधिकार झै रहेको छ । त्यही कारण प्रव्रजित हुनु म दिन मिलाइ दिन्छु । ”

          यसरी बुद्ध सम्बत् २५१४ डिसेम्बर १९ तारिकको दिन वाट पाक नाम फासी चरण विहारको सिमागृहमा चाउ प्रखुण सोमदेच् फ्रा महाराजमंगलाचार्य त्यो बेलाको श्रमण पदवी अनुसार फा देवरवेदीको उपज्झायत्त्वमा उहाँ उपस्मपदा भई भिक्षु हुनु भयो ।

 असल उदाहरणीय गुरु आचार्यको रुपमा 

          उहाँ दत्तजीवो भन्तेको प्रव्रजित जीवनमा सुरुको दिन वर्ष देखि अहिले ५० औं वर्ष सम्म बुद्धशासनको लागि पूरा जीवन अर्पण भई आइएको छ । धर्म विनय अनुसार आफुलाई कुशल रुपमा अनुसाशीत गर्नुको अलावा विहारलाई मात्र विहारको रुपमा बनाउँने, प्रव्रजितहरुलाई एक सच्चा प्रव्रजित बनाउँने र मानिसहरुलाई शील धर्म भएका असल मानिसहरु बनाउँने जुन  विहार निर्माण समूहको मनोकामना थियो । त्यसमा उहाँलाई श्रद्धेय् धम्मजयो भन्तेले विहारमा रहेको भिक्षु र श्रामणेरहरुको शिक्षाका साथ उपासक-उपासिका जुन विहार भित्रै बसी बुद्धशासनलाई सेवा गर्नेहरुलाई धर्म अभ्यास गराउँने र श्रद्धालु भक्तजनहरु जो विहार आउँने गर्दछन् उहाँहरु सबलाई धर्म सिकाई अभ्यास गराउँने जिम्मा दिनु भएको थियो ।

          दत्तजीवो भन्ते पनि सिक्ने जान्नेमा उत्सुक, सबै कुरामा संकेत गर्ने, विग्रह गर्ने बानीका साथ कारण र फललाई पन्छाइ काम कुरो गर्ने भएकोले नै उहाँ केलब धर्म विनयमा मात्र निपुण नभई विभिन्न विषयको इतिहास बारे, भूमि शास्त्र, कुशल ब्यवस्थापक, भवन निर्माण गर्ने र कसरी स्वस्थ रहने जस्ता अन्य भिन्न भिन्न विषयमा पारंगत हुनु भयो । यसै कारणले गर्दा नै उहाँलाई सम्पूर्ण भिक्षु श्रामणेर उपासक- उपासिकाहरु र विश्व भरका अनुयायी आफ्नाहरुले,

          “ ल्हुवं फअ् दत्तजीवो भन्ते हामी सबैका गुरुवर हुनु हुन्छ भन्ने गर्छन् ।”

          यो वाक्य उहाँको ब्यक्तित्त्व संग एकदम सिधा मेल खाने हो ।

किनकि उहाँले सारै मन पराउँने काम, पूर्ण समर्पित गरिएको काम र  एकदम  कुशलताका साथ गरिएको काम कुरा भनेको नै सिकाउँने गुरुवर काम हो र सबैले थाहा पाएको र भन्दै आएको कुरा हो उहाँको ओवाद ( ज्ञानका शब्दहरु ) एकदम गम्भिर, प्रष्ट, सुनौं सुनौं लाग्ने र साथै उहाँको शारीरिक किर्याकपाल हाउभाउ उहाँको कुशल शील आचरणले नै उहाँलाई सच्चा गुरुवर बनाइ दिएको छ । उहाँले सबै शिष्यहरुलाई  निर्देशन दिने र त्यही अनुसार गरी देखाउँने पनि गर्नु हुन्छ ।

          उहाँ धर्मलाई आफ्नो जीवन समान माया गर्ने मात्र नभई ब्रम्हविहार गुणले पनि अति सम्पन्न हुनु हुन्छ । यति मात्र नभई उहाँ गुरु आचार्यहरुलाई अति नै आदर गौरव गर्ने र कृतज्ञ गुणले सम्पन्न ब्यक्ति पनि हुनु हुन्छ । जहाँ पनि गुरु आचार्यहरुले भनेको कुरा वा उहाँहरुलाई  आवश्कतामा परेमा आफ्नो टाउँकै काट्नु परे पनि थापि लिने स्वभावको हुनु हुन्छ । उहाँमा भएको अर्को कुशल संस्कार भनेको विहारको काम होस वा ब्यक्तिगत होस, चाहे त्यो सानो होस वा ठूलो जहिले पनि उहाँ सम्पूर्ण रुपमा बराबरीको जिम्मेवारी लिनु हुन्छ । कुनै पनि कामलाई उहाँले ख्याल ख्यालमा लिनु हुन्न र गर्नु हुन्न । यसै कारणले उहाँ यो विहार बनाई बुद्धशासन प्रचार-प्रसार गर्नेमा एक अति नै महत्त्वपूर्ण ब्यक्ति भई सदा रहिआएको छ ।

          त्यसैले अनागारिका खुनयाय गुरुमां र श्रद्धेय् धम्मजयो भन्ते यी दुई जना पछि श्रद्धेय् दत्तजीवो भन्ते एक जना  नभई दिएको भए वाट फ्रा धम्मकाय विहार आजको अवस्था सम्म पुगिदैन थियो ।

 

 फ्रा फदेच् दत्तजीवो 

हाल वाट फ्रा धम्मकाय विहारका उप-प्रमुख

जन्म मिति

बुद्ध सम्बत् २४८३ डिसेम्बर २१

शिक्षा

महाविद्यालय सकेतशात बाट

कृषि र पशुपालनमा स्नातक

र Hawkesbury College, Australia बाट Diploma of Dairy Technology

उपसम्पदा भिक्षु दिक्षा

वाट पाक नाम फासी चरण विहारको सिमागृहमा

बुद्ध सम्बत् २५१४ डिसेम्बर १९ तारिक

 

भिडियो लिंक