विश्व ध्यान दिवस

 ความเป็นมา “วันสมาธิโลก” 

       मनुष्य जीवनको सब भन्दा ठूलो र खतरनाख भय भनेकै  “युद्ध” हो । जुन कि मनुष्य आफैले यसलाई उत्पन्न गरिएको हो र यस्तो कुनै मनुष्य युग छैन जसमा मानिसहरु यसबाट अलग्ग रहन सकेको होस । यसै कारणले नै मानिसहरु रहेक समयमा “शान्ति” को खोजिमा जुटेर लागेको पाइन्छ ।

       बुद्ध सम्बत २४८८ अगस्त ६ तारिक दोस्रो विश्व युद्धको समयमा संसारको सब भन्दा धेरै पावर भएको परमाणु आतम बम जापनको हिरोछिमा शहरमा खसालियो । जसको कारण लाखौंको सङ्ख्यामा मानिसहरुको निधन भयो । यस कारणले गर्दा विश्वभरका मानिसहरु विश्व युद्ध जस्ता भयबाट चिन्तित भई विश्वभरमा शान्तिको वातावरण कायम राख्नको लागि हातेमालो गर्दै संयुक्त राष्ट्रको निर्माण गरियो ।

      बुद्ध सम्बत २५३१ मा World Fellowship of Young Buddhists को बैठकमा ध्यान र शान्तिको विषयमा छलफल भएको थियो । जसमा ध्यान एक सार्वभौमिक भएको र जो कोहीले पनि यसलाई अभ्यास गरि आफुमा शान्तिको अनुभव गर्न सकिने कुरा भयो । World Fellowship of Young Buddhists ले मानिसहरुलाई ध्यानको माध्यमबाट आफ्नै मनमा शान्ति सिर्जना गरी, शान्तिपूर्ण समुदाय र अन्तत विश्व शान्तिको लागि प्रोत्साहित गर्ने उद्देश्यले हरेक वर्षको ६ अगस्तलाई विश्व ध्यान दिवसको रुपमा मनाइने कुरा तोकेको थियो ।

“ आन्तरिक शान्ति मार्फत विश्व शान्ति ” ल्याउँने इतिहासको एक हिस्सा बनौं ।

      विश्व शान्ति आन्तरिक शान्तिबाट सुरु हुन्छ । जुन ध्यानद्वारा सजिलै प्राप्त गर्न सकिन्छ । ठूलो संख्यामा सामुहिक ध्यानले ठूलो शक्ति सिर्जना गर्न सक्छ । जसले विश्व भरमा राम्रो ऊर्जा फैलाउन सक्छ ।

“ आन्तरिक शान्ति मार्फत विश्व शान्ति ” को यो कार्यक्रममा तपाईलाई पनि हामी निमन्त्रणा गर्दछौं । तपाईको आफ्नो ध्यान मुद्राको एख तस्विर पेश गरी यो कार्यक्रममा सहभागी बन्न सक्नु हुन्छ । दशलाखवटा ध्यानको मुद्रामा बसेको तस्विर राखि यसलाई “ विश्व सम्पदा ” को सुचीमा राख्न गइरहेका छौं ।

तस्विर पठाउँन निर्देशनहरु

  • ध्यानमा बसेको पूरा शरीर आउँने तस्विर ।
  • एउटा तस्विरलाई एक चोटी मात्र पठाउँन सकिने र त्यसमा नाम नलेख्ने ।
  • अरुको तस्विर copy गरी नपठाउँने ।

 तस्विरलाई यही आउँदो ६ अगस्त सम्म पठाउँन सकिन्छ । तस्विर पठाउँनको लागि www.meditationphoto.com

 वाट फ्रा धम्मकायको कार्यक्रम 

      वाट फ्रा धम्मकाय विहारले हरेक वर्ष विश्व ध्यान दिवसको अवसरमा निरन्तर गतिविधिहरु आयोजना गर्दै आएको छ । त यस साल विहारले अगस्त ७, आइतवारको दिन त्यस गतिविधिलाई गर्ने निर्णय गरिएको छ । जुन दिन वाट फ्रा धम्मकाय विहारमा महिनाको पहिलो आइतवार हुने विशेष पूजा संग मेल हुने छ । तसर्थ अगस्त ७ गते विश्वभरका मानिसहरु एखै साथ ध्यान बस्नको लागि आहवान गर्दछौं । विश्व ध्यान दिवसलाई शान्ति दिवस पनि भन्न सकिन्छ । जब मानिसहरुको मन एकाग्र हुन्छ आफ्नै बशमा रहन्छ त तिनीहरुमा आन्तरिक शान्ति प्राप्त हुन्छ अनि सबै मानिसहरु शान्त भइरहयो भने विश्व पनि शान्त हुन्छ र साच्चैको विश्व शान्ति उत्पन्न हुन्छ ।