असार पूर्णिमा

२०७८ सावन ९ गते ( तद अनुसार 13 जुलाई 2022 )

वाट फ्रा धम्मकाय विहार, थाइल्याण्ड

असार पूर्णिमाको महत्त्व

असार पूर्णिमा बौद्ध धर्मावलम्वीहरुको लागि एक महत्त्वपूर्ण दिन हो । यो हरेक वर्ष असार शुक्ल पूर्णिमाको दिन पर्दछ । यो अनुसार यस वर्ष वि.स. २०७८ सावन ९ गते, तद अनुसार ई.स. २०२१ जुलाई २४ तारिकको दिन पर्न आएको छ । र यो दिनलाई गरु पूर्णिमा पनि भनिन्छ । यो दिन भगवान बुद्धको समयमा घटेका चार महत्त्वपूर्ण घटनाहरुलाई सम्झन सकिन्छ ।

१.पहिलो धर्म देशना

पञ्च भद्र वर्गीय ऋषि ( पाँच जना तपस्सी ऋषिमुनि ) हरुलाई सारनाथको ऋषिपतन मृगदावन       ( वर्तमान वाराणसी, उत्तर प्रदेशको गंगा नदि किनारको एक शहर ) मा भगवान बुद्धले प्रथम  धर्मदेशना गर्नु भएको थियो ।

२.बुद्धले प्रथम चेला प्राप्त

धर्म उपदेश सकिए पछि कोण्डण्य ब्राम्हणले श्रोतापन्न ज्ञान लाभ गर्नु भएको थियो । यसरी बुद्धले आफ्नो पहिलो चेला प्राप्त गर्नु भएको थियो ।

३.बुद्ध शासनमा पहिलो भिक्षु

कोण्डण्य ब्राम्हण श्रोतापन्न ज्ञान प्राप्त भई सकेपछि, बुद्ध शासनमा भिक्षुको रुपमा प्रव्रजित हुन बुद्ध संग अनुमति लिएको र बुद्धले पनि उहाँको इच्छा अनुसार कोण्डण्य ब्राम्हणलाई भिक्षु बनाई दिनु भएको । यसरी बुद्ध शासनमा पहिलो भिक्षुको रुपमा कोण्डण्य देखा परी संघको सुरुवात भएको थियो ।

४.त्रिरत्नको स्थापना जसमा बुद्ध रत्न, धर्म रत्न र संघरत्न रहेको छ ।

उहाँले जुन ज्ञान प्राप्त गर्नु भएको थियो । त्यो ज्ञान अरुलाई  सिकाउँन सक्ने वा सिकाइएकोले उहाँलाई सम्मासम्बुद्ध भनिएको हो।  जुन कि प्रत्येक बुद्ध (अरुलाई सिकाउँन नकस्ने) भन्दा भिन्न छ ।

असार पूर्णिमाको इतिहास

तथागत भगवान बुद्ध, बुद्धत्त्व प्राप्ति पश्चात ७ हप्ता सम्म विमुत्ति सुख, भन्नाले दुःखबाट मुक्त भएको आनन्द मय सुखको अनुभव गरी सके पछि मैले प्राप्त गरेको यो ज्ञान अति नै गम्भिर छ । क्लेशमा परी बसेका यी सत्व प्राणीले बुझ्ने हो त ? भनी सोच्नु भएको थियो ।

भगवान बुद्धले तिनै भूमिमा जन्म-मरणको चक्रमा धुमिरहेका सत्व प्राणीहरु प्रति आफुमा भएको महाकरुणा राखि बुद्धत्त्वको आँखाले हेर्नु भएको बेलामा क्लेश कम भएकाहरु, धेरै क्लेश भएकाहरु, आफ्नो इन्द्रियहरुलाई वशमा राख्न सक्ने र वशमा राख्ने नसक्नेहरु, सिकाउँन सजिलो र गाह्रो भिन्न भिन्न प्रकारका प्राणीहरु देख्नु भयो । जस्तै हिलोपानीमा फुल्ने कमलको फुल, कुनै फुल पानीको भित्र सम्म रहेको त कुनै पानीको सतहमा रहेको, कुनै पानीको सतह भन्दा माथि आईसकेको तर फुल्न बाँकी रहेको त कुनै फुल्न तयार भै बसेको । ठीक त्यस्तै नै कुनै सत्व प्राणीहरु यो ज्ञान सिकी दुःखबाट मुक्त भई जानेहरु छन् ।

त उहाँ तथागत सम्यक् सम्बुद्धले आफ्नो महाकरुणा द्वारा पञ्चभद्रवर्गीयहरु जो आफु सं-संगै दुःख मुक्तिको लागि आउँनु भएकाहरुलाई सम्झिनु भई ती पञ्चभद्रवर्गीयहरु बसिरहनु भएको ऋषिपतन मृगदावनमा जानु भयो र उहाँहरु सामु बुद्धत्त्व लाभ भैसकेको सबै कुराहरु खुलष्ठ पार्नु भईसके पछि मात्र, ती पञ्चभद्रवर्गीयहरुले उहाँबाट धर्मको कुरा सुन्न तयार हुनु भयो । अनि उहाँले बुद्ध शासनमा रहेको मुल कुरा, चार आर्य सत्य र आर्यअष्ठांगिक मार्गमा आधारित भएको धर्म चक्रप्रवर्तन सूत्र देशना गर्नु भएको हो । यसलाई बुद्धको प्रथम देशना भनिन्छ । जसको अर्थ धर्मको चक्र चलाउँनु भएको पनि भनिन्छ । बुद्धको यो प्रथम धर्म देशना पछि कोण्डण्य ब्राम्हण श्रोतापन्न मार्गफलमा पुग्नु भएको थियो र बुद्ध शासनमा प्रव्रजित भई पहिलो भिक्षुत्त्व ग्रहण गर्नु भएको र यसरी त्रिरत्नको उत्पन्न भएको थियो ।    

धर्मचक्रप्रवर्तन सूत्रको महत्त्व

बुद्धले आफ्नो पहिलो प्रवचनमा त्यागीहरुको लागि अयोग्य निम्न दुई कुराहरुलाई त्याग्नु पर्ने बताउँनु भयो ।

पहिलो: कामुक आनन्दमा डुब्ने, यो एक अशुद्ध अभ्यास हो । जो साधारण धर गृहस्तमा बस्नेहरुले गर्ने वा संलग्न हुने हो । यसलाई छोड्नु पर्छ ।

दोस्रो: शरीरलाई अति दुःख कष्ठ दिने । यो एक आर्य प्रव्रजितको लागि होइन । यसमा कुनै प्रयोगात्मक कुराहरु छैन ।

      तथागत बुद्धले मध्यम मार्गमा हिड्ने प्रोत्साहन दिनु भयो । जसमा आर्य अष्टांगिक मार्ग र चार आर्य सत्य समेतिएको छ ।

      मध्यम मार्गमा ८ कुराहरु छन् । ती हुन्- सही दृष्टिकोण हुनु, सही संकल्प हुनु, सही बोली राख्नु, सही कार्य गर्नु, सही जीविका चलाउँनु, सही प्रयास गर्नु, सही समझदार हुनु र सही एकाग्रता हुनु । जसलाई   संक्षिप्त रुपमा शील ( नैतिकता ), समाधि ( एकाग्रता ), र प्रज्ञा ( आन्तरिक दृष्टि ) भनिन्छ ।

  जब मध्यम मार्गको अभ्यास पूरा हुन्छ । तब चार आर्य सत्यलाई सविस्तारमा बुझ्ने हुन्छ । ती चार आर्य सत्य हुन्ः

१.दुःख सत्यः दुःख बिभिन्न प्रकारका छन् । जन्म हुनु दुःख, बुढो, बिरामी वा रोगी हुनु र मरेर जानु दुःख । त्यस्तै उदासिनता, शोक, लालसा, निराशा, मन नपरेको ब्यक्ति संग बस्नु पर्ने र मन परेको ब्यक्ति संग छुट्टिनु पर्ने, चाहेको जस्तो नपाउँने आदी ।

२.दुःख समुदय सत्य – दुःखको कारण जसलाई हामी तृष्णा भन्छौं ।

३.निरोध सत्यः दुःखको अन्त भएको अवस्था । जहाँ दुःख पिडा समाप्त भै सकेको छ । जहाँ तृष्णाको कुनै अंश छैन ।

४.मार्ग सत्यः आर्य अष्टांगिक मार्ग (दुःख निवारण गर्ने ८ वटा बाटो ) जसले चार आर्य सत्यलाई राम्रो संग बुझाइ जीवन निर्वाह गर्न सकाउँछ ।

तथागत भगवान बुद्धले पञ्ञवर्गीय भिक्षुहरुलाई यो धर्मचक्र सूत्रको देशना गरी सके पछि फेरी अरु कसैलाई पनि यो सुत्र पुन देशना गर्नु भएन । तर जुन ४५ वर्ष सम्म उहाँले अनवतर रुपमा बुद्ध शिक्षा प्रचार-प्रसारको लागि धर्म देशना गर्नु भएको थियो । त्यो सबै धर्मचक्र सूत्रलाई सविस्तार रुपमा बुझाउँने काम  थियो ।

बुद्ध धर्म र संघको महत्त्व

बुद्ध

    तथागत बुद्धले स्वयम आफ्नै प्रज्ञाबल द्वारा जीवनको यथार्थ सत्य खोजि लिनु भएको थियो । र त्यसलाई संसारका सारा मानवजातीलाई पनि थाहा होस् भनी बताइ दिनु भएको थियो । यदि उहाँको उत्पत्ति नभएको भए हामी कसैलाई पनि पाप-पुण्य र जीवनको भवचक्र ( जन्म-मरण ) को बारे थाहा नै हुदैन थियो । जसले गर्दा हामी मानव अप्रमादी  ( बेहोशी ) भई जीवन निर्भाह गरिन्थ्यो होला । जुन अपाय दुर्गति तिर जाने बाटो हो ।

   त्यस कारण भगवान बुद्धको उत्पत्ति हुनु भनेको एक प्रकाशको उत्पत्ति हुनु हो । जसको उज्यालो संग संसारको कुनै पनि उज्यालो दाज्न सकिदैन । किनकि त्यो प्रकाशको उज्यालोले हामीलाई दुःखबाट मुक्त हुने वा यस संसारवट्ट ( संसारमा जन्म-मरण हुने प्रकृया ) बाट नै मुक्त हुने बाटो छर्लङ्ग हुने गरी देखाइ दिने हुन्छ । 

धर्म

    यो संसार अन्तनै नहुने जन्म मरणको दुःखले भरी बसेको छ । यस जीवन सत्यलाई हामीले स्वीकार गरुन् या नगरुन् सबैसे भग्नु नै पर्ने हुन्छ । भगवान बुद्धको धर्म त्यस दुःखको कारण के हो भनी बुझि त्यसलाई अन्त गर्ने हो । जसलाई चार आर्य सत्य भनिन्छ । जसले यो चार आर्य सत्यलाई आचरण गर्यो, त्यसले नै दुःखलाई अन्त गर्ने वा दुःखबाट मुक्ति पाउँने हुन्छ ।

    तथागत सम्यक् सम्बुद्धको ज्ञान अति नै गम्भीर र गहण रहेको छ । यसमा राम्रो सम्भ तरिकाबाट जीवन जिउँने शैली देखि लिएर सारा क्लेशलाई निर्मुल पारी जन्म मरणको चक्रबाट मुक्त हुने अभ्यास सम्म रहेको छ । त्यस कारण जो-जसलाई क्लेशबाट मुक्त हुनु छ । उहाँहरुले आफ्नो ब्यक्तित्त्व संग मिल्ने धर्म आचरण विधिहरुलाई छानी दुःखबाट मुक्त हुन अभ्यास गर्न सक्नु हुन्छ ।

भिक्षुसंघ

   भिक्षुसंघ भनेको बुद्धका श्रावक शिष्यहरु हुन् । जो तथागत बुद्धले बताउँनु भएको धर्म र विनयलाई अभ्यास गरी संसारिक र भौतिक विषय वस्तुलाई त्यागी, दुःखबाट मुक्त हुन काषायवस्त्र ( चीवर ) धारण गरी बस्दछ ।

भिक्षुसंघ दुई प्रकारका छन्-

१.सम्मुति संघ ( परम्परागत संघ )

२.आर्य संघ ( मार्ग फल लाभी संघ )

   बुद्धको समय देखि नै, जब देखि उहाँ तथागतले बुद्ध शासनलाई प्रकाशमान गर्नु भयो । तब देखि उहाँ स्वयम आफु नै चारिका गर्दै धर्मको प्रचार गर्नु मात्र नभई, उहाँका शिष्य श्रावकहरुलाई पनि चारिका गर्दै धर्मको प्रचारमा लगाउँनु भएको थियो । जसले गर्दा बुद्ध शासन अति नै ब्यापक रुपमा फस्टाउँदै प्रगति भएको थियो । जसले गर्दा धेरै संङ्ख्यामा आफ्ना पुरानो विश्वास र आस्था भएको कुरालाई छोडी बुद्ध शिक्षाममा श्रद्धा राखि मनलाई शुद्ध गरिएको पाइन्छ ।

असार पूर्णिमा र विश्व शान्ति

बुद्ध शासन एक शान्तिको शासन हो । यसमा धर्माचरण द्वारा जीवन निर्वाह गर्ने कुरा केन्द्रित छ । बुद्धका प्राय सबै शिक्षाहरु मनको शान्ति, शुद्धता र लोभ, रिस , मोह जस्ता क्लेशलाई रोक्ने कुरामा नै केन्द्रित छन् ।

त्यसकारणले  बौद्धजनहरु संग शान्तता मन पराउँने र जबर्जस्ती कडा पन नराख्ने बानी भएको हुन्छ । यहाँ सम्म कि धर्मको प्रचार-प्रसारमा पनि कसैलाई  तिमीले विश्वास गर्नै पर्छ भनी भनेको हुदैन । त्यसको सत्तामा आउँ आफैले विचार गरी हेर, छानी लिउँ कारणलाई बुझि मात्र काम कुरो गर्नु भन्छ र साथमा आचरण गरी आफैले प्रमाणित गर भनि भनिन्छ ।

त्यसकारण यदि सबै मानिसहरु बुद्धको शिक्षा अनुसार आचरण र अभ्यास गरी चित्तमा टाँसी रहेको क्लेशलाई कम गर्न सक्यो भने, लोभ, रिस, मोह र स्वार्थ जस्ता कुराहरु पनि क्रमवद्ध रुपमा कम हुदै जाने र एक अर्का प्रति राम्रो होस् भन्ने प्रार्थनाको साथ मैत्री जागेर आउँने हुन्छ । यसरी नै संसारका सबै मानिसहरुले अभ्यास गर्न थाल्यो भने विश्वमा शान्ति आउँने पक्का हुन्छ ।

तसर्थ भगवान बुद्धको शिक्षा कतिको महत्त्वपूर्ण र मुल्यवान छ भन्ने कुरा थाहा पाइसके पछि असार पूर्णिमाको दिन, जुन बेला उहाँ जीवित हुनु हुन्थ्यो । त्यो समयमा गरिएको प्रथम धर्म देशनालाई स्मरण गर्दै विश्वमा शान्ति उत्पन्न होस् भन्ने उद्देश्यका साथ सबै एकै साथ ध्यान भावना गरी मैत्री फैलाउ ।

वाट फ्रा धम्मकाय विहार, थाइल्याण्डमा असार पूर्णिमाको कार्यक्रम

यस असार पूर्णिमाको दिनमा तथागत सम्यक् सम्बुद्धलाई पूजा अर्पण गर्ने मनसायले असङ्ख्य र अनन्त रुपमा गुण भएको त्रिरत्नलाई आमिस पूजा र पटिपति पूजा दुई वटै बाट पूजा गर्न चार बुद्ध परिसदहरु एकै प्रकारको श्रद्धा चित्त लिएर विहार तिर जान्छ ।

यस असार पूर्णिमाको दिनमा स्वदेशी र विदेशीबाट हरेक निकायबाट १०,००० भन्दा पनि बढी गुरु भिक्षुगणहरु एकै प्रकारको मैत्री-करुणा चित्त लिएर विश्वमा सुख र शान्ति कायम होस्, सबै जनालाई सुखको सितलता प्राप्त होस्, पिडा कष्टहरुबाट मुक्ति मिलोस् र जीवनमा भएका नराम्रो सबै हटाउँन सकोस् भनी परित्राण पाठ, ध्यान भावना र मैत्री कामना हुन्छ । यसरी हामीले बुद्धलाई पूजा गर्नुको साथै आफ्नो लागि पनि धेरै कुशल मंगलको काम गर्न सकिन्छ र आफ्ना ञाति वन्धुहरुलाई पनि यो पुण्य अनुमोदना गर्न सकिने हुन्छ ।

त्यस कारण हामी बुद्ध परिसदहरु एकै साथ, एकै समयमा आ-आफ्नो चित्तलाई शरीरको केन्द्रमा        ( पेटको दुई औंला माथि धम्मकाय ध्यान विधि अनुसार ) राखि शुद्धतामा स्थिर राखि मनै देखि यस परित्राण पाठ, ध्यान भावना र मैत्री कामनामा सहभागी भयौं भने, त्यस पुण्य आनिशंस अति ठूलो भई पुण्यको प्रभावले वा फलले नराम्रो अकुशलहरुलाई राम्रो र कुशलमा परिवर्तन गर्न सकिने हुन्छ ।   

अर्को कुरा हाम्रो यो पुण्य गतिविधि देखेर आफुमा पनि श्रद्धा उत्पन्न भई बुद्ध शिक्षाको अध्ययन र अभ्यास गर्ने हौसला लिई बुद्ध ज्ञान सिक्न आएको कुरा  विश्व भरका कुना काप्चाका मानिसहरु सम्म पुगि उहाँहरु पनि हामीमा झै श्रद्धा उत्पन्न भई ध्यान अभ्यास र कुशल कार्यमा सहभागी भइयो भने, सबै संग आ-आफुमा उत्पन्न हुने आन्तरिक सुखबाट विहारी सुख उत्पन्न हुन्छ । जुन कि विश्व शान्ति उत्पन्न हुन सुरुवातको विन्दु हुने हुन्छ । र विश्वमा शान्ति पक्कै आउँने पनि हुन्छ ।

त्यस कारण विश्व भरका सम्पूर्ण मानवजातीहरु, सम्पूर्ण सधर्मप्रेमी बौद्धजनहरु एकै साथ, एकै समयमा विश्वमा शान्ति होस् र शान्ति ल्याउँने उद्देश्यले ZOOM मार्फत  हुन गईरहेको असार पूर्णिमाको कार्यक्रममा सहभागी भई दिनु हुन पनि विनम्र अनुरोध गर्दछौं ।

 

असार पूर्णिमा

विश्वभरमा एक साथ प्रदिप पूजा र ध्यान भावना

१३ जुलाई बु.स. २५६५

वाट फ्रा धम्मकाय, थाइल्याण्ड

————————————————–

कार्य तालिका ( थाइ समय अनुसार)

         

बेलुकी  ७ बजे – प्रमुख दिप प्रज्वलन , त्रिरत्न वन्दना , बुद्ध पूजाको रुपमा प्रदिप दान

  ७ः३० बजे – विश्वभरबाट जुम मार्फत भिक्षुसंघबाट एक साथ परित्राण पाठ

  ८ः५० बजे – अधिष्ठान प्रार्थना र मैत्री भावना

  ९ बजे – कार्यक्रम सम्पन्न

—————————————————————-

४,५५५,५५५,५५५ पटक धर्म चक्र पाठ सम्पन्न