खुनयाय आचान महारतन उपासिका चानखोन नोकयुङ

बाल्यकाल

बु.स. २४५२:  उहाँको जन्म बु.स. २४५२ जेनेवरी १९ तारिक बुधवारको दिन नखनपथोम अञ्चलको नखन छयश्री जिल्लामा भएको थियो ।  पिता फ्लइ र माता फान खोन नोकयुङका ९ जना पुत्र पुत्रीहरु मध्ये उहाँ पाँचौं पुत्री हुनु हुन्छ । त्यस बेलाको समय अनुसार महिलाहरुले पढ्ने ब्यवस्था थिएन । त्यसै कारण उहाँलाई पढ्न लेख्न आउँदैन थियो । उहाँ एक मध्यम वर्गका किसान परिवारका छोरी थियो ।

          उहाँ आफ्नो आमा बुबाको खेतीपाती र धरको कामलाई राम्रो संग हेरविचार गरी सहयोग गर्ने भएकोले सबै कामकाजको जिम्मेवारी उहाँमा आएको कारणले काममा नयाँ नयाँ अनुभवहरु र मेहेनत र सहनशीलता दुबै आफुमा विकास गर्ने अवसर मिल्यो । उहाँ अति धेरै  मेहेनती हुनु हुन्थ्यो । बिहान ३-४ बजे देखि उठेर काम गर्नु हुन्थ्यो । त्यसेै कारण साथिहरुले उहाँलाई ” फलाम झै बलियो ” भनी बोलाउँने गर्दथ्यो । यही उहाँमा भएको अति मेहेनती र सहनशीलता बानी नै पछि गएर पुण्य पारमिता सञ्चय गर्ने काममा एकदम फाउदा जनक कुरा भयो ।

          उहाँ खुनयायको आमाको धर प्रतिको जीवन स्तर बुबाको भन्दा माथि थियो । उहाँको बुबा जडियाँ थियो । सधै मद्यिरा पिएर नसामा रहन्थ्यो र आमा संग कराई झगडा गर्न खोजि रहन्थ्यो । एक दिन उहाँको आमालाई दिक्क लागेर बुबा चाहिलाई   “ ए बेकारको मान्छे मेरो साहरामा जिउँने ” भनी कराइ दिएछ । यो सुनेर बुबा चाहिले बच्चाहरुलाई भनेछ कि सुन्यो तिम्रो आमाले मलाई गालि गरेको ? भन्दा खुनयायले आमा बुबा झगडा नगरोस् भनी आमाले त्यस्तो भनेको होइन भनी भन्दा, बुबा चाहि अति नै रिकाएर “ तँ ५०० वर्ष सम्म बहिरो भई जन्मियोस् ” भनी सराब झै दिनु भयो । यो कुराले खुनयायलाई अति नै डर लाग्यो । किनकि आमा बुबाहरुको बोलि एकदम शक्तिसिद्धि हुन्छ, यदि बच्चाहरुलाई सराप्यो भने त्यस्तै नै हुन्छ भन्ने थियो ।

बुबाको निधन

बु.स. २४६४ उहाँको बुबाको निधन भएको बेला खुनयाय खेतमा काम गर्न गइरहेकी थिइन । जब उहाँ धर फर्किनु भयो त बुबाको मृत्युको खबर सुने पछि धेरै नै दुखी भइन । बुबाको निधन हुनु भन्दा पहिले उहाँ संगै बसी क्षमा याचना गर्न नपाएकोले बुबाले बोलेको त्यो सपाब उहाँको मनमा हरदम खड्की रहेको थियो । ( खुनयाय त्यो बेला १२ वर्षकी थिइन )

ल्हुवं पू वाट पाक नाम फासी चरण भन्तेको बारे थाहा पाउँनु भएको ।

बु.स. २४७० उहाँले वाट पाक नाम फासी चरण विहारका प्रमुख ल्हुवं पू वाट पाक नाम फासी चरण वा फ्रा मोङखोन थेपमुनी ( सोद चन्दसरो ) भन्तेले मानिसहरुलाई ध्यान भावनाबाट धम्मकाय ज्ञान सम्म प्राप्त हुने गरी सिकाइ दिनु हुन्छ । अनि धम्मकाय ज्ञान प्राप्त भैसके पछि स्वर्ग नर्क र निर्वाण सम्म पनि जान सकिन्छ । आफ्नो आमा बुबा, हजुर आमा हजुर बुबा आफन्तहरु मृत्यु भै गइसकेका  परलोकमा कहाँ जन्म भैरहेको छ भन्ने कुरा पनि हर्न जान सकिन्छ भन्ने कुरा थाहा पाउँनु भयो । अनि खुनयायलाई उहाँ भन्ते संग ध्यान भावना सिकी परलोकमा उहाँको बुबा जन्म भैरहेको ठाउँमा गई क्षमा याचना गर्न जाने विचार गर्नु भयो किनकि उहाँको बुबाले जीवित समयमा बहिरो भै जन्मियोस् भनी सपाब दिएको थियो । यो कुराले गर्दा नै खुनयायलाई ल्हुवं पू वाट पाक नाम भन्ते संग भेट हुन पाउँ भन्ने प्रार्थना गर्नु भयो र त्यो बेला देखि नै उहाँले पञ्चशीलाई पनि राम्रो संग पालन गर्नु भयो । ( खुनयाय गुरुमां त्यो बेला १८ वर्षकी थिइन )

Looking for an Opportunity to Meet Luangpu

बु.स. २४७८ खुनयाय गुरुमांले ल्हुवं पू वाट पाक नाम भन्ते सम्म पुग्नको लागि आफ्नो आमा र दाई दिदी बहिनीहरु संग बिदा मागी धरबाट निस्कने निर्णय गरी आफ्नो भागमा परेको जमिन अंश भाई भन्तेलाई दिई र आफ्नो सुन चाँदीको औेठी गहनाहरु दिदी बिहिनीहरुलाई दिनु भयो ।

( खुनयाय गुरुमां त्यो बेला २६ वर्षकी थिइन )

          पछि उहाँ बैंककमा आफन्तहरु कहाँ आई बस्नु भयो, र खुन नाय लिएब सिकाञ्चनानन् भन्ते एक धनवान मानिस वाट पाक नाम विहारका एक प्रमुख दाता भई आइरहेको बिसौं वर्ष भैसकेको कुरा पत्ता लगाउँनु भयो ।

          त आफ्नो परिवारको स्तर राम्रो र जीवन सजिलै सुखका साथ विताउँन सकिने, समाजमा मान प्रतिष्ठान भएको परिवारबाट आएतापनि वास्ता नगरी त्यो नाय लिएबको माध्यमबाट वाट पाक नाम विहारमा गई भन्ते संग ध्यान सिकि आफ्नो बुबा परलोकमा कहाँ गएको हो भन्ने कुरा थाहा पाउँने एक मात्र लक्ष्य लिएर त्यस दाताको धरमा नोकरी काम गर्न जानु भयो ।

          उहाँको आफ्नो काम अति नै इमान्दारका साथ गर्नु भएको कारणले गर्दा खुन नाय लिएबले उहाँ गुरुमां साथि पूर्ण विश्वास गरी धन सम्पत्ति जम्मा गर्ने कोठाको रेखदेखमा खुनयायलाई लगाइ दिनु भयो ।

धम्मकाय ज्ञान प्राप्ति, बुबालाई नर्कबाट उद्दार, बुबामा क्षमा याचना

            खुन नाय लिएब आफ्नो धरमा ल्हुवं पू वाट पाक नाम फासी चरण भन्तेका शिष्य खुनयाय थअङ सुख गुरुमांलाई ध्यान भावना सिकाउँनको लागि निमन्त्रणा गर्नु हुन्थ्यो । यसैलाई अवसर बनाएर खुनयाय गुरुमां उहाँ थअङ सुख गुरुमांको राम्रो संग सेवा गर्नु हुन्थ्यो । जसले गर्दा उहाँ थअङ सुख गुरुमां खुसी भई धरका मालिकलाई खुनयाय गुरुमां पनि आएर ध्यान भावना सिक्ने अनुमति दिनु भई आग्रह गर्नु भयो । यस पछि उहाँ खुनयाय गुरुमां जहिले पनि धरको काम छिटो छिटो सकाएर ध्यान अभ्यास गर्न आउँनु हुन्थ्यो र उहाँले ध्यान अभ्यास गर्दा एकदम सच्चा मन दिएर गर्नु हुन्थ्यो । पछि गएर उहाँले धम्मकाय ज्ञान प्राप्त गर्नु भयो । यसरी धम्मकाय ज्ञानमा अझ बढी पारंगत भैसके पछि थअङ सुख गुरुमांले खुनयाय गुरुमांलाई धम्मकाय ज्ञानको प्रयोग गरी परलोकमा आफ्नो बुबहालाई खोज्न जाने तरिका सिकाउँनु भयो । यसरी खुनयाय गुरुमांले धम्मकाय ज्ञान प्राप्त गरेको आनुभावले परलोकमा नर्कमा खसिराखेको आफ्नो बुबालाई त्यहाँबाट उद्दार गरी ल्याई बुबा संग क्षमा याचना पनि गर्नु भयो ।

ल्हुवं पू वाट पाक नाम फासी चरण भन्ते संग पहिलो भेट 

बु.स. २४८१   खुनयाय गुरुमांले आफ्नो मालिक खुन नाय लिएब संग अनुमति मागी एक महिनाको लागि वाट पाक नाम विहारमा ध्यान भावनाको लागि जानु भयो । त्यो बेला थअङ सुख गुरुमांले खुनयाय गुरुमांलाई वाट पाक नाम विहारका प्रमुख ल्हुवं पू सोद चन्दसरो भन्ते कहाँ वन्दना गर्न लैजानु भयो । उहाँ सोद चन्दसरो भन्तेले खुनयाय गुरुमांलाई देख्ने बित्तिकै  “ तिमी आएको ढिला भो ” भनी भन्नु भयो । उहाँले यस्तो भन्नुको कारण खुनयाय गुरुमां संग धम्मकाय ज्ञान सिक्ने क्षमता अति मात्रामा थियो र भन्तेले धेरै समय देखि खुनयाय कहिले आउँछ भनी कुरी बसेको थियो । यसरी उहाँ भन्तेले खुनयाय गुरुमांलाई केही परिक्ष नै नगरी एकै चोटी धम्मकाय ध्यानको उच्च स्तरको अभ्यास गर्ने ठाउँमा पठाइदिनु भयो ।  ( खुनयाय गुरुमां त्यो बेला २९ वर्षकी थिइन )

अनागारिका गुरुमांको प्रव्रज्या र ध्यान अभ्यास

         वाट पाक नाम विहारमा आइ बसेको एक महिना पछि उहाँ खुनयाय थअङ सुख संगै उहाँ पनि अनागारिका गुरुमां हुनु भयो । एकको दिन चर्या धेरै वर्ष सम्म एकै नाशको थियो । विहार भित्र उहाँको जाने ठाउँहरु भनेको नै सुत्ने कोठा, भान्छाधर र ध्यान भावना गर्ने कोठा मात्र थियो । उहाँले आफ्नो सम्पूर्ण जीवन बुद्ध धर्म र धम्मकाय ज्ञानको अध्ययनमा समर्पित गर्नु भयो । साथै ध्यान सिकाउँने कक्षमा उहाँले ध्यान निर्देशन दिई पनि धर्मको सेवा गर्नु भएको छ । उहाँले आफ्नो हर कामकाज हर क्रियापद जस्तै खाने बेला, अनुहार धुने, दाँत माझ्ने, नुहाउँने आदीमा चित्तलाई धर्म संगै राखि अप्रमादी भई बस्न सक्नु हुन्छ ।

 ” खुनयाय जस्तो शिष्य अरु कोही नै छैन “

बु.स. २४८४  डिसिम्बर महिनाको बिचको समय जुन बेला दोस्रो विश्व युद्ध पनि थियो । त्यो बेला ल्हुवं पू भन्तेले २४ औं धण्टा ध्यान भावना गराउँनु हुन्थ्यो । जसमा दिनको समयमा ६ धण्टा र रातको समयमा ६ धण्टा गरी दुई दुई समूहको चार समूह बनाई ध्यान गराउँनु हुन्थ्यो । त्यस समय खुनयाय गुरुमां एकै आसनमा नउठिकनै दिनमा ६ धण्टा र रातमा  ६ धण्टा ध्यान गर्नु हुन्थ्यो । उहाँको यही लगनको कारणले गर्दा नै धम्मकाय ज्ञानमा उहाँ पारंगत हुने गरी सिकि लिनु भयो । यसले गर्दा उहाँलाई त्यस विशेष ध्यान गर्ने समयको समूहको प्रमुख बनाइदिनु भयो र उहाँ आफ्नो प्रमुखताको काम पनि अरु भन्दा अलि विशेष रुपमा गर्नु हुन्थ्यो । आफ्नो समूहको समय सकिसके पनि उहाँ तुरुन्तै आराम गर्न जानु हुन्न थियो । उहाँ नयाँ समूह आई ध्यान बस्न आउँनेहरुको समूहमा पनि उहाँ आधी धण्टा सम्म बसी भन्तेले नयाँ समूहका प्रमुख र अरुलाई कसरी सिकाउँन सुरु गर्नु हुन्छ भन्ने कुरालाई सिकि सके पछि मात्र उहाँ आरामको लागि जानु हुन्थ्यो र यो प्रकृया उहाँले सधै गर्नु हुन्थ्यो । यस कारणले गर्दा नै उहाँमा ज्ञान दर्शन अति नै पारंगत रुपमा थियो । त्यसै कारण ल्हुवं पू वाट पाक नाम भन्तेले जस्तो सुकै काम कुरा सोध्ने वा गराउँने बेला उहाँ खुनयायले सधै एकदम सही संग गर्नु हुन्थ्यो र ठीक संग जवाफ दिनु हुन्थ्यो ।

            खुनयाय गुरुमां भन्नु हुन्छ कि धम्मकाय ज्ञान अनुमानको भरमा हेर्न सकिदैन । यो ज्ञानलाई देख्नु भनेको खुल्ला आँखाले भन्दा पनि प्रष्ट रुपमा देख्ने हुनु पर्छ, होइन भने काम नलाग्ने हुन्छ । सोधिएको प्रश्नको उत्तर दिन नसक्ने हुन्छ । मनको लेन्सलाई बढाएर भन्नाले आफ्नो वरिपरिको सब कुरा देख्न सक्ने र थाहा पाउँने हुनु पर्छ । जुन कि एक साधारण ब्यक्तिले हेर्ने भन्दा माथिको हेराइ हुन्छ । यस प्रकारको ज्ञान पाउँने गरी अभ्यास गर्नु पर्छ ।

          धम्मकाय विद्यामा मन लगाउँनु भनेको चित्तलाई हर समयमा शरीरको केन्द्र बिन्दु स्थिर राख्नु हो । उहाँ जे काम गरे पनि एकदम उत्साह र लगनका साथ गर्ने भएकोले ल्हुवं पू सोद चन्दसरो भन्तेले ध्यान योगीहरुको बीचमा खुनयाय गुरुमांलाई प्रशंसा गर्दै  ” खुनयाय जस्तो शिष्य अरु कोही नै छैन ”   भन्नु भयो ।

ल्हुवे पू भन्तेले सबै शिष्यहरुलाई मिटिनको लागि बोलाउँनु ।

बु.स. २४९७    ल्हुवं पू वाट पाक नाम भन्तेले आफ्ना सम्पूर्ण शिष्यहरुलाई बोलाउँनु भै अबको ५ वर्ष पछि मेरो मृत्यु हुने छ भन्नु हुदै सबै शिष्यहरुलाई धम्मकाय विद्या संसार भरी प्रचार गर्नु भनी भन्नु भयो । यो धम्मकाय विद्याले सबै जनालाई सहयोग गर्न सकिन्छ र यसको धेरै नै फाइदा छ भनी सबलाई भन्नु भएको थियो ।

( खुनयाय गुरुमां त्यो बेला ४५ वर्षकी थिइन )

बु.स. २५०२  ३ फेबुवरी बु.स. २५०२ मा दिउँसो ३ बजे पछि उहाँ ल्हुवं पू वाट पाक नाम भन्ते परलोक हुनु भयो । त्यो दिन देखि नै उहाँका शिष्यहरु सबै आ-आफ्नो बाटो लिदै यता र उता जानु भयो । तर खुनयाय गुरुमां चाही विहार भित्रै एक तिन तल्ले भवनमा थअङ सुख गुरुमांको सेवा गर्दै ध्यान अभ्यास गरी बस्नु भयो ।

( खुनयाय गुरुमां त्यो बेला ५० वर्षकी थिइन )

खुनयाय थअङ सुख साम दयाङ पान गुरुमां विरामी र दाह संस्कार

बु.स. २५०३  खुनयाय थअङ सुख पाठेधरको क्यासर रोगले विरामी हुनु भयो । त्यो बेला राम्रो निको पारि दिने औषधि पाउँनु गाह्रो थियो । र उहाँ थअङ सुख गुरुमांको क्यासरको स्तर अन्तिम थियो । उहाँको शरीरबाट अति नै दुर्गध निस्कने गर्थ्यो । तर खुनयाय गुरुमां भने रत्तिभर पनि घिन नगरी विरामी गुरुमांलाई सफा गरी दिने, जिउ पुछि दिने, लुगाहरु धोई दिने गर्नु हुन्थ्यो । अनि उहाँको शरीरबाट निस्कने दुर्गध ननिस्कियोस् र शिष्यहरु भेट्न आउँदा खेरी दुर्गधता नहोस् उहाँ भेट्ने मान्छेलाई पनि अप्थ्यारो नहोस् भनी सुगन्धित पानी ल्याएर शरीरमा राखि  दिनु हुन्थ्यो । यसरी खुनयाय गुरुमांले थअङ सुख गुरुमांलाई उहाँको अन्तिम समय सम्म नजिकै बसी राम्रो संग सेवा गर्नु भएको थियो । ( खुनयाय गुरुमां त्यो बेला ५१ वर्षकी थिइन )

खुनयाय गुरुमांले आफ्नो उत्कृष्ट शिष्य भेट्नु

          खुनयाय गुरुमांले उहाँ ल्हुवं पू वाट पाक नाम भन्तेले धम्मकाय ज्ञानला संसार भर फैलाउँनु भनी भन्नु भएको कुरालाई सम्झी नै उहँले धम्मकाय ज्ञानलाई संसार भरी फैलाउँने मान्छेको खोजी गर्ने र ल्हुवं पू भन्तेले भनेको झै यो ज्ञानलाई फैलाउँने दायादलाई पर्खिनु पर्ने वा पर्खिनु भयो ।

बु.स. २५०६  मा ल्हुवं फअ् धम्मजयो भन्ते ( फ्रा छयाबुल धम्मजयो ) त्यो बेला कसेत शास्त्र महाविद्यालयमा विद्यार्थी भैरहेको समयमा खुनयाय गुरुमांको मा भई शिष्य बन्न आउँनु भयो । जो संग बुद्धशासनमा अति नै रुचि भएको कारणले गर्दा ध्यान भावनाको अभ्यास सिक्न आउँनु भएको थियो र ध्यानमा पनि छोटो समयमा अवधिमा धेरै राम्रो अनुभव पनि लाभ गरी लिनु भएकोले खुनयाय गुरुमांबाट अरु थप धम्मकाय ज्ञानहरु पनि पाउँनु भयो ।( खुनयाय गुरुमां त्यो बेला ५४ वर्षकी थिइन )

बु.स. २५०९   मा नाय फदेत फअङ सवाद वर्तमानमा ल्हुवं फअ् दत्तजीवो भन्तेले ल्हुवं फअ् धम्मजयो भन्ते संग भेट भयो र ल्हुवं फअ् दत्तजीवो भन्तेमा नर्क र स्वर्गको बारे जिज्ञासा भएको कारणले गर्दा धम्मजयो भन्तेले खुनयाय गुरुमां कहाँ लग्नु भयो र खुनयाय गुरुमांले पनि दत्तजीवो भन्तेलाई एक अर्को शिष्यको रुपमा स्वीकार गर्नु भयो । अनि उहाँ दुबै जना भन्तेले आफ्नो साथि भाईहरु धेरैको संङख्यामा ध्यान अभ्यासको लागि बोलाएर ल्याउँनु हुन्थ्यो ।( खुनयाय गुरुमां त्यो बेला ५७ वर्षकी थिइन )

धर्म प्रसिद्ध भवन

बु.स. २५१०  तिर खुनयाय गुरुमां बिसौं वर्ष सम्म बस्नु भएको धर समय अनुसार पुरानो र बिग्रिदै आयो र ध्यान भावनाको लागि आउँने मान्छेहरु पनि धेरै भएकोले त्यो भवन भरिन्थ्यो । विशेष गरी महिनाको पहिलो आइतवार आउँने मान्छेहरु भरिएको बस्ने ठाउँ सम्म हुदैन थियो । ( खुनयाय गुरुमां त्यो बेला ५८ वर्षकी थिइन )

त्यसै कारण धम्मदयो भन्तेको सकृयतामा सबै अनुयायीहरु मिलि नयाँ भवन बनाउँने विचार गरी धम्मजयो भन्ते आफु सकृय भई चन्दा जम्मा गरी दुई तल्ले नयाँ भवन बनाउँनु भयो र त्यो समयका वाट पाक नाम विहारका उप-प्रमुख भन्ते फ्रा भावना कोशनथेर ( ल्हुवं फअ् लेक ) ले अनुकम्पा राखि धर्म प्रसिद्ध धर भनी नामाकरण गरिदिनु भयो । यसरी खुनयाय गुरुमां बस्नको लागि नयाँ भवन बनाएर वाट पाक नाम विहारलाई दान गर्नु भयो ।

बु.स. २५११   नयाँ धम्म प्रसिद्ध भवनमा पनि पुरानो भवनमा झै ध्यानको लागि आउँने मानिसहरुले भरिदै आयो । दोस्रो तल्लामा नअतिएर भर्याङ हुदै पहिलो तल्लामा भरिदै ढोका सम्म भरिदै भवन बाहिरको मैदान सम्म मान्छेहरु आउँन थाल्यो । विशेष गरी महिनाको पहिलो आइतवार पाइला राख्ने ठाउँ सम्म पनि हुदैन थियो । 

 ( खुनयाय गुरुमां त्यो बेला ५९ वर्षकी थिइन )

ल्हुवं फअ् धम्मजयो भन्तेको उपसम्पदा

बु.स. २५१२   मा धम्मजयो भन्ते सकेतसात महाविद्यालयबाट अर्थशास्त्रमा स्नातक तह उत्तिर्ण गरी सके पछि खुनयाय गुरुमांले हेर्नु भयो कि अब उहाँ संग भौतिक पक्षको ज्ञान पाइसक्यो । अब आध्यात्मिक पक्ष तिरको परियत्ति र पतिपति ज्ञान पनि हुनु पर्छ भन्ने विचार गरी उहाँलाई भन्ते बनाउँने कुरा गरी बु. स. २५१२ अगस्तको २७ तारिकमा वाट पाक नाम विहारको सिमागृहमा फ्रादेव वरवेदी ( सोम देत फ्रा महा राजमंगलाचार्य थाई भिक्षुमहासंघका सल्लाकार र वाट पाक नाम विहारका प्रमुख ) भन्तेको उपज्झायमा भिक्षु धम्मजयोको नाम बाट उपस्पदा प्रव्रज्या हुनु भयो । “ धम्मजयो ” को अर्थ धर्मबाट विजय हुने ब्यक्ति हो ।

( खुनयाय गुरुमां त्यो बेला ६० वर्षकी थिइन )

विहार बनाउँने मनसाय

बु.स. २५१२   धम्मजयो भन्ते प्रव्रजित भएको पहिलो वर्षमा खुनयाय गुरुमां संग ध्यान भावना, धर्म अभ्यास र धम्मकाय ज्ञान प्रचार-प्रसार गर्न एक सुहाउँदै र मिल्ने नयाँ ठाउँ बनाउँने कुरा गर्नु भयो । जुन की खुनयाय गुरुमांको पनि त्यही विचार थियो कि ल्हुवं पू वाट पाक नाम भन्तेले धम्मकाय ज्ञानलाई चारै तिर फैलाउँनु भनी जानु भएकोलाई पूरा गर्न वा सुुरु गर्न नै नयाँ विहार बनाउँने मनसाय गर्नु भयो । 

( खुनयाय गुरुमां त्यो बेला ६० वर्षकी थिइन )

बु.स. २५१२   मा खुन यिङ प्रयाद फ्याएफोङ सुद्धाधिबदीले पथुम थानी अञ्चल, खलङ ल्हुवं जिल्लामा पर्ने १९६ राई ९ तराङवा ( थाई जग्गा नाप अनुसार ) को  जमिन विहार बनाउँनको लागि दान गर्नु भयो ।

( खुनयाय गुरुमां त्यो बेला ६० वर्षकी थिइन )

ल्हुवं दत्तजीवो भन्तेबाट ब्रम्हचर्या जीवन बिताउँने सच्चा संकल्प
बु.स. २५१३  मा दत्तजीवो भन्तेबाट जीवन पर्यन्त ब्रम्हचर्या जीवन बिताउँने संकल्प गर्नु भयो । ( त्यो बेला उहाँ प्रव्रजित भैसकेको थिएन ) अनि खुनयाय गुरुमांले उहाँलाई विहार बनाउँन पाएको जमिन रेखदेख गर्ने र विहार बनाउँने सम्पूर्ण जिम्मा दिनु भई आफु र धम्मजयो भन्ते चाही धम्म प्रसिद्ध भवनमा बसी चन्दा संकलन र धर्म सिकाउँनेमा लाग्नु भयो । विहार जम्मा ३२०० भात ( पैसा रकम ) को बजेतबाट बनाउँन सुरु भएको हो ।          
( खुनयाय गुरुमां त्यो बेला ६१ वर्षकी थिइन )
बुद्ध चक्र ध्यान केन्द्रको सुरुवात

बु.स. २५१३  फेवुवरी २० को माघ पूर्णिमाको दिन धम्मजयो भन्ते, खुनयाय गुरुमां र अनुयायीहरु हातेमालो गर्दै विहार बनाउँन पहिलो पटक जमिन खोटाल्नु भयो । त्यो बेला बुद्ध चक्र ध्यान केन्द्रको रुपमा सुरुवात भएको थियो । यसरी खुनयायले धम्मजयो भन्ते र अनुयायीहरुलाई सम्पूर्ण क्षेत्रमा हौसला दिदै निरन्तर रुपमा सफलताका साथ विहा निर्माण गर्न हात बताउँने काम गर्नु भएको थियो । 

( खुनयाय गुरुमां त्यो बेला ६१ वर्षकी थिइन )

ल्हुवं दत्तजीवो भन्तेको प्रव्रज्या

बु.स. २५१४  डिसिम्बर १९ मा वाट पाक नाम विहारमा उहाँ दत्तजीवो भन्ते उपसम्पदा भई भिक्षु हुनु भयो । भिक्षु भएको एक हप्ता पछि नै खुनयाय गुरुमांले उहाँलाई धर्म देशना गर्ने अभ्यासमा लगाई धर्म देशना गर्न लगाउँनु भयो ।

( खुनयाय गुरुमां त्यो बेला ६२ वर्षकी थिइन )

पहिलो धम्मदायाद कार्यक्रम

बु.स. २५१५ मा युवाजन शक्तिको मानसिक पक्षलाई सकारात्मक रुपमा विकास गरी जीवनलाई उच्च गुणस्तरमा उन्नत्ति गर्ने मनसायले धम्मजयो भन्तेलाई उपासक-उपासिका र युवाहरुमा धर्मको अध्ययन र अभ्यास गराउँने धम्मदायाद कार्यक्रम सुरु गर्ने विचार गर्नु भयो । त्यसमा खुनयाय गुरुमांले पनि यो धर्म सिक्न आउँने समूह पछि गएर धम्मकाय ज्ञानलाई फैलाउँने काममा ठूलो भूमिका हुने विचार गरी ल्हुवं पू वाट पाक नाम भन्तेले भनी जानु भएको कुरालाई पूरा गर्न पहिलो पटक बु. स. २५१५ मा धम्मदायाद उपसम्पदा कार्यक्रम बवाउँनु भयो । त्यो बेला कार्यक्रमको लागि चाहिने कुनै सर-सामानहरु र यहाँ सम्म कि ध्यान भावना गर्ने हल सम्म पनि थिएन  । तैपनि ६० जनाको पहिलो धम्मदायाद कार्यक्रम सुरुवात गर्नु भयो ।

( खुनयाय गुरुमां त्यो बेला ६३ वर्षकी थिइन )

खुनयाय गुरुमां शनिवार र आइतवार दुई दिन विहार बनाउँनेमा सहयोग गर्नु हुन्थ्यो र बाँकी दिन ध्यान सिकाउँथ्यो ।

बु. स. २५१३ – २५१७  धम्मजयो भन्ते वाट पाक नाम विहारमा र खुनयाय धम्म प्रसिद्ध भवनमा बस्नु हुन्थ्यो । दुबै जना शनिवार र आइतवार दुई दिन १९६ राई जग्गामा बनाइ राखेको विहारलाई सहगोग गर्न आउँनु हुन्थ्यो र बाँकी दिन उतै बसी ध्यान भावना सिकाउँनु हुन्थ्यो ।

बु. स. २५१६  मा वर्षावास पछि भन्ते र खुनयायका अनुयायीहरु विशेष गरी विहार बनाउँनमा हातेमालो गरी सगाउँनेहरु वाट पाक नाम विहारबाट बुद्ध चक्र ध्यान केन्द्रमा आइ स्थाई रुपमा बस्नु थाल्नु भयो । र खुनयाय गुरुमां चाही उतै वाट पाक नाम विहार मै बसी यता विहार बनाएको ठाउँको लागि आवश्यक चतु-पच्चयहरु जुताएर पठाइ दिने गर्नु भयो । ( खुनयाय गुरुमां त्यो बेला ६४ वर्षकी थिइन )

खुनयाय गुरुमां बुद्ध चक्र ध्यान केन्द्रमा

बु.स. २५१८   पछि खुनयाय गुरुमां पनि वाट पाक नाम विहारको धम्म प्रसिद्ध भवनबाट बु. स. २५१८ अप्रिल १८ मा बुद्ध चक्र ध्यान केन्द्रमा आएर बस्नु भयो । अनि उहाँले विभिन्न तरिकाको सुहाउँदो नियमहरु बनाउँनु भयो र मन भित्र क्लेश नछिरोस् भनी प्रज्ञाको पर्खाल बनाउँनु पर्ने झै विहारको चारै दिशा तिरबाट नराम्रो मान्छेहरु नछिरोस् भनी सब भन्दा पहिले पर्खाल बनाउँनु लगाउँनु भयो । उहाँ ल्हुवं पू वाट पाक नाम भन्ते संग बसेको बेलाको अनुभवलाई ल्याएर बुद्ध चक्र ध्यान केन्द्रमा नियमहरु बनाउँनु भयो र ति सबै नियमहरुलाई ढुंगामा कुदिएर सबैले देख्ने पढ्ने सकिने ठाउँमा राख्नु भयो । अहिले त्यो नियमको शिला विहारको दावदंग भवनमा रहेको छ । यसरी उहाँले विहारमा काम गर्न सजिलो होस् र काम गर्ने रुपरेखा एकै प्रकारको होस् भनी बिभिन्न विधानहरु क्रमबद्ध रुपमा बनाउँनु भयो ।

          विहार निर्माणमा ध्यान हल र भन्तेहरु बस्ने कोठा (कुटी) केही मात्रामा बनिसके पछि खुनयायले विचार गर्नु भयो कि विहार भर्खर भर्खर बनाउँन सकिएको छ, भन्तेहरु पनि सबै नयाँ नै छन् । त विहारमा आउँने उपासक-उपासिकाहरुलाई गम्भिर रुपमा धर्मको कुराहरु बताउँन अहिले नसकिने अवस्थामा छ, त एक असल धार्मिक ब्यवहार भएको मानिसको रुपमा देखाउँन सकिन्छ भन्ने सोच गरी विहार भित्र सबै कुरामा राम्रो संग ब्यवस्थित रुपमा काम कुरोहरु मिलाइ राख्ने गर्ने गराउँनु भयो । चाहे त्यो सर-सफाईको सामान राख्ने ठाउँ होस्, जुत्ता फुकाल्ने तरिका होस् वा भुई पुछ्ने कपडा नै किन नहोस् । यसरी सबै ब्यवस्थित रुपमा मिलाइ राख्ने गर्दा विहारमा आउँनेहरुले धर्मको कुरा नसुने पनि ठाउँ र सर-सामानहरु ब्यवस्थित राखेको देख्दा मनमा राम्रो र शान्त स्वभाव लिई भएनि धर फर्किन सक्ने हुन्छ ।

वाट फ्रा धम्मकायमा परिवर्तन

“बु.स. २५२४  मा “बुद्ध चक्र ध्यान केन्द्र”बाट  “वाट फ्रा धम्मकाय विहारमा” परिवर्तन भयो ।

( खुनयाय गुरुमां त्यो बेला ७२ वर्षकी थिइन )

२,००० राई ( थाई जग्गा नाप अनुसार ) धम्मकायसाकोन सभा ( अनेक प्रशंस हल )

बु.स. २५२८ तिर   आएर  ध्यान भावना र धर्म अभ्यासको लागि आउँने मानिसहरु क्रमिक रुपमा बृद्धि भएर आएकोले विहारको सुरुको जग्गा १९६ राईमा परालको छाना राखि बनाइएको धम्म हल जसमा १२,००० मानिसहरु बस्न मिल्ने थियो । त्यसबाट नपुगेर धम्मजयो भन्ते, खुनयाय गुरुमां र मुलनिति धम्मकाय समितिको साथै विहारमा आउँने सम्पूर्ण उपासक-उपासिकाहरु मिलि नयाँ धम्महल बनाउँनको लागि म.र.व. सुवफान सथितओङको अधिनमा रहेको २००० भन्दा बढी राई क्षेत्रफलको जग्गा किनि नयाँ धम्महल बनाइयो ।

( खुनयाय गुरुमां त्यो बेला ७६ वर्षकी थिइन )

          पछि गएर विहारमा आउँने मानिसहरुको संङ्ख्यामा अझ बृद्धि हुदै गयो । ठूला केही कार्यक्रम हुदा आउँने मानिसहरु धम्महलबाट बाहिर पाल लगाइ बस्नु पर्ने भयो । त्यस कारण बु. स. २५३९ मा करिब २५० भन्दा बढी राईको क्षेत्रफलमा तिन ताख मानिसहरु अताउँने दुई तल्ले ठूलो भवन बनाइयो । जसमा पहिलो तल्लामा गाडीहरु १०,००० वटा पार्किङ गर्न मिल्ने ठाउँ, बैठक बस्नेको लागि कोठाहरु र चारै दिशामा शौचालय रहेको छ ।

खुनयाय पहिलो पटक कथिन चीवर दाता

बु.स. २५३१ नोवेम्बर ६ तारिकमा खुनयाय गुरुमां पहिलो पटक वाट फ्रा धम्मकाय विहारमा भएको कथिन दानमा दाता हुनु भएको थियो ।

ल्हुवं पू वाट पाक नाम भन्तेको सुनको प्रतिमा निर्माण

बु.स. २५३७  ल्हुवं पू वाट पाक नाम भन्तेमा कृतज्ञ गुण अर्पण गर्ने उद्देश्यले धम्मजयो भन्ते, खुनयाय गुरुमां र अनुयायीहरु मिलि बु.स. २५३७ फेब्रुवरी २५ तारिकमा फ्रा धम्मपञ्ञाबदी ( सोद फ्रा महा राज मंगलाचार्य )को  प्रमुखतामा उहाँ ल्हुवं पू वाट पाक नाम भन्तेको १ तन वा हजार किलो सुनको प्रतिमा बनाइयो । 

( खुनयाय गुरुमां त्यो बेला ८५ वर्षकी थिइन )

महाधम्मकाय चैत्य निर्माण

बु. स. २५३८  मा धम्मजयो भन्ते, खुनयाय गुरुमां र अनुयायीहरु मिलि महाधम्मकाय चैत्य बनाउँन सुरु गरियो । यो चैत्य निर्माण पूरा हुन धेरै वर्ष लागेको थियो । पछि चैत्य बाहिर राखिएको सम्पूर्ण बुद्ध मुर्तिहरु राखि बु. स. २५४२ डिसेन्बर २१ तारिकको दिन महाधम्मकाय चैत्य निर्माण कार्य सम्पन्न भएको थियो ।

( खुनयाय गुरुमां त्यो बेला ८६ वर्षकी थिइन )

खुनयाय गुरुमांको सुनको प्रतिमा निर्माण

बु.स. २५४१ जेनेवरी १ मा धम्मजयो भन्ते र शिष्य अनुयायीहरु मिलि उहाँ खुनयाय गुरुमां कै शरीर बराबरको सुनको प्रतिमा निर्माण गरियो ।  ( खुनयाय गुरुमां त्यो बेला ८९ वर्षकी थिइन )

यसरी आफ्नो गुरुवर आचार्यको शुद्ध सुनको प्रतिमा निर्माण गर्नु उहाँ माथि गरिएको अथाह कृतज्ञ गुणमा पर्न आउँछ र त्यस मुर्तिले पछि सम्म उहाँ हामी संगै भएको आभास दिने, उहाँमा भएको गुणधर्मलाई स्मरण गर्न एक माध्यम हुने र पछि भविष्यमा आउँने अनुयायीहरुले उहाँमा भएको विशेष प्रकारको गुण बारे अध्ययन गरी आफ्नो दैनिक जीवनमा उतारि पुण्य पारमिता गर्नेमा उत्साह जगाउँन सकिने हुन्छ ।

खुनयायको अस्वस्थता

बु. स. २५४१ – २५४३  मा उहाँ खुनयाय गुरुमां अस्वस्थ हुनु भयो र उहाँलाई धेरै मात्रामा आराम गर्नु पर्ने अवस्था आयो । यो समय तिर उहाँ आफ्नो शिष्य अनुयायीहरुलाई ध्यान भावना सिकाउँन सक्ने अवस्थामा थिएन । तैपनि स्वास्थ्यको अस्वस्थताको बावजुत पनि उहाँ सधै नै महाधम्मकाय चैत्य निर्माणको कार्यलाई दिन दिनै निरिक्षण गर्न जानु हुन्थ्यो ।

खनुयायको निधन

बु.स. २५४३ सेप्तेवर १०  बिहान सबेरै ९१ को उमेरमा बृद्धताको कारणले कसेमरासत अस्पतालमा उहाँको निधन भयो ।

खनुयाय गुरुमांको दाह संस्कार

बु.स. २५४५  धम्मजयो भन्ते र शिष्य अनुयायीहरु मिलि बु.स. २५४५ फ्रेबुवरी ३ आइतवारको दिन तिस हजार भन्दा पनि बढी विहारबाट प्रमुख भन्तेहरु एक लाख भन्दा नि बढी भिक्षुमहासंघलाई निमन्त्रणा गरी उहाँहरुको उपस्थितिमा खुनयाय उपासिका चानखोन नोकयुङ गुरुमांलाई धम्मकाय विहारम दाह संस्कार सम्पन्न भयो ।

खुनयाय आचार्य महारत्न उपासिका चानखोन नोकयुङ महाविहार

उहाँ एक अति पूजनीय ब्यक्ति हुनु हुन्छ । जो वाट फ्रा धम्मकाय विहारका स्थापिकाको साथै, तथागत बुद्धको ज्ञानलाई ल्याएर शिष्य अनुयायीहरुको शरीर वचन र मनलाई सकारात्मक पक्ष तिर विकास गर्ने अभिप्रायले धर्मका कुरा र ध्यान भावना गराई पुण्य पारमिता गर्नुमा आफ्नो पूर्ण जीवन समर्पित पनि गर्नु भएको छ । त्यसेले धम्मजयो भन्ते र गुरुमांका अनुयायीहरु मिलि विहारको पहिलो सुरु गरेको जग्गामा पहेको पोखरीको बिचमा खुनयाय आचार्य महारत्न उपासिका चानखोन नोकयुङ महाविहार बनाइ त्यस भित्र उहाँको सुनको प्रतिमा राख्ने र उहाँले बुद्धशासन चिरस्थाईको लागि गर्नु भएको योगदान र उहाँमा भएको शुद्ध गुणधर्मलाई सम्मान गर्न छढकोणको आकारमा पिरामिड भवन बनाइएको हो । पछि सम्म पनि त्यस ठाउँमा गई उहाँले झै नै पूर्ण लगन र वीर्यका साथ कुशल कर्म गर्नेमा उत्साह र मनोबल प्राप्त गर्न सकोस् र उहाँको प्रतिमाको दर्शन गरी सबै प्राणिहरुलाई सुख शान्ति मिलोस भनी,

बु.स. २५४५ मार्च १४ मा निर्माण सुरु गरी बु. स. २५४६ सेप्तेम्बर १० मा उहाँ खुनयाय आचार्य महारत्न उपासिका चानखोन नोकयुङ गुरुमांको सुनको प्रतिमा स्थापना गरियो । 

खुनयाय आचार्य महारत्न उपासिका चानखोन नोकयुङ भन्छाधर

बु. स. २५४६ मा खुनयाय गुरुमांको एक अति महत्त्व पूर्ण प्रार्थमा कि विहारका सबै भिक्षु श्रामणेरहरुलाई दिनहुँ जलपान भोजन विहार मै दान गर्ने थियो । जसले गर्दा भन्तेहरु भोजनको लागि बाहिर जानु नपरोस् सजिलै विहार मै भोजन प्राप्त गरी बाँकी समय धर्मको अध्ययन र विहारमा आउंँने उपासक-उपासिकाहरुलाई धर्म सिकाउँने काममा लाग्न सकोस् भन्ने प्रार्थनालाई पूरा गर्न बु.स. २५४६ जेनेवरी ५ आइतवारको दिनमा उहाँ कै नाममा भान्छाधर निर्माण कार्य सुरु गरियो । यसरी निर्माण पछि बु.स. २५४७ जुलाई ३१ शनिवारको दिन देखि भान्छाधर प्रयोगमा ल्याइयो । यो भान्छाधर ३२००० सक्वार मिटरमा फैलिएको छ र यहाँ ६००० भन्तेहरु एकै साथ बसी भोजन गर्न सकिन्छ ।

खुनयाय आचार्य महारत्न उपासिका चानखोन नोकयुङ एक सय वर्ष भवन

बु.स. २५५२  खुनयाय गुरुमांको १०० वर्षको जन्म जयन्तीको अवसरमा धम्मजयो भन्ते र उहाँका अनुयायीहरु मिलि गुरुमांमा कृतज्ञता ब्यक्त गर्न यो भवन बनाइएको हो ।

यो खुनयाय १०० वर्ष भवन अहिलेको आधुनिक समय अनुसार गोलो पृथ्वीको आकारमा बनाइएको छ । यो भवनमा उहाँ गुरुमांले विहारको लागि तयार गर्नु भएको सफा र ब्यवस्थितता अनुसार राखिएको छ । यो भवन विशेष गरी बुद्ध धर्म र धम्मकाय ज्ञान संसार भरी फैलाई सम्पूर्ण बौद्ध सं-संस्थाहरु संग मिलि अतीत वर्तमान र भविष्य सम्म राम्रो सम्बन्ध राखि शासनिक काम गर्ने मुख्य उद्देश्यले बनाइएको हो । ताकि पर पर सम्म बुद्धका शिक्षा राम्रो र सुब्यवस्थित तरिकाले फैलियोस् ।

उहाँ खुनयाय गुरुमां पुण्य पारमिता गर्ने काममा एक असल उदाहरणीय ब्यक्ति हुनु हुन्छ । पुण्य पारमिता सञ्चय गर्नेमा उहाँले आफ्नो जीवन नै दाउँमा लगाउँनु हुने ब्यक्ति हुनु हुन्छ । वाट फ्रा धम्मकाय विहारका स्थापिका उहाँ गुरुमां धम्मकाय विहारको हर एक सफलताको मुख्य श्रोत हुनु हुन्छ ।

उहाँको हर एक बोलि वचन र कार्य एकदम परिशुद्ध भएको कुरा उहाँको काम गर्ने तरिकाले प्रमाणित गर्दछ । हर एक कामलाई उहाँ अति प्रणितका साथ गर्नु हुन्छ  र धर्म आचरणमा पनि उहाँ अति नै उच्च हुनु हुन्छ । पढ्न लेख्न नजान्ने उहाँ बुद्ध धर्मको अभ्यास गर्नेमा एकदम पारंगत हुनु हुन्छ । त्यसैले उहाँ ध्यान भावनामा एकदम पारंगत हुनु हुन्छ । उहाँले धर्म अभ्यास गर्नेमा कुनै बाहाना गर्नु हुन्न थियो । त्यसैले बुद्धले दिनु भएको हरएक ज्ञानले पारंगत हुनु हुन्थ्यो । उहाँको जीवनी एकदम सुन्दर र सफा थियो । त्यसै कारण उहाँ सम्पूर्ण देवता मानिस र सबै प्राणिहरुबाट अति उच्च पूजाको लायक अति आदर गौरव गर्न लायक अति नै महागुणधर्मले भरिएको उहाँ खुनयाय आचार्य महारत्न उपासिका चानखोन नोकयुङ महापूजणीय गुरुवर हुनु हुन्छ ।