ल्हुवं फअ् दत्तजीवो भन्तेका शिक्षा

 राम्रो असल बानी अभ्यास गर्ने तरिका 

बानी भनेको के हो ?

          कस्तोलाई बानी भन्ने, जुन काम कुरो बारबार गरिन्छ, कति सम्म बारबार त भन्दा विहान देखि राति सम्म सानोबाट सुरु भई बृद्धि हुँदै आउँने केही भएर एक दिन पनि गरेर भने मन आकुल ब्याकुल हुने, असन्तुष्ट हुने भयो भने त्यो हाम्रो बानी बनिसकेको हुन्छ ।

          प्रष्टका साथ भनौं भने “ जुन काम कुरो बारबार गरी हामी त्यसमा टाँसियौं भने बानी भयो यदि टासिएन भने त भै हाल्यो । ” टासिएको न नटासिएको कसरी थाहा पाउँने त भन्दा  “ यदि त्यो काम कुरो गरिएन भने असन्तुष्ट भै मन आकुल ब्याकुल हुने भयो भने त्यो नै टाँसिएको हो । ”

        यदि नराम्रो बाटो तिर टाँसिएको खण्डमा त्यसबाट अलग्गीनु नै पर्छ । किनकि त्यो अकुशल कर्म हो, जसले सुगति र निर्वाणको बाटो बन्द गरिदिन्छ । यदि त्यस्तोबाट छुटिएन भने बिनाश तिर अगि बढ्ने हुन्छ । जस्तै जाँड-रक्सी खाने बानी, सुरापान गर्ने बानी र झुठो बोल्ने बानी आदि ।

बानीले नै मानिसलाई कुशल र अकुशल गर्न निर्देशन दिन्छ ।

          जसको आमा बुबाले सानै देखि राम्रो बानीको अभ्यास गराएको हुन्छ । ऊँ सानै देखि जुन कुरा अकुशल हो त्यो चाहदैन र गर्दैन । यसरी असल आमा बुबा पाएकोले अकुशल गरिएन त्यो राम्रो भयो । तर कोही-कोहीका आमा बुबालाई बच्चाहरुको भरण पोषणको लागि काम काजमा बढी समय दिनु पर्ने भएकोले बच्चाहरुलाई समय दिन नसक्ने कारणले बच्चाहरु आफु एक्लै रहनु पर्ने हुन्छ । जसले गर्दा उनीहरुलाई असल कुराहरु सिकाउँने नभएकोले ती बच्चाहरुमा खराब बानी टाँसिएर आउँन सक्छ । यसरी ती खराब बानी पछि गएर ठूलो रुप लिई अति नै ठूलो अपराध सम्म पनि गर्न पुग्ने हुन्छ ।

२४ अगस्त २५६२

राम्रो कुशल कार्मलाई बारबार दोहर्याइ गर्नु

          असल बानी भन्नाले कुशल काम कुरोहरुलाई सही तरिकाले भविष्यमा आउँन सक्ने भयहरुलाई नि विचार गरी  आफुमा लत लाग्ने गरी बारबार गर्नु हो ।

          आइ नपुगेको भयहरुमा पनि सावधान हुनु पर्छ । राम्रो संग बारबार विचार गरी त्यो कामले पछिका दिनमा भय हुने छैन भने गर्दा हुन्छ । जानी राख्नु कुनै काम गर्दा पछिका दिनमा मन दुखाई पश्चाताप गर्नु नपार्ने काम हो भने त्यो पक्का कुशल काम हो । यदि कुनै काम गर्दा पछिका दिनमा मन दुखाई पश्चाताप गर्नु पर्ने छ भने त्यो काम पक्का नै अकुशल हो ।

८ अगस्त २५६२

बानी नै असल काम गर्ने क्षमता दिलाउँने औजार हो ।

          राम्रो स्वभाव, विनम्रता, स्वच्छ मन र इमान्दार भएकाहरुले आफ्नो ज्ञान र क्षमतालाई सकारात्मक रचनाहरु गर्ने गरिन्छ भने जो संग खराव बानी, अल्छीपन, स्वार्थी र लापरवाही छन् उसले आफ्नो ज्ञान र क्षमतालाई विनाशकारी तर्फ लगाउँदछ ।

 

बानी नै मानिसहरुको विनाश र उन्नतिको मुख्य आधार हो ।

          मानिसहरु धनी-गरिब होस्, ठूला आमा बुबाहरु वा सम्पन्न परिवारमा जन्मियोस् वा अभाव परिवार । जस्तो सुकै ठाउँ देश नै किन नहोस् यदि असल बानी भएको खण्डमा उन्नति नै हुन्छ । यो असल बानीको एक ऋद्धि हो ।

यसको ठिक विपरित जहाँ सुकै भएतापनि जस्तो सुकै परिवारमा भएतापनि यदि मानिसमा खराब बानी छ भने त्यो ठाउँ त्यो देशमा समस्या हुन्छ । उन्नति हुने भनेको नै बानीमा आधार रहेको हुन्छ । यदि देशलाई उन्नतिमा लगाउँनु छ भने सानै देखि असल बानी बसाल्नु पर्छ । चाहे त्यो धर गृहस्तीका होस् वा प्रव्रजित भिक्षु, ठाउँ देशलाई उन्नति गर्नु छ भने असल बानी बसाल्ने अभ्यास गर्नै पर्ने हुन्छ ।

          यस कारण बुद्धशासन उन्नति होस् भन्ने चाहनु हुन्छ, देश उन्नति होस् भन्ने चाहनु हुन्छ भने सब भन्दा पहिले आफुमा असल बानीको अभ्यास गर्नु पर्छ ।

 หมวด หลักในการตัดสินใจและการฝึกใจ 

गर्न लायक र अलायक कसरी निर्णय गर्ने ।

          एक समय भिक्षुहरु सारिपुत्र भन्ते कहाँ गई सोधेछ । सही र गलत, सुकर्म र कुकर्म त हामी विनयको आधारमा निर्णय गरौंला तर गर्न लायक र अलायक कसरी निर्णय गर्ने ?

          सारिपुत्र भन्तेले जवाफमा भन्नु भयो कि कुनै पनि काम गर्दा दूरदर्शी हुनु कि जुन काम अहिले गर्दै छौं त्यो कामले पछि गएर अकुशलको फल दिन्छ भने त्यो काम गर्न अलायक हुन्छ । तर जुन कामले पछि कुशल फल दिन्छ भने त्यो काम गर्न लायक हुन्छ ।

कुशल र अकुशललाई के को आधारमा तुलना गर्ने त भन्दा दश कुशल कर्म र दश अकुशल कर्म नै यसको तुलना गर्ने मुख्य आधार हो । यसको आधारमा कारण र फल दिन सक्ने गरी काम गर्नु पर्छ हामीले ।

१ अक्टोवर २५६२

फाइदा र विनाश दुबै तिर विचार गर्नु पर्छ

          कुनै काम गर्दा खेरी फाइदा मात्र हेर्नु हुदैन । पछि केही विनाशकारी हुन सक्छ कि? भनी पनि हर्ने गर्नु पर्छ । त्यस पछि मात्र गर्ने र नगर्नेको निर्णय गर्नु पर्छ । सोच्दा, बोल्दा र गर्दा अगाडी हुने फाइदा मात्र होइन भविष्यमा के कस्तो प्रकारले प्रतिफल आउँछ त्यसको पनि राम्ररी विचार गर्नु पर्छ । “ फाइदा मात्र हेरेर पुग्दैन पछि आउँन सक्ने विनाशलाई पनि विचार गरी हेर्नै पर्ने हुन्छ । ”

२ सेप्टेमबर २५६२

भविष्यमा पछुताउँनु नपर्ने काम गर्नु

“ जुन काम गर्दा भविष्यमा पछुताउँनु पर्दैन त्यो काम गर्नु किनकि त्यो कुशल कर्म हो । यदि जुन काम गरेर भविष्यमा पछुताउँनु पर्छ त्यो काम नगर्नु किनकि त्यो अकुशल कर्म हो । ”

          यदि जुन काम गरेर मन पोल्दैन, कानुनको फन्दामा पर्नु नपर्ने, दुःख कष्ट नहुने, इज्जत नजाने र पछि गएर नर्कमा खस्नु नपर्ने काम हो भने गरी छोड्नु ।

१७ अक्टोबर २५६२

राम्रो नराम्रो कसरी छुट्याउँने

          राम्रो – नराम्रोलाई कुनै पनि औजार, तराजु वा केहीले पनि छुट्याउँन सकिदैन त कसरी छुट्याउँने त ?

          सम्मासम्बुद्धबाट आज्ञा हुनु भएको छ कि “ जुन काम गरी सके पछि शारीरिक र मानसिक रुपमा असन्तुष्ट भई तडप हुन्छ त्यो काम नराम्रो हो, र जुन काम गरी सके पछि शारीरिक र मानसिक रुपमा तडप हुदैन त्यो काम राम्रो हो । ”

त्यस कारण जे गरे पनि विचार गर्नु कि पछि भविष्यमा के कस्तो प्रतिफल आउँने हो । वा कम से कम यी ४ कुराहरु सम्म भएनि विचार गर्नु-

१. आउँने प्रतिफलले आफु र अरुको स्वास्थ्यमा राम्रो असल गर्छ कि नराम्रो ?

२. आउँने प्रतिफलले नजिकको मानिस र समाजमा कुनै नराम्रो असर गर्छ कि, वा कानुन नियम विरुद्ध 

    छ कि ?

३ . आउँने प्रतिफलले आर्थिकमा घाटा गराइ पैसा नाश गरिदिन्छ कि ?

४ . आउँने प्रतिफलले क्लेशलाई बढाउँछ कि धटाउँछ । आफ्नो र अरुको बानीलाई असल गरिदिन्छ कि खराब ?

त जे जस्तो गरे पनि यी ४ विषयमा राम्रो संग विचार गर्नु ।

१३ अक्टोबर २५६२

आफु र वरिपरि फोहर भएमा मन आफु संग हुदैन ।

“ विश्वास गर्न गाह्रो कुरा हो आफु र वरिपरि जति फोहर भयो त्यति नै मन हामी भन्दा टाढा भाग्छ । ”

          बिहान सबेरै उठि आउँदा मन र वातावरण राम्रो भैरहेको बेलामा कसैबाट सुन्न नचाहने अपशब्द सुन्न पुग्यो भने मन दौडेर ऊ संग झगडा गर्नलाई जान खोज्छ ।

त्यस्तै केही दुर्गन्ध आयो भने पनि मन आफ्नो बसमा हुदैन ।

त्यस्तै खाने कुराहरु पनि फोहर भएको पाएमा झगडा गर्न थाल्छ ।

यसको विपरित आफु र वरिपरि सबै सफा भएको भेटाएमा मन वचन सब सफा हुने हुन्छ र मन आफ्नो बसमा बस्न पनि मनपराउँछ ।

७ सेप्टेबर २५६१

 भावनात्मक बुद्धि 

मनको अशुद्धता नै मनको दास हुनु हो ।

          विभिन्न कारणले मनलाई सधै अशुद्ध राख्नेहरु जस्तो चाह्यो त्यस्तै गर्ने, कारण र फललाई बुझ्न नचाहने, कसैको पनि नसुन्ने हुन्छ र फल स्वरुप अर्काको दोष मात्र खोज्ने, अनादर गर्ने स्वभाव, पक्षपाती र अति अभिमानी हुने हुन्छ ।

१६ अगस्त २५६०

इर्ष्यालु ब्यक्ति अरुलाई उन्नति देख्यो कि सहन सकिदैन ।

          इर्ष्यालु भन्नाले कसैको उन्नति भएको देख्यो कि त असन्तुष्ट हुने र उसको विनाश हेर्न मन पराउँने । अरुको प्रगति सहन नै नसक्ने मानिसहरु छन् यस संसारमा त्यसैले हामी त्यस्तो नबनौं । जुन सुकै कुरा होस् कसैको राम्रो भएको देखेमा इर्ष्या नगर्नु, बरु अनुमोदना गर्नु र आफ्नो राम्रो काममा तिब्र रुपमा अभ्यास गर्नु , पुण्य पारमिता कमाउँनेमा तिब्र गतिमा अगाडी बढ्नु ।

३ जेनेवरी २५६१

क्लेशबाट आउँने प्रवाहहरुलाई सहन गर्ने अभ्यास गर्नु पर्छ ।

          घाँम पानीलाई सहन गर्ने अभ्यास भनेको सानो हो । तर क्लेशबाट आउँने प्रवाहमा सहन गरी अभ्यास गर्ने काम निकै ठूलो र गाह्रो हो ।

कसैले दिएको गालीमा नरिसाउँने भन्दा गरिएको प्रशंसामा नहास्ने काम गाह्रो छ ।

किनकि प्रशंसामा मुस्कुराउँदै तपाई हराउँन पुग्छ र त्यसैले  तपाईलाई मानिसहरुलाई नगनिने बनाउँछ र सबै जना गुमाउँने सम्म हुन्छ ।

अनि काममा हामी पैसा देख्छौ र यही पैसा त हो नि मान्छेलाई बिगार्ने ।

त्यही कारण हामी क्लेशमा होश राखेन भने यही नै हो मान्छेलाई खत्तम बनाउँने, त्यही कारण क्लेेशमा सहनशीलता ल्याउँने मान्छेको काम कुरोमा सहने कुरा हामीले काम काजको दौरान सिक्ने हुन्छ ।

७ फेबुवरी २५६२

जमिन झै मन बनाउँने

जमिन झै मन बनाउँने भन्नाले प्राय जसो हाम्रो मन जमिन जस्तो नभई पग्लिएको मेनबत्ती झै नरम र भिजिएको हुन्छ । भगवान बुद्धले मनलाई जमिन जस्तो बनाउँनु पर्छ भनी श्रामणेर राहुललाई यसरी उपदेश दिनु भएको छ कि, “ यो जमिनमा कसैले सुगन्धित पानी ल्याएर छर्कियो भने के जमिन खुसी हुन्छ ? हुदैन त्यो त तथस्ट भई बस्छ । कसैले दुर्गन्ध गनाउँने पानी ल्याएर छर्कि दियो भने पनि दुखि भएर बस्दैन । राहुल तिमी पनि त्यस्तै हुनु कसैले केही भन्यो भन्दैमा त्यसलाई मनमा नलिनु ध्यान पूर्वक धर्मको अभ्यास गर्दै जानु यसले तिमीलाई चाँडै क्लेशबाट मुक्त गराइदिने छ । ”

यदि मनलाई जमिन जस्तो बनाइ राख्यो भने विभिन्न प्रकारका राम्रो कुशल धर्महरु हामी माथि विकास हुने टाढाको कुरा होइन । तर मानिसहरुको मन स्थिर नभएको कारणले गर्दा कसैले केही भन्यो, अलि गालि गर्यो कि त मन दुखाइ बस्ने हुन्छ । साच्चै हेर्यौ भने त्यो त मुखबाट निस्केको एक प्रकारको हावा मात्रै त हो । त्यसमा मन दुखाई बस्यो भने त सारा जीवन नै मन दुखाइ बस्नु पर्ने हुन्छ । त्यस कारण जसले मनलाई जमिन जस्तो बनाउँन सकियो उसले जीवनमा राम्रा राम्रा गुणधर्मलाई थापि लिने मजबुत आधार बनाउँन सकिएको हुन्छ र चित्तलाई अति सुन्दर बनाउँदै शान्त र मनलाई सुखको उच्च स्तरमा अगाडी बढाउँन सकिनेछ ।

जुन परिवारमा आमा बुबा, लोग्ने स्वास्ने, बच्चाहरु सबले यो कुरालाई धारण गर्न सक्यो त्यो परिवारमा झै-झगडा मनमुताबहरु हुने छैन र सबै संग अति शुद्ध मन हुनेछ । यदि यसरी देशका सम्पूर्ण परिवारहरुले गर्न सक्यो भने सम्बन्ध विच्छेद जस्ता समस्याहरु कम भई हराउँदै जानेछ ।

” न्यानो परिवार ”

ठिक तरिकाबाट सही सिद्धान्तलाई आधार लिई काम गर्नु पर्छ ।

हामी बुद्धका अनुयायी भएकाहरुले केही विचार गर्दा, कुनै काम गर्दा वा बोल्दा सबैमा सही सिद्धान्तलाई अगाडी राख्नु पर्छ ।

यसमा अति प्रष्ट हुनु पर्छ कि काम कुरो गर्दा मनोभावलाई ठूलो बनाउँने होइन कि सही सिद्धान्तलाई ठूलो बनाउँनु पर्छ । कुन सही सिद्धान्त त भन्दा यदि धार्मिक क्षेत्रको काम भए भगवान बुद्धले बताइ राख्नु भएको विनयलाई सही सिद्धान्त बनाउँनु पर्छ र यदि सांसारिक काम कुरोमा हो भने तोकिएको नियम कानुनलाई अगाडी ल्याउँनु पर्छ ।

मनोभावलाई अगाडी राखि काम गर्ने होइन । जब मनोभावलाई अगाडी राखि काम गर्छौं त त्यहाँ थिचोमिचो, मनमुताब उत्पन्न हुन्छ र परिमाण स्वरुप ब्यक्तिगत, परिवार र बुद्धशासन सम्ममा विनाशकारी हुन सक्छ । त्यसैले यो एकदम प्रष्ट हुनु पर्छ कि काम कुरो गर्दा सही सिद्धान्तलाई अगाडी ल्याउँनु पर्छ मनोभावलाई होइन ।

८ फेबुवरी २५५८

 मालिक र कामदार दुबैको कर्तब्यमा प्रगति 

मालिक हुनको लागि कामदारलाई बुझ्नु पर्छ ।

मालिक हुनु भन्दा अगाडी राम्रो संग समय निकालि कामदार के हो भन्ने कुराको अध्ययन गर्नु पर्दछ । अल्छी नभई कन आफैले मेहेनत र पूर्ण धैर्यताका साथ काम गरी धेरै मात्रामा ज्ञान र अनुभव संकलन गर्नु पर्दछ ।

यसरी धैर्यताका साथ लामो समय सम्म पछि नहटिकन उत्साह पूर्वक काममा अनुभव बटुली आइसके पछि   सफलता प्राप्त गर्न तयार हुने  हुन्छ ।

८ अक्टोवर २५६२

गाह्रो र समस्याले भरिएको कामले नै जीवनलाई उन्नति तिर लैजान्छ ।

गाह्रो र समस्याले भरिएको कामले नै हामीमा काम गर्ने दक्षता र क्षमतालाई बृद्धि गर्ने गर्दछ । जसले हामीलाई माया गरी जीवनमा उन्नति प्रगति होस् भन्ने चाहन्छ । जस्तै आमा बुबा वा आफन्त ठूला बडा होस् हामीले गाह्रो र समस्याले भरिएको काममा अभ्यास गरोस् भनी गर्न लगाउँने हुन्छ । त्यो अवस्थामा कामलाई ग्रहण नगर्ने नगर्नु वा लिइसकेको कामलाई फिर्ता दिने  पनि नगर्नु, दाँत टोकेर भए पनि ती कामहरु गरी जानु कही कतै अड्किएमा उहँहरुको मा गई सोधपुछ गर्नु सफलता हासिल हुने नै छ । साथै हाम्रो दक्षता र अनुभवहरु पनि बृद्धि भई आउँने हुन्छ ।

९ अक्टोबर २५६२

तेज र गुण

ल्हुवं फअ् ( दत्तजीवो भन्ते ) म सधै यसरी नै अभ्यास गरि आएको छुँ । जसको कारण धेरै साथि र अनुयायीहरु मेरो साथमा छन् । मैले  आफुमा  तेज र गुणको विकास गरेको छु । तेज चाही सुर्य जस्तै र गुण चाही चन्द्रमा जस्तै रहेको छ ।

सुर्य झै भन्नाले सबै ठाउँमा समान रुपमा किरण दिने झै कसैलाई केही आपत आई परेको खण्डमा वा अन्तरायहरु भएको बेलामा सुरक्षा गरी दिनेलाई नै यहाँ तेज भन्न खोजेको हुँ ।

चन्द्रमा झै भन्नाले सबैलाई सितल दिने, आवश्यकता परे अनुसारको खाना, लुगा आदि दिन सक्ने सबैको प्यारो ।  एउटै ब्यक्ति संग सुर्य समान रक्षा गर्ने क्षमता र चन्द्रमा समान सितलता दिने सक्ने वा धर्मको भाषामा भन्नु पर्दा तेज र गुण  भएको ब्यक्ति नै अगुवाइ हुन सकिन्छ ।

प्रगति चाहनेले गुरुवर कहाँ जानु पर्ने हुन्छ ।

यदि कोही आफ्नो ज्ञान गुण बृद्धि होस्, दक्षतामा प्रगति होस् र विवेक बुद्धि धर्मको ज्ञान बृद्धि होस् भन्ने चाहन्छ भने याद राख्नु गुरुवारहरु कहाँ गई प्रश्नोउत्तरी गर्नु पर्ने हुन्छ । समस्याहरुको समाधान सोध्नु पर्ने हुन्छ । उहाँको विभिन्न काममा सहयोग गर्न जानु पर्छ । उहाँको काममा सहयोग गर्दा अति नै राम्रो संग सहयोग गर्नु पर्छ । यसरी काम गर्न सक्यो भने हामीले आफ्नै आँखाले देख्ने गरी आफुमा गुणधर्मको विकास भै आउँने हुन्छ ।

१ नोबेम्वर २५६२

असल ब्यवस्थापकको मुख्य गुण भनेको नै समस्या हुँदा सही निर्णय गर्ने  हो ।

मनमा धर्म हुनेहरु वा नैतिकवानहरुले आएको समस्यालाई समाधान गर्न अनैतिक तरिकाहरु अपनाउँदैन ।

जस्तै भनौ कि कम्पनी घाटामा गएको छ भने त्यसको भरपाही गर्न अरुलाई धोका दिने वा लागुपदार्थ तस्करी गर्ने वा भ्रष्टचारी आदि जस्ता अनैतिक विधि मार्फत क्षतिपूर्ति कमाउँदैन ।

समाधानका उपायहरु सोच्दा पनि स्मृति पूर्वक होशलाई अगाडी राखि सोच्ने गर्छ मनोभावको प्रयोग गरी होइन ।  यदि क्रोध गालि र अरुलाई दुःख दिने तरिकाले काम गर्न थाल्यो कि त झन समस्यालाई थप्नु झै हुन्छ, झन उल्झिने हुन्छ ।

त्यस कारण असल ब्यवस्थापक हुनको लागि चलाख हुनु मात्र प्रसस्त छैन उसमा धर्म र नैतिकता पनि हुनु अति आवश्यक छ । राम्रो नराम्रो, गर्न लायक र अलायक जस्ता कुराको पनि राम्रो संग ज्ञान हुनु पर्छ । जो संग यस प्रकारको कुरा हुन्छ उसको मन सधै नै धर्म संग जोडिएको हुनु पर्छ ।

 बोलि र काममा सत्यता 

इमान्दार मानिस जे गरे पनि त्यसलाई राम्ररी नै गर्छन् ।

जो मानिस संग सत्यता छ उसको आफ्नो एक सरल सिद्धान्त हुन्छ कि, “ जस्तो सुकै काम होस आफ्नो सीपले भ्याए सम्म त्यसलाई अति उत्तमताका साथ गर्ने । ”

तर हामीले सधै याद गर्नु पर्ने कुरा आफ्नो सीपलाई सुधार गर्दै बृद्धि गरेनौं भने आज सब भन्दा राम्रो काम पछि गएर हाम्रो साथि जो आफ्नो सीपलाई सधै सुधार गरी बृद्धि गर्नेकोमा पुग्यो भने हाम्रो काम नराम्रो हुन पुग्ने हुन्छ ।

२४ अक्टोबर २५६२

झुठो बोल्ने मानिसले सबै प्रकारका अकुशल गर्न सकिन्छ ।

सत्य भन्नाले निष्कपट ईमानदारी, स्पष्टता, सिधा लपनछपन नभएको मानिसहरुको वास्तविक स्वभावलाई देखाउँछ र सबै सदगुणहरुको मूल नै सत्य हो ।

जो संग सत्यता हुदैन त्यो मानिसबाट च्युत भएको मानिन्छ । किनकि सत्यता नै नैतिकताको मूल यानी मुटु समान हो ।

भगवान बुद्धले आज्ञा हुनु भएको छ कि, “ संसारमा त्यस्तो कुनै  अकुशलहरु छैन जो झुठो मानिसले गर्न नसक्ने होस् । सिधा भन्नु पर्दा जो मान्छे झुठ बोल्ने हुन्छ त्यो संग कुशल सकिएको हुन्छ । त्यो नैतिकता नै सकिएको एक नराम्रो ब्यक्ति हो । ”

२६ अक्टोबर २५६२

मजाकमा पनि झुठो नबोल्नु

भगवान बुद्धले श्रामणेर राहुललाई भन्नु भयो कि, “ राहुल जसरी घोप्टिएको नरिवलमा पानी नरहे झै झुठो बोल्ने मानिस संग पनि कुशलता बाँकी रहदैन । ”

“ त्यस कारण राहुल मजाक मजाकको लागि पनि झुठो नबोल्नु ”

राम्रो संग सुन्नु है, साथि भाईमा रमाइलो गर्ने भनी पनि झुठो नबोल्नु किनकि त्यसमा पनि नराम्रो विपाक कर्म हुन्छ ।

२७ अक्टोबर २५६२

अरुलाई झुठ बोल्नु भन्दा पहिले आफ्नो मनलाई झुठ बोल्नु पर्ने हुन्छ ।

झुठो बोल्ने मान्छेले सब भन्दा पहिले साँचो कुरालाई मेट्नु पर्ने हुन्छ र त्यसको सातो अरु नक्कली कुराको निर्माण गर्नु पर्ने हुन्छ । जस्तै टिभि बिग्रिदा हामी त्यसमा आउँने फोटो केही देखिदैनौं ।

त्यस्तै जो ब्यक्ति बारबार झुठो बोल्छ । उसमा साँचो के हो त्यो पनि बारबार मेटिदै जान्छ । र पछि गएर कुन चाँही साँचो हो कुन चाही झुठो हो छुट्याउँनै सकिदैन । जसले गर्दा आफ्नो र अरुको सबै क्षेत्रमा विनाशहरु अति धेरै मात्रामा आउँने हुन्छ ।

२८ अक्टोबर २५६२

झुठ

इमान्दारीताको कमी हुनु भनेको नै झुठको कारण हो ।

याद राख जसले हामीलाई माया गर्छ उसलाई झुठ बोल्यो भने,

उसको माया सकिन्छ ।

र उसले हामीलाई झुठ बोल्यो भने हाम्रो माया पनि सकिने हुन्छ ।

सबैले एक अर्का माथि साँचो नै चाहिएको हुन्छ ।

 आदर-गौरव र अरुलाई पनि आफु झै सोच्ने । 

दयाको भावले सहगोग निम्त्याउँछ ।

किनकि हामीमा कसैको लागि दया छ भने कोही आएर हामीलाई केही गर्न आएको खण्डमा सहयोग गर्ने साथि हुनेछ । यसले के थाहा हुन्छ भन्दा खेरी हामी कतै गयौं, केही गर्यौं, जस्तो सुकै ठाउँ होस् हामीले गरेको दयाले हामीलाई राम्रो गरि दिन्छ । होइन भने राम्रो कुरा पाउँन गाह्रो नै हुन्छ ।

३ जेनेवरी २५६१

उचित रुपमा दिनुहोस्

कुनै पनि सहयोग गर्ने होस् सही ब्यक्तिलाई गर्नु पर्छ । उचित रुपमा उसलाई चाहिएको दिनु पर्छ जसले गर्दा उसले लगेर त्यसबाट अरु प्रगतिको काम गर्न सकोस् ।  जस्तै कसैलाई भात एक छाक दियो भने त्यो खाएर सकिने हुन्छ । त्यसको सत्ता उसलाई धान उमार्न सिकाइ दियो भने ऊ संग खाना हर समय हुने हुन्छ । यदि उसलाई धान रोप्न आउँछ भने उसलाई धानको बिउ दिनु जसले गर्दा ऊ गएर धान रोप्न पाओस् । त्यस्तो भयो भने सब आफै ठिक भएर आउँछ ।

३० अक्टोबर २५६२

मनको कैदीलाई छोड्न अभय दान दिनु ।

कुनै समयमा कसैले हामीलाई चित्त नबुझ्ने गरी काम गर्यो वा कसै संग मनमुताब भयो र उसलाई अभय दान गरिएन भने पछि ३ या ५ वर्ष भै सक्दा पनि उसलाई देख्ने वित्तिकै मन अशान्त भई अशुद्ध हुन्छ । त्यसैलाई नै

“ हामी आफ्नो मनको कैदी बनाइ राखेका हुन्छौं । ”

यस्तो भयो भने हाम्रो मन भित्र खाली कैदीहरुले भरिने हुन्छ । अनि त्यसलाई ब्यवस्थित गर्न सकिदैनौं र ध्यान भावना बस्दा खेरी ती मानिसहरु एक पछि अर्को हुदै हाम्रो सामु आउँने हुन्छ ।

११ अप्रिल २५६१

खुनयाय गुरुमांले मुख कुल्ला गरेको देखेर नै असल गुरु भेटाए भनि थाहा भयो ।

मैले ( ल्हुवं फअ् ) गुरुवरहरु खोजि आएको धेरै भयो । यसै क्रममा खुनयाय गुरुमांले मुख कुल्ला गरेको देख्ने बित्तिकै थाहा भयो कि असल गुरु भेटाए भनी,

किनकि खुनयाय गुरुमां मुख कुल्ला गर्ने बेला उहाँले आफ्नो नजिक सधै एउटा A4 साइजको कागजलाई चार टुक्रा गरी संगै राखि राख्नु हुन्थ्यो र एक पल्ट मुख कुल्ला गर्दा एउटा टुक्रा कागज कुल्ला गर्ने भाडोमा राख्नु हुन्थ्यो ।

खुनयायलाई किन त्यस्तो गर्नु भएको भनी सोध्दा जवाफमा भन्नु भयो म बुढी भै सके आफैले यो भाडो लगी फाल्न र सफा गर्न नसक्ने भयो त अरु आएर गरी दिने हुन्छ । यदि मुख कुल्ला गरेको, खकार आदि त्यतिकै राखि छोड्यो भने अनेकौं किराहरु आउँने र फोहोर देख्ने हुन्छ । र जो आएर फाल्न आउँने हो उसलाई ध्रिणा लाग्न सक्छ ।

तर मैले यसरी कागजमा खकार सिंगान राखि फालि राख्यो भने आएर सफा गर्न लग्ने मान्छेले कागज फालेको देख्छ र उसलाई ध्रिणा लाग्ने छैन । यो उहाँले अरुको बारेमा सोच्ने तरिका हो ।

२९ नोवेम्बर २५६०