धम्मकाय ज्ञान पुनःपत्ता गरिएको दिन ( धम्मकाय गुरु दिवस )

ह्लुवं पू वाट पाक नाम भन्ते जो भगवान बुद्धले साच्चैको बुद्धत्त्व प्राप्त गरिएको हो भन्ने कुरामा प्रामण दिन मिल्नेमा एक हुनु हुन्छ ।

            बुद्ध सम्बत् २४४९ सालमा सोद मी क्याउ नअयि भन्ने २२ वर्षको एक युवक बुद्ध शासनमा प्रव्रजित हुने मन लिएर थाइल्याण्डको सुफाम बुरी अञ्चलमा अवस्थित वाट सअङ फि नअङमा उपस्पदा भिक्षु सोदचन्द सरो हुनु भयो । भिक्षु भैसके पछि तत्काल दोस्रो दिन देखि नै उहाँले परियत्ति शिक्षा र ध्यान भावनाको अभ्यासलाई निरन्तरता दिनु भयो । बुझ्ने र सिक्ने बानी भएको कारणले एक न एक दिन भगवान बुद्धले बुझि लिनु भएको ज्ञानलाई बुझि लिने उद्देश्यका साथ उहाँ सधै नै विभिन्न गुरु आचार्यहरुबाट ग्रन्थ र विपस्सनाका विषय वस्तुहरु सिक्ने मौका खोजि रहन्थ्यो । तर भिक्षु जीवनको ११ औं वर्ष सम्म पुग्दा पनि उहाँले राख्नु भएको उद्देश्यलाई पूरा गर्नु सक्नु भएको थिएन ।

            यसरी उहाँ ३३ वर्षको उमेरमा नोन्थबुरी अञ्चलको बाङखु वियङ जिल्लामा अवस्थित वाट बोटबोन विहारमा बुद्ध सम्बत् २४६०, १० महिनाको पूर्णिमाको दिन ( बुद्ध सम्वत् को पात्र अनुसार ) आफ्नो जीवनलाई नै दाँउमा राखि, जब सम्म तथागत भगवान बुद्धले प्राप्त गर्नु भएको ज्ञानलाई प्राप्त गर्ने छैन । तब सम्म ध्यान गरी बस्ने छुँ भनी सत्य वचनबाट अधिष्ठान गरी ध्यान भावना गर्नु भयो । अनि विस्तारै उहाँको चित्त एकाग्र भई बोधिज्ञानको पहिलो मार्ग हुदै चित्तलाई देख्नु भयो यसरी चित्त माथिको अर्को चित्तलाई देख्दै आफु भित्र रहेको विभिन्न शरीरलाई देख्दै अन्तमा धर्मको शरीर सम्म फेला पारी त्यही रातमा उहाँले धम्मकाय प्राप्त गर्नु भयो ।

            यो कुराले उहाँ फ्रा देज फ्रा खुन ह्लुवं पू वाट पाक नाम सोद चन्दसरो भन्ते हामी सबैले सहि तरिकाबाट ध्यान र धर्मको अभ्यास गर्यौं भने जो कोहीले पनि जति सुकै समयमा छोटो वा लामो होस्, भगवान बुद्धको धर्मलाई हामी आफु स्वयमले नै प्राप्त गरी लिन सकिन्छ, भन्ने एक प्रमाणको रुपमा लिन सकिन्छ ।

धम्मकाय प्राप्त दिन

            बुद्ध सम्बत् २४६०, १० महिनाको पूर्णिमाको दिन ( बुद्ध सम्वत् को पात्र अनुसार ) भिक्षु सोदचन्द सरो विहान भिक्षाटनबाट फर्निनु भई सके पछि लगभग ८ बजेर केही मिनेटको समयमा उपोसथागार ( सिमागृह ) भित्र भई जब सम्म भोजनको लागि घण्टी बज्ने छैन । तब सम्म ध्यान भावनाबाट उठ्ने छैन भनी अधिष्ठान गरी “ सम्मा अरहं ” को गाथा संगै भावना गर्नु भयो । यसरी भावनाको क्रममा उहाँमा दुःख वेदना यसरी आयो कि शरीरको हड्डी अहिले नै विस्पोट हुने झै दुखाईको क्रम अति नै भयो । यसरी उहाँले गर्नु भएको अधिष्ठानलाई पूरा गर्न नसकिएला जस्तो अवस्था सम्म दुख्न थाल्यो । अनि चित्तमा एक प्रकारको घबराट वा चिन्तन हुन थाल्यो कि,

            “ ए… के भएको पहिले यसरी वेदना त आएको थिएन, तर आज जब भोजनको घण्टी नबजुन्जेल ध्यान आसनबाट उठ्ने छैन भनी सत्य अधिष्ठान गरि सके पछि यस्तो बिग्न चित्त नै खलबलीने गरी पहिले-पहिलेको ध्यान भावना भन्दा अलग्गै अनुभव आएको । कहिले मात्र भोजनको घण्टी बज्ने हो । ”

            त्यसको बारे जति सोच्न थाल्यो । उहाँको चित्त त्यत्ति नै डगमगाउँन थाल्यो । जसले गर्दा ध्यानबाट उठौं भन्ने विचार धेरै पटक आयो । तर पनि आफुले गरेको त्यो सत्य अधिष्ठानलाई सम्झि उहाँले सहेर आफ्नो ध्यान भावनालाई निरन्तरता दिदै जानु भयो र अन्तमा विस्तारै उहाँको चित्त एकाग्र भई चित्त एक ठाउँमा स्थिर भई चित्तलाई अण्डाको पहेलो भाग जस्तो आकारमा देख्नु भयो । अनि पहिलेको त्यो दुखाईहरु पनि हराई गयो र एक प्रकारले ब्याख्या गर्न नसकिने प्रीति सुखको अनुभव भयो र त्यही समयमा भोजनको घण्टी पनि बज्यो ।

            त्यो दिन उहाँ दिन भर खुसी हुनु हुन्थ्यो । विहान देखिएको सानो प्रकाश उहाँको शरीरको केन्द्र विन्दुमा हर समय रहिरहेको थियो । र त्यो दिन  उहाँ आफ्ना साथी भन्तेहरुसंग उपोसथगारमा गई प्रातिमोक्ष पाठ गरी सके पछि साँझको समयमा फेरी एक्लै उपोसथागारमा गई यस प्रकारले सत्य अधिष्ठान गर्नु भयो कि,

             “ मेरो शरीरमा भएको सारा रगत सुकेर हाड र छाला मात्र बाँकी रहे पनि जब सम्म भगवान बुद्धले प्राप्त गर्नु भएको ज्ञान हासिल गर्ने छैन यो ध्यान आसनबाट उठ्ने छैन भनी ध्यान भावनामा बस्नु भयो । ”

यसरी अधिष्ठान गरी बसी सके पछि भगवान बुद्धलाई सम्झि आशिर्वादको रुपमा भन्नु भयो कि,

            “ तथागत शास्ता, यदि मैले पनि तथागतले लाभ गर्नु भएको ज्ञानलाई लाभ गर्यो भने शासनको लागि हानी हुने रहेछ भने म त्यो ज्ञानलाई प्राप्त गर्न असमर्थ होउ होइन यदि मैले त्यो ज्ञान लाभ गर्यो भने शासनको लागि हित हुने हो भने ,अनुकम्पाका राखि तथागतले लाभ गर्नु भएको ज्ञानलाई सजिलै र छिट्टै लाभ गर्न सक्ने होउ । म जीवन भर तथागतको शासन सत्य हो भनी प्रमाणित गर्ने वकिल झै प्रमाणहरु दिदै जीवन विताउँने छुँ ।”

धम्मकाय विद्या फेला दिन 

            यसरी उहाँले प्रार्थना गरी सके पछि ध्यान भावनामा बस्नु भयो र उहाँ बसी रहनु भएको ठाउँ कमिला देख्नु भयो र त्यसले आफुलाई केही नगरोस भन्न कमिलाको वरिपरि तेलको घेरा लगाउँन खोज्यो र आदि सम्म घेरा लगाई सके पछि मैले बुद्धले प्राप्त गरेको ज्ञान प्राप्त गर्न सारा जीवननै अर्पण गर्छु भनी बसी सके पछि फेरी किन यो सानो कमिला संग डराई बस्ने भनी त्यसलाई उपेक्षा भाव राखि ध्यान भावनामा नै आफुलाई लगाउँनु भयो र त्यो दिनको मध्य रातको समयमा उहाँले सानो अण्डाको पहेलो भाग जत्रो चित्तलाई देख्नु भयो । जुन कि विहार भोजन अगाडी देखि नै उहाँको शरीरको केन्द्र विन्दुमा नै रहि रहेको थियो । जति हेर्यो त्यति नै प्रकाशमान हुदै सुर्यको आकार झै ठूलो हुदै आयो र अति नै प्रकाशमान भै बस्यो । अनि अब पछि को गर्ने भन्ने कुराको जानकारी उहाँमा थिएन । किनकि पहिले जहाँ पनि उहाँले ध्यान अभ्यास सिक्नु भएको हो । कुनै पनि ठाउँमा यस प्रकाश अनुभव आएको थिएन र अभ्यास पनि गराएको थिएन ।

            यसरी चित्त त्यस ठाउँमा स्थिर भई रहेको बेलामा त्यो प्रकाशमय बाट “ मज्झिमा पतिपदा ”  भन्ने आवाज निस्कियो । त्यो आवाज निस्कदा पहिलेको प्रकाशमय भित्रबाट  ठिक बिचमा अर्को प्रकाश उत्पन्न भएको अनुभव भयो । जुन कि पहिलेको भन्दा अझ प्रकाशमय थियो । यसरी पछि आएको प्रकाशलाई हेर्दै जाँदा पहिलेको प्रकाशको ठिक बिचमा रहेको देख्नु भयो र अब पछि के हुन्छ भनी हेर्दै जानु भयो ।

            यसरी त्यो प्रकाश विस्तारै ठूलो भई आउँने र पहिलेको प्रकाश हराएर फेरी त्यसको ठाउँमा नयाँ प्रकाश उत्पन्न हुने र पहिलेको भन्दा ठूलो हुने क्रम निरन्तर रुपमा भई आई रहयो । अनि अन्तमा उहाँले आफु भित्र विभिन्न कायहरु देख्न थाल्यो । अनि सब भन्दा पछाडी धम्मकाय सम्म पनि देख्नु भयो । जसको शिरमा कमलको फूल रहेको अति नै प्रकाशमान र परिशुद्धको धम्मकाय देख्नु भयो र कहिले नै अनुभव नगरेको अति नै प्रीति सुखको अनुभव गरी यसरी भन्यो भयो कि,

“ अह… यस्तो गाह्रो पो रहेछ त्यसैले लाभ गर्न नसकिराखे, देख्ने, स्मरण गर्ने, विचार गर्ने र थाहा पाउँने सबै एकै ठाउँमा आएर रहनु पर्ने रहेछ । यसरी एकै ठाउँमा आई बसि सके पछि क्लेश निभ्ने  रहेछ, निभे पछि मात्र उत्पन्न हुने रहेछ । ननिभेको खण्डमा उत्पन्न नहुने यो साचिक्कैको रहेछ । यदि नखोजेको भए कहिले पनि नभेटाउँने रहेछ । ”  

            यसरी विज्जा धम्मकायलाई फेला पारि सके पछि, तथागत बुद्धले प्राप्त गर्नु भएको ज्ञान अति नै गम्भिर ज्ञान मैले पनि प्राप्त गरे भनी यस प्रकार ब्यक्त गर्नु भयो,

            “ गम्भिरोचायं धर्म यति सम्म गहिरो छ भनेर कसले विचार गर्ला र ? यदि हामी खाली विचारै मात्र गरि राख्ने हो भने धर्म सम्म पुग्ने छैन । यो धर्म सम्म पुग्नको लागि जागरुकता भई विचार र कार्यलाई एकै ठाउँमा राखि अभ्यास गर्नु पर्ने हुन्छ । यसरी अभ्यास गरी एकै ठाउँमा रोक्न सकि चित्तलाई देख्न सक्यौं भने क्लेशलाई निभाउँन सकिन्छ । क्लेश निभ्यो भने प्रज्ञा उत्पन्न हुन्छ । तपाई हामी सबले यो साँचोलाई अनुभव गर्न सक्छौं । ”

उहाँको अनुयायी भई धम्मकाय प्राप्त गर्नेहरु

            यसरी धम्मकाय प्राप्त पछि पश्चात उहाँ अर्को ३० मिनेट सम्म ध्यान भावनालाई नै निरन्तरता दिदाँ ध्यान भावनामा उहाँले वाट बाङ प्लालाई देख्नु भयो । उहाँ त्यो विहारमा बसि राख्नु भएको देख्नु भयो । र विचार गर्नु भयो कि देख्न गाह्रो यस्तो धर्मलाई देख्न सक्ने, बुझ्न सक्ने क्षमता भएका मानिसहरु त्यहा होला । त्यसैले त्यस विहार मेरो ध्यानमा आयो भनी सोच्नु भयो ।

            त्यस समय देखि उहाँले आफ्नो सारा जीवन ध्यान भावना गर्नमा नै समर्पित गरी धर्मको उच्च स्थान सम्म खोज गर्ने काममा लाग्नु भयो । जति खोज गर्नु भयो त्यति नै गम्भिर र उच्च धर्म उहाँले भेटाउँनु भयो । यसरी उहाँले महिना भन्दा बढी सम्म अभ्यास गर्नु भई कथिन चीवर दान कार्य सकिसके पछि वाट बाङ खु वियङका विहार प्रमुख भन्ते संग बिदा लिएर वाट बाङ प्ला विहारमा जानु भयो जहाँ पहिले नै त्यहाँको मान्छेले यो ज्ञान सिक्न सक्छ भन्ने कुरा देख्नु भएको थियो । उहाँ वाट बाङ प्ला विहारमा ४ महिना सम्म भिक्षु ब्यान, भिक्षु सांगवान र भिक्षु उवम गरी ३ जना भन्तेहरु र अरु ४ जना गृहस्थहरु गरी जम्मा ७ जनालाई पहिलो पटक धम्मकाय ज्ञानको बारे उपदेश दिनु भएको थियो ।

वाट पाक नाम विहारमा प्रमुख भन्तेको रुपमा

            ह्लुवं पू वाट पाक नाम फासी चरण वा कोही उहाँलाई ह्लुवं फअ् वाट पाक नाम भनी  धेरै संङ्ख्याबाट उपासक-उपासिकाहरुले चिनिन्थ्यो र  श्रद्धा गरिन्थ्यो । किनकि बुद्ध सम्बत् २४५९ देखि उहाँले त्यस विहारको सम्पूर्ण जिम्मेवार भार गर्ने गरिएको थियो र पछि बुद्ध सम्बत् २४६३ – २५०२ सम्म उहाँ विहार प्रमुख भई बस्नु भएको थियो ।

            उहाँ विहार प्रमुख हुन आउँनु भन्दा पहिले विहार एक दम दयिनीय रुपमा थियो ष पछि उहाँले विहारलाई विकास गर्ने क्रममा सब भन्दा पहिले मानिसहरुलाई धर्मको अभ्यास गराउँनु भयो । श्रामणेर भिक्षुहरुलाई पनि धर्म र विनयमा राम्रो संग राख्नु भयो र साथमा समथ र विपस्सना ध्यानबाट पनि कर्मस्थान गर्नु भयो । त्यसको लागि उहाँले बुद्धानुस्मृति भावनाको प्रयोग गर्नु भयो । जसको अर्थ बुद्धको गुणलाई निरन्तर रुपमा स्मरण गर्दै जाने हो ।

            ध्यान भावनाको अभ्यासमा उहाँले “ सम्मा अरहं ” को गाथा संगै चित्तलाई शरीरको केन्द्र विन्दु ( नाभीको दुई औंला माथि ) मा राख्ने भनि सिकाउँनु भयो । “ सम्मा अरहं ” को अर्थ स्वयम आफ्नै प्रयासबाट अरहन्त ज्ञान प्राप्त गर्नु भएको । बुद्धानुसति बुद्धको गुणलाई स्मरण गर्दै गरिने ध्यानको फल, लाभ अति नै रहेको छ भनी उहाँले यसरी ब्याख्या गर्नु भएको छ कि बुद्ध गुणको स्मरण गर्नाले एक प्रकारको धर्म हो जसले चित्तलाई बिउज्झाइ दिन्छ, चित्तलाई शुद्ध गरि दिन्छ, मानसिक बल बृद्धि गरि दिन्छ, धर्म अभ्यास गर्ने क्रमलाई दृढ बलियो गराइ दिन्छ ।

            ध्यान अभ्यास गराउँनुको अलावा उहाँले परियत्ति र पाली भाषाको अध्ययनलाई पनि धेरै महत्त्व दिएर त्यो समय अनुसारको सब भन्दा आधुनिक तरिकाले उहाँले परियत्ति र पाली अध्ययन गर्ने स्कूल पनि तयार गरिएको थियो । यसरी वाट पाक नाम विहार एक पछि अर्को गर्दै विकास हुदै आयो । र साथमा धेरै मात्रामा उपासक-उपासिकाहरु र प्रव्रजितहरु भएको विहार थियो ।

बुद्ध शासनमा ह्वुवं पू वाट पाक नाम भन्तेको महत्त्व

            “ धम्मकाय ” शब्द एकदम महत्त्वपूर्ण र यो शब्द थेरवाद र महायानको ग्रन्थमा धेरै ठाउँमा पनि उल्लेख गरिएको छ ।

            आदिजेन सुत्र पिटकको दीघ निकायमा रहेको पाटिवर्गमा यसरी भनिएको छ कि, तथागतस्स हेतं वासेट्ठा अधिवचनं धम्मकायो इतिपि… “ हे वासेट्ठा धम्मकाय भनेको… नै तथागतको नाम हो । ”

            धम्मकायको अर्थ राम्रो संग धेरै ठाउँमा बुझ्ने गरी समय परिस्थिति अनुसार भनिएको भए तापनि कसैले साँचो रुपमा यसलाई अर्थ्याउन सकेको थिएन ।

            जब बुद्ध सम्बत् २४६०, १० औं महिनामा, त्रिपिटक र अन्य विभिन्न पुराना ग्रन्थहरुमा धम्मकाय शब्दको अर्थलाई यत्र तत्र गरी छरिएकोलाई ह्लुवं पू वाट पाक नाम भन्तेले आफै धम्मकायलाई प्राप्त गरिएको उहाँ पछिको युगमा धम्मकाय विद्यालाई पुन सुरु गर्ने पुनःकर्ता भन्न सकिन्छ ।

            ह्वुवं पू वाट पाक नाम ( ह्वुवं पू सोद ) ले ध्यान भावना प्रथालाई एक दम स-विस्तारै क्रमबद्ध रुपमा प्रष्ट संग सिकाउँनु भएको छ । यसमा पहिलो तह देखि उच्च तह सम्म सजिलै धर्म प्राप्त गर्न सकिने पनि भएको छ । र साथमा यसलाई अभ्यास गरी फल प्राप्त गर्नेहुरु पनि छन् ।

            उहाँले ध्यान भावना सिकाउँने तरिका यति सम्म सहनीय र प्रख्खात रुपमा देश विदेश सम्म पनि फैलियो कि त्यस प्रकारले धर्मको प्रचार भएको इतिहास अहिले सम्म थाइल्याण्डको भिक्षुसंघमा  देखेको थिएन । जसले गर्दा विदेशीहरु पनि वाट पाक नाम विहारमा आई प्रव्रजित हुन सम्म पनि आएको थियो ।

            धम्मकायको प्राप्ति पछि उहाँले एकदम सत्य रुपमा त्यसको प्रचार-प्रसार गर्नु भयो । यति मात्र नभई उहाँले आफ्नो विशिष्ट शिष्यहरुलाई यो विज्जा धम्मकाय संसारका सबै मानिसहरु सम्म पुर्याउँनु भनि जिम्मा पनि दिनु भएको थियो ।

विद्या धम्मकायका पुनःखोज कर्ता भन्तेको स्मरण

            वर्षको १० औं महिनाको पूर्णिमाको दिन धम्मकाय विद्यालाई पुनःखोज गर्नु भएकोले त्यसै दिनलाई “ धम्मकाय विद्या फेला पारिएको दिन ” भनी उहाँ ह्लुवं पूका स्वदेश र विदेशमा रहेका शिष्यहरु विभिन्न पुण्य कार्य गरी धम्मकाय विद्यालाई पुन हाम्रो सामु सजिलै अभ्यास गर्नको लागि फेला पारी दिनु भएका उहाँ भन्तेको योगदानलाई सम्झि पूजा नमन गर्ने गरिन्छ ।

            यो वर्ष धम्मकाय विद्या प्राप्त गर्नु भएको दिन २१ सेप्टेम्बर बुद्ध सम्बत् २५६४ ( २०७८ असोज ५ गते )  मा परेको छ । र यस वाट फ्रा धम्मकाय विहारले zoom बाट देश र विदेशबाट भिक्षुसंघहरुलाई निमन्त्रणा गरी उहाँमा कृतज्ञता ब्यक्त गर्न परित्राण पाठ र संसारका सबै मानिसहरुलाई विभिन्न भय अन्तरायबाट मुक्त जीवन मिलोस् भनी हुन लागेको  कुशल पुण्यकार्यक्रममा हामी उहाँका सबै शिष्यहरुबाट तपाईलाई पनि सहभागी हुनको लागि विनम्र अनुरोध गर्दछौं ।      

धम्मकाय विद्याको निरन्तर प्रचार

            उहाँ  ह्लुवं पू वाट पाक नाम भन्तेको मरण पश्चात उहाँको उत्कृष्ट शिष्य खनुयाय चान खोन नोकयुङले सर्व साधारणलाई ध्यान सिकाउँन थालेकोमा एक शिष्य थियो । धम्मजयो भन्ते त्यो सुरुमा ध्यान सिक्दा खेरी उहाँ धम्मजयो भन्ते एक विद्यार्थी थियो । खुनयाय संग ध्यान बस्दै जादाँ पछि धम्मजयो भन्तेले पनि गुरुले झै धम्मकाय प्राप्तगर्नु भयो ।

            धम्मजयो भन्ते ध्यान भावनाबाट प्राप्त भएको सुख र त्यस धम्मकाय विद्यालाई निरन्तर रुपमा अगाडी फैलाउँदै लैजाओस् भन्ने ह्लुवं पू वाट पाक नाम भन्ते इच्छालाई उहाँ धम्मजयो भन्ते आफ्नो जीवनको दृढ संकल्प र लक्ष्य बनाउँनु भई संसारका सबै मानिसहरुले प्रार्थना गरिएको आन्तरिक सुख प्राप्त गरुन् भन्ने चाहना राख्नु भयो ।

            यही महान् उद्देश्यका साथ वाट फ्रा धम्मकाय विहारले मानिसहरुलाई ध्यान भावना सिकाउँनेमा नै जोड दिनु भयो । जुन अतीत देखि अहिले सम्म चल्दै आइरहेको पनि छ । जुन विश्व शान्ति एक सुरुवाट पनि हो ।