बैशाख पूर्णिमा
बुद्ध शासन र बौद्धजनहरुमा बैशाख पूर्णिमा एक अति नै महत्त्वपूर्ण दिन हो । यो दिनमा सबै बौद्धजनहरु मिलिजुलि एकै साथ भगवान बुद्धलाई सम्झि उहाँ संग भएको परिशुद्ध र प्रज्ञावान गुण अनि सत्व प्राणीहरु माथि भएको महाकरुणा गुणलाई सम्झि आदर-गौरवका साथ उहाँको शिक्षालाई आफ्नो दैनिक ब्यवहारमा मार्ग निर्देशन बनाई पूजा गरिन्छ । अनि यो दिनमा उहाँको जीवन संग सम्बन्धित अति नै ३ महत्त्वपूर्ण कुराहरु जुन कि, उहाँको जन्म, बुद्धत्त्व लाभ र महापरिनिर्वाण पनि यसै दिनमा पर्न आउँछ ।
भगवान बुद्धको हुन् ।
भगवान बुद्धको गृहस्थको नाम “ सिद्धार्थ ” हो । जसको अर्थ सम्पूर्ण विषयको अर्थलाई खुलष्ठ पारी शुद्ध गरी दिने वा जुन कुराको प्रार्थना गर्यो त्यो पूरा हुने भन्ने हो । कपिलवस्तु राज्यका राजा शुद्धोधन उहाँको बुबा हुनु हुन्थ्यो भने देवदह राज्यमा कोलिय वंशका राजकुमारी महामायादेवी उहाँको आमा हुनु हुन्थ्यो ।
उहाँको जीवन हरेक क्षेत्रबाट अति नै सम्पन्न थियो । जब उहाँ ठूलो हुदै आउँनु भयो । राज दरवारमा भएको सुख सम्पत्ति संग नटासिकन उल्टै ती सब कुराहरुमा विरक्त हुनु भई दिर्घ सुखको खोज गर्ने इच्छा गर्नु भयो । प्राय मानिसहरुले प्राणीहरु बृद्ध हुने र रोगी भई मरेर जाने कुरालाई सामान्य रुपमा हेरी बसेको हुन्छ । केही सोच्दैन । तर उहाँ तथागतले ती कुराहरुलाई देखे पछि आफु पनि एक दिन बुढो हुने, रोगी हुने र मरेर जानेछ । यो त एक प्रकारको दुःख हो जुन सारा मानवले हर दिन भोग्नु परिरहेको छ भनी सोच्नु भयो । अलि धेरै वा थोरै मात्र मानिसहरुले यो दुःखको निवारण गर्ने तरिकामा विचार गर्ने हुन्छ । पछि उहाँले एक प्रव्रजितलाई देख्नु भई विचार गर्नु भयो कि यो जीवन नै दुःखबाट मुक्त भई साँचो सुख पाउँने मार्ग हो । त्यही भएर प्रव्रजित भई धर्म आचारण गरी अन्तमा जीवन र प्रकृतिको सत्यलाई बोध गर्नु भयो । जब उहाँले ती सत्य कुराहरुलाई थाहा पाउँनु भयो अनि सारा मानिसहरुलाई पनि उहाँले झै थाहा पाओस् भनी सिकाइ दिनु भयो ।
जन्म
राजा शुद्धोधनका महारानी महामायादेवीबाट बुद्धलाई जन्म दिने निकट समयमा त्यो बेलाको चलन अनुसार छोरीले आफु जन्मिएको घरमा गई बच्चालाई जन्म दिनु पर्ने चलन अनुसार माइति देवदह जादैं गर्दा लामो बाटो भएकोले बिचमा आराम लिनको लागि लुम्बिनी बगैचामा शालको रुप मुनि उभिदै हाँगा समाइ बस्दा त्यही बखत महारानी महामायादेवीले बुद्धलाई जन्म दिएकी थिइन् । त्यो दिन बुद्ध सम्बत सुरु हुनु भन्दा ८० वर्ष अगाडी बैशाख पूर्णिमाको दिन परेको थियो । अनि बालक जन्मेर ५ दिन हुदाँ सिद्धार्थ भनी मानाकरण गरिएको थियो । जसको अर्थ “सर्व अर्थलाई खुलाइ दिने” हो ।
राजकुमार सिद्धार्थ जन्मिएको कुरा चारै दिशामा तिव्र रुपमा फैलिन थाल्यो । र राजा शुद्धोधनका राज गुरु हुनु भएका काल देवल राजर्षिले सिद्धार्थ कुमारको दर्शनको लागि आउँनु भयो र कुमारलाई देखेर भविष्यवाणी गर्नु भयो कि यो बालक पछि गएर बुद्धत्त्व प्राप्त गरी संसारचक्रबाट छुटेर जाने ज्ञान सिकाउँने बुद्ध हुनेछ । अनि उहाँ राजर्षि काल देवलद्वारा सिद्धार्थलाई वन्दना गर्नु भयो यो देखेर राजा शुद्धोधनले पनि आफ्नो छोरा सिद्धार्थलाई वन्दना गर्नु भयो । त्यस पछि ८ जना ऋषि ब्राम्हणहरुलाई बोलाएर राजकुमारको भाग्य र चिनो देखाउँदा ती ८ जनामा ७ जना ब्राम्हणहरुले यदी कुमार राजदरवारमै बस्नु भयो भने चक्रवती राजा हुनेछ, र यदी राज दरवार छोडेर जानु भयो भने बुद्ध हुनेछ भनी भन्नु भयो । तर त्यस मध्येमा सबभन्दा कान्छो कोण्डण्य ब्राम्हणले यी कुमार बुद्ध नै हुन्छ भनी भन्नु भएको थियो ।
बुद्धत्व प्राति
राजा शुद्धोधन, आफ्नो छोरो राज दरवारमै बसी राजवंशलाई अगाडी बढाओस् र चक्रवती राजा बनोस् भन्ने इच्छा थियो । त्यही भएर उहाँ राज कुमार सिद्धार्थलाई कुनै प्रकारको दुःख र अभावको महशुस हुन नदिन ऋतु अनुसारको तिन वटा महल बनाइ अति राम्री राजकुमारी संग बिबाह गराई गृह त्याग गर्ने विचार नआओस् भन्नको लागि अति नै सुख आनन्द र यश आराममा राखेका थिए ।
यसै दौरानमा, सिद्धार्थ २९ वर्षको उमेरमा दरवारबाट बाहिर दुल्न जाँदा उहाँले बुढो मान्छे, रोगी, मरेको मान्छे र प्रव्रजित त्यागी मान्छे देख्नु भयो । यसरी ती बुढो, रोगी र मरेको मान्छेहरु देखे पछि मानिसहरुको जीवनमा दुःख र अनित्य रहेछ भनी विरक्त हुनु भयो । तर प्रव्रजित त्यागीलाई देखेकोमा ती दुःखहरुबाट अलग्ग भैरहेको बुझि आफु पनि त्यस्तै जीवन जीउँने प्रार्थना गरी महाभिनिष्क्रमण (बुद्ध हुने ब्यक्तिले प्रव्रजित हुन गृहस्थ जीवन त्याग गर्ने) गर्ने इच्छा गर्नु भयो ।
अनि पछि, महाभिनिष्क्रमण गर्नु भई, ६ वर्षको कडा तपस्या पछि बोधिवृक्षको मुनि नैरजना नदीको नजिक उहाँले बोधिज्ञान प्राप्त गरी बुद्ध हुनु भएको थियो । बुद्धत्त्व प्राप्त गर्दा उहाँको उमेर ३५ वर्षको थियो । बैशाख पूर्णिमाको दिन उहाँले प्रथम याममा आफ्नो पूर्वजन्मको कुरा थाहा पाउँने ज्ञान प्राप्त गर्नु भयो । अनि दोस्रो याममा दिव्य चक्षु जसले उत्पत्ति र विनाश हुने ज्ञान हो । त्यो थाहा थाहा पाउँनु भयो र तेस्रो यायमा आश्रवक्षय ज्ञान जसलाई प्रतीत्य समुत्पाद ज्ञान भनिन्छ । त्यो थाहा पाउँनु भयो । यसरी अन्तमा उहाँ सम्यक् सम्बुद्ध हुनु भयो । त्यो ठाउँ अहिले वर्तमान समयमा भारतको विहार राष्ट्रमा रहेको बुद्धगयामा पर्दछ ।
महापरिनिर्वाण
बुद्धत्त्व प्राप्ति पछि अनवतर रुपमा ४५ वर्ष सम्म धर्मको प्रचार गर्नु भयो । र अन्तमा ८० वर्षको उमेरमा यही बैशाख पूर्णिमा कै दिन कुशीनगरमा पच्छिम ओवादको रुपमा “हे भिक्षुहरु सबै संखार विनाश भई जाने स्वभाव धर्म नै हो । आफु र अरुको लागि हित हुने काम गरी अप्रमादि भै बस्नु” भनी शिक्षा दिनु भएको थियो । अनि त्यही दिन उहाँ महापरिनिर्वाण पनि हुनु भएको थियो । जुन अहिलेको समयमा भारतको उत्तर प्रदेशमा रहेको कुशीनगरमा पर्दछ ।
भगवान बुद्धको अनन्त गुणलाई पछिको समय सम्म प्रशंसा गर्ने छन् ती गुणहरुमा:
प्रज्ञा गुण भन्नाले भगवान संग सम्पूर्ण चीजको सत्य ज्ञान छ । सबैको बारे राम्ररी जान्नु हुन्छ । र त्यो सत्य ज्ञानलाई मान्छेहरुको बानी ब्यवहार अनुसार मिल्ने गरी बताउँन सक्नु हुन्छ ।
परिशुद्ध गुण भन्नाले भगवान बुद्धको चित्त पवित्र छ । शारिरिक, वाचसिक र मानसिक रुपमा सम्पूर्ण क्लेशको मैलबाट अलग्ग भई शुद्ध स्वच्छ उहाँ हुनु हुन्छ । बाहिर वातावरणमा जस्तो भई पनि, जति सुकै राम्रो वा नराम्रो कुरा भए पनि उहाँ आफ्नो मनलाई शुद्धतामा अटल राख्न सक्नु हुन्छ ।
महाकरुणा गुण भन्नाले बुद्धमा सबै प्राणीहरु प्रति अनुकम्पा थियो । उहाँले सबै प्राणीहरुलाई आफ्नो जीवनको महत्त्व बुझ्न सिकाए । मानिसहरुलाई एक अर्का प्रति दया माया गर्न सिकाए । ताकि सबै मानिसहरु एकसाथ शान्ति र मेलमिलापका बाच्न सकून् ।
बुद्धको शिक्षालाई निम्न तीन कुराहरुमा सारंश गरी टुंग्याउन सकिन्छ ।
- सबै प्रकारका अकुशल कर्म नगर्नु ।
- सबै प्रकारका कुशल कर्म गर्नु ।
- र आफ्नो चित्तलाई शुद्ध राख्नु ।
भगवान बुद्धको शिक्षा भनेको सोच विचारले प्राप्त गर्न सकिने शिक्षा होइन । यो त आचरण र आनुभवले
प्राप्त हुने शिक्षा हो । जसलाई भावनामय प्रज्ञा पनि भनिन्छ । बुद्धद्वारा देसित धर्म अकालिक छैन, र कुनै पनि ठाउँका, कुनै पनि जात लिङ्गका वा कुनै पनि धर्म मान्ने नै किन नहोस् । तिनीहरुले आफ्नो जीवनमा ठीक तरिकाका साथ यस धर्मको आचरण गरेको खण्डमा सबैले बुद्धले झै मोक्क्ष प्राप्त गर्न सकिन्छ ।
भगवान बुद्धको शिक्षा र उहाँले जीवन भर गर्नु भएको दैनिक कार्यले यो सिद्ध गर्छ, कि उहाँ एक “परम गुरु” र सारा मानव जातीहरुमा साँचो गुण लगाउँने तथागत गौतम बुद्ध हुनु हुन्छ ।
बुद्ध जयन्तीको दिन सारा बौद्धजनहरु अटल भई धर्म आचरण गर्नु पर्ने शिक्षाहरु
- कृतज्ञता
मानिसहरुको उपकार गुण थाहा पाउँनेलाई नै कृतज्ञता हो । आफुलाई उपकार गरी राख्नेहरुलाई उपकार
फर्काउँनुलाई कृतज्ञ हुनु भनिन्छ । कृतज्ञ गुण राम्रो मान्छेको परिचय हो । जसले परिवार र समाजमा सुख ल्याउँछ । यो गुण आमा-बुबा र बच्चाहरु बीच, गुरु र शिष्य बीच अनि मालिक र कामदार आदि बीच हुनु पर्ने हुन्छ ।
बुद्ध शासनमा भगवान बुद्धलाई अभिभावकको रुपमा मान्ने गरिन्छ । जसले दुःखको अन्त हुने बाटो देखाइ दिनु भयो । त्यही भएर बौद्धजनहरुले बुद्ध शासनलाई रक्षा गरी चिर स्थाई हुने कामहरु गरी उहाँ प्रति कृतज्ञ अर्पण गर्नु पर्ने हुन्छ ।
- चतुरार्य सत्य
भन्नाले ४ वटा सत्य कुराहरु हो । जुन बैशाख पूर्णिमाको दिन बुद्धले साक्षात्कार गर्नु भएको थियो ।
दुःख भन्नाले जीवनको समस्या हो । जुन सहन अति नै गाह्रो छ । यसमा जन्म हुनु, बृद्ध हुनु र मरेर जाने पर्दछ । सबै मानिसहरुले यसको सामना गर्नु नै पर्ने हुन्छ । र अर्को दुःख, जीवन जिउँने दौरानमा आउँने दुःख हो जसलाई साँचो दुःख भनिदैनौं । जस्तैः आफुलाई मन पर्ने चीज वस्तुहरु नपाउँनु वा गरिब हुनु आदि ।
समुदय भन्नाले दुःखको कारण वा दुःखलाई उत्पन्न गर्ने तत्व हो । र दुःख उत्पन्न गर्ने मुल कारण चाही “तण्हा” हो । जस्तैः जति पाए पनि नपुग्ने स्वभाव आदि ।
निरोध भन्नाले दुःखको अन्त हो । जसमा कुनै दुःख नभएको हुन्छ । किनकि निरोधमा दुःख निभाएको र तण्हा हटिसकेको अवस्था हो ।
मार्ग भन्नाले दुःखलाई अन्त गर्ने बाटो हो । यसमा ८ प्रकारको आचरण मार्गहरु छन् । ती हुन् सही धारणा, सही संकल्प, सही वचन, सही कर्म, सही जीविका, सही प्रयत्न, सही स्मृति, सही एकाग्रता ।
अप्रमादी
जीवनमा बेहोसी नहुने । आफ्नो शरीर, वचन र मनबाट त्यस्तो कुनै काम नगर्ने जसले हामीलाई निच बनाइ दिन्छ । कुशल कर्म गर्ने, समय र मौकालाई नछोड्ने । गर्न हुने काम र गर्न नहुने काम छुट्याउँने र आफ्नो कर्तब्यलाई सधै याद गरी बस्ने हो ।
अप्रमादी हुने कुरा अति नै महत्वपूर्ण विषय हो । बुद्ध धर्मको सारा शिक्षालाई हेर्ने हो भने त्यसको सारंशमा एउटै कुरा आउँछ कि अप्रमादी बन्नु हो । बुद्धको पच्छिम ओवादबाट हेर्ने हो भने “हे भिक्षुहरु हो.. सबै संखारहरु अनित्य हो । विनाश भई जाने त्यसको स्वभाव धर्म हो । त्यसैले अप्रमादी भई बस्नु ”।
बुद्ध सम्बत् २५४२ अथवा १३ डिसेम्बर १९९९ मा संयुक्त राष्ट्र संघको साधारण सभाले औपचारिक रुपमा बैशाख पूर्णिमा वा बुद्ध जयन्तीलाई श्रीलंकाको परम्परागत स्वरुप विश्वकै अन्तर्राष्ट्रिय दिवसको रुपमा परिचित गरियो । बैशाख पूर्णिमालाई विश्वकै एक महत्त्वपूर्ण दिन बनाउँन संयुक्त राष्ट्र संगलाई पहल गर्ने संस्थाहरुमा सब भन्दा उत्कृत संस्था श्रीलंका थियो । जसको उद्देश्य विश्वले आजको दिनमा सबै जना एकजुट भै बुद्धको गुणलाई र उहाँको जन्म, बुद्धत्त्व प्राप्ति र महापरिनिर्वाणलाई सम्झिनु थियो । बुद्धद्वारा सारा मानवलाई राख्नु भएको महाकरुणा उपकार गुणलाई सम्झि उहाँमा कृतज्ञता ब्यक्त गर्ने पनि हो । बुद्धले सारा धर्म मान्नेहरु आफै आएर यस धर्मलाई आचरण गरी सही गतलको फैसला गर्न आहवान पनि गर्नु भएको छ । र आफ्नो पहिलेको धर्म र विश्वासलाई छोडी आउँनु पनि भन्नु भएन । उहाँले निस्वार्थका साथ नै सारा मानवलाई मैत्री राख्नु भयो ।
संयुक्त राष्ट्र संघका पूर्व महासचिव, जेभिएर पेरेज डि कुएलल्लरले May 1986 को बैशाक पूर्णिमाको दिनमा बौद्धहरुलाई दिएको सन्देश ।
सारा बौद्ध धर्मावलम्वीहरुका लागि आज उहाँ बुद्धको जन्म, बुद्धत्त्व प्राप्ति र महापरिनिर्वाणलाई सम्झिने ठूलो मंगलको दिन हो । र सारा मानव जाती माथि राख्नु भएको माया र ममतालाई पनि सम्झिने दिन हो । यस प्रकारको माया र ममता यो लोकका सारा मानवलाई अति नै आवश्यक विषय हो ।
वर्तमान संयुक्त राष्ट्रका महासचिव श्री एन्टोनियो गुटेरेसको सन्देश
यो वर्षको बैशाख दिवसमा म सबैमा हार्दिक शुभकामना ब्यक्त गर्दछु । जुन विश्वका लाखौं बौद्धहरुको लागि एक पवित्र दिन हो । र हामीले बुद्धको जन्म, बुद्धत्त्व प्राप्ति र महापरिनिर्वाणलाई सम्झिने दिन पनि हो । हामी सबै उहाँकै शिक्षाबाट प्रभावित छौं । र अहिलेको यो वर्तमानमा कोरोना रोगको कारण हामी उहाँको शिक्षालाई अझ बढी सम्झिन सक्छौं कि ” सबै जीवित प्राणिहरु बिरामी हुने स्वभाविक हो र म पनि विरामी हुने नै छु” । यो कुरा सत्य हो र सधै सत्य नै रहिरहन्छ । यो कुराले मानिसहरुमा एकता ल्याई एक अर्का लाई जति सक्छ त्यति सहयोग गर्ने तिर लगाई दिन्छ । यदि मानवहरु सच्चै नै हातेमालो गर्यो भने, हामी यो कोरोना रोगलाई रोक्न सक्छौं । यो वर्षको बैशाख दिवसमा हामी एक अर्काको भलो र मंगलको लागि उहाँको शिक्षालाई स्मरण गरौं । अनि सबै मिलि विश्वमा शान्ति ल्याउँन मद्दत गरौं ।
भगवान बुद्धले महाकरुणा राखि मानिसहरूलाई दयापूर्वक जीवन जीवने वास्तविक कला सिकाइ दिएको गुणलाई सम्झि मानिसहरु उहाँको शिक्षालाई आफ्नो दैनिक जीवनमा निरन्तर आचरण गर्दै आजको दिन सम्म ल्याएको छ ।
बैशाख पूजाको यो शुभ दिन, संसारभरका सबै बौद्धहरू उहाँको शिक्षा अनुसार राम्रो कार्यहरू गरेर विश्व शान्ति
स्थापना गर्न ध्यान भावना गरी मनलाई बसमा राखि मन शुद्ध गर्न भेला भएका हुन्छन् । यसले गर्दा त्यो अभ्यास गर्ने मान्छेले आन्तरिक सुख प्राप्त गर्ने हुन्छ । जुन सुख प्राप्त गर्न बाहिरी वस्तुको भर पर्नु पर्ने हुदैन । यदि संसार भरका मानिकहरु आ-आफ्नै ठाउँमा बसी ध्यान भावनाबाट मनलाई शान्त र एकाग्र गरेको खण्डमा, सबैले आफ्नै मन भित्र सुखलाई उत्पत्ति गर्ने हुन्छ । यसरी सुख पाउँनेहरुले आफ्नो सुखलाई विस्तारै फैलाएको खण्डमा सबै जना सुख तान्ने चुम्बक र आफ्नो वरपर रहेका परिवार, विद्यालय र समाज गर्दै सारा देश र विश्व भएका नराम्रा कुराहरुलाई परिवर्तन गर्ने औजार हुनेछ ।
हरेक वर्ष वाट फ्रा धम्मकाय विहार र धम्मकाय फाउन्डेशनले, भगवान बुद्धमा सारा मानव माथि भएको महाकरुणा गुणलाई स्मरण गर्न यस बैशाख पूर्णिमाको दिनमा 1 दिने धर्म कार्यक्रम गर्दै आए रहेको छ । त यो वर्ष पनि बिहान र दिउँसो दान शील भावनाको अभ्यास गरी , बेलुकी विश्व भरका सारा भिक्षु, भिक्षुणी, श्रामणेर र उपासक-उपासिकाहरु लाखौं संङ्ख्यामा आ-आफ्नै ठाउँहरुमा बसी एकै समयमा online onzoom बाट आफ्नो मनलाई १० लाखवटा बुद्ध मुर्ति राखि बनाइएको महाधम्मकाय चैत्यमा पठाई एकै साथ उहाँ बुद्धले पहिलो पटक देशना गर्नु भएको धर्मचक्रपवर्तनसूत्र जसमा सारा बुद्ध शिक्षा समावेश छ र निर्वाण सम्म पुर्याइदिने ज्ञान शक्ति भएको सूत्र पाठ गरी प्रदीप पूजा गरीने छ । साथै एकै साथ online बाटै ध्यान भावना र सम्पूर्ण प्राणीहरुलाई सुख र सम्बृद्धिको प्रार्थना पनि गरिने छ । र जो जति zoom मार्फत कार्यक्रममा सहभागीता हुने छन्, उहाँहरुको screen मा रहेको फोटो र पाठको आवाजलाई महाधम्मकाय चैत्य अगाडी राखिएको ठूलो LED screen मा समेटिने छ । र एकै साथ यो लोक अझ धेरै परिशुद्ध भई विश्वका सारा प्राणीहरु दुःखबाट मुक्त होस् भनी आशिका पनि गरिने छ ।
बैशाख पूर्णिमाको कार्य तालिका
बु.स. २५६५ ( बि.स. २०७८, जेठ १२ गते, बुधवार )